परम्परागत कृषि प्रणालीलाई विस्थापित गरेर आधुनिक र व्यवसायीकरण गर्नतर्फ लागेका छौं

अन्तरवार्ता

 

रामेछापको साविकको सालु गाविस घर भएका रमेश बस्नेत नेकपा एमालेबाट मन्थलीको मेयरमा निर्वाचित भएका हुन् । राजनीतिक यात्रामा केही चलायमान र अस्थिर देखिए पनि स्थानीय निकायमा उनी राम्रो अनुभव भएका व्यक्ति हुन् ।बस्नेतले मशालको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । पञ्चायत कालमा वाम राजनीतिमा सक्रिय रहेर उनले संघर्ष गरे । ०४६ को परिवर्तनपछि जनमोर्चाको राजनीतिमा लागेका बस्नेत एमालेमा प्रवेश गरेपछि दोस्रो पटक भएको स्थानीय निकायको निर्वाचनमा रामेछाप जिविसको उपसभापति बनेका थिए । राजाको प्रत्यक्ष शासनकालमा उनी रामेछाप जिविसको सभापति बने । शाही शासन अन्त्यपछि माओवादीमा सक्रिय रहेका बस्नेत संविधानसभा निर्वाचनसम्म माओवादी पार्टीमा सक्रिय थिए । त्यसपछि माओवादी परित्याग गरी एमालेमा आएका उनी यस पटक सोही पार्टीबाट मन्थलीका नगर प्रमुख बन्न सफल भए ।कमर्सका विद्यार्थी उनी मान्यताप्राप्त लेखापरीक्षक समेत हुन् । यसैले बजेट व्यवस्थापनबारे उनीमा राम्रो दखल रहेको मानिन्छ ।नगर प्रमुख बनेपछि उनले मन्थली नगरको विकास गर्ने केही योजना सार्वजनिक गरेका छन् । मन्थली बजारलाई व्यवस्थित बनाउने, नगरपालिकाभित्र खानेपानीको उचित व्यवस्थापन गर्ने, सुकाजोर खोलको बाँझो जग्गामा औद्यौगिक क्षेत्र स्थापना गर्ने, तामाकोसी करिडोरमा बस्ती विस्तार गर्ने, हरेक वडा कार्यालयसम्म पुग्ने पक्कीबाटो निर्माण गर्ने लगायत योजना उनले अघि सारेका छन् । स्थानीय तहमा सरकार गठन भएको साढे ३ बर्ष वितिसकेको छ । तर स्थानीय तहमा आशा गरे अनुसारको विकास निर्माणको कामले गति भने सकेको छैन् ।सीमित स्रोत र साधनको कारण सोचजस्तो काम गर्न नसकेको उनको गुनासो छ । स्थानीय निर्वाचनपश्चात यहाँको समग्र विकास कसरी भइरहेको छ ? स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता र युवा उद्यमीको विकासका लागि ल्याएको योजनाहरुमा आधारित भई तामाकोशी सन्देश साप्ताहिकका संवाददाताले मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंशः

कोरोना रोकथाम तथा नियन्त्रणको लागि के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?

हामीले स्वस्थ्य सामाग्रीहरुको जोगाड गरौँ, क्वारेन्टाइन, आइस्वलेसन यी महत्वपूर्णकुरालाई हामीले पहिलो चरणमा राखेका छौं । गत बर्ष हामी धेरै नै अतालिएका थियौं । ठाउँ ठाउँमा क्वारेन्टाइन, आइस्वलेसनको स्थापना गर्ने गरेका थियौं । जनतालाई सर्तक बनाउने काममा लाग्यौं । अत्यावसेक औषधिलाई सबै स्वास्थ्य संस्थामा पुर्याउने काम गरेका छौं । हामीले अहिले १८ बेडको आइस्वलेसन तयार अवस्थामा रहेका छन् । ज जसलाई अप्ठारो पर्छ त्यसको लागि मन्थली नगरपालिकामा एम्बुलेन्स निशुल्क व्यवस्था गरेका छौं । कोरोना विरामी, सवबहानको लागि एम्बुलेन्स व्यवस्था गरेका छौं । जनशक्तीको पनि हाम्रो नगरपालिकामा राम्रो व्यवस्था रहेको छ । सबै निकायको सहकार्यमा अक्सिजनको अभाव हुन दिएका छैनौं । हाम्रो नगरपालिकामा हाल सक्रिय संक्रमित २५२ जना पुगेका छन् । हाल सम्म १ जनाको मृत्यु भउको छ हाम्रो नगरपालिकाका ।

० निर्वाचन सम्पन्न भएको साडे ३ बर्ष पुरा भएको छ यो अवधीमा मन्धली नगरपालिकामा भएका सुधारका कामहरु के के हुन् ?

हाम्रो नगरपालिका ०७२ सालको भूकम्पले थिलथिलो बनाएको थियो । हाल मुहार नै परिवर्तन भएको छ  पुर्ननिर्माणले । भूकम्पबाट केहि आराम पाउँदै थियो हाल कोरोना भाइरसले दुख दिएको छ फेरी । नगरपालिकाका बासिन्दाहरुले सहज रुपमा यातायात सेवा उपभोग गर्न पाउनु पर्ने उदेश्यको साथ सडक निर्माणलाई नै पहिलो प्राथमिकता दिएका छौं । मन्थली नगरपालिकाभित्र सडक कालोपत्रे भएको छ । बाँकी धेरै धुले सडक कालोपत्रे गर्नुपर्ने अवस्था छ । मन्थली नगरपालिकाको चक्रपथ अन्तर्गत गरेको सडकलाई कालोपत्रे गर्ने काम अगाडि बढाएका छौं । मन्थली नगरपालिकाको कार्यालयबाट सबै वडाको केन्द्रदेखि टोलटोलमा सहज रुपमा यातायात सञ्चालन गर्ने कामलाई प्राथमिकता दिएका छौं । देशभरी नै डोजर आतंक बढेको छ । तर हामीले हाम्रो नगरपालिकाभित्र अन्तर्गत निर्माण हुने सडकलाई गुरु योजना बनाएर नै काम गर्ने योजना अगाडि सारेका छौं । मापदण्ड विना नै जथाभावी सडक निर्माण गर्दा सानो पानी पर्दा पनि सडकमा पहिरो जाने गरेको छ । आवश्यक सडक निर्माणसँगै अब नगरपालिकाभित्र सडक जथाभावी खन्ने काम बन्द गर्छ । सडक त निर्माण भएका छन् । ती सडकको उचित व्यवस्थापन हुन सकेको छैन् । हाम्रो ध्यान भनेको अब सडकलाई व्यवस्थित बनाउने हो, ढल लगायतको पूर्वाधार यसको लागि आवश्यक छ । यसैले पहिलो वर्ष निजी आवस, विद्यालय, अस्पतालहरु निर्माण गर्न हामी लाग्यौँ । सबै स्थानमा सडक थिएनन् । यसैले हामीले टोल–टोलमा सडक पु¥याउन लम्कियौँ । निर्वाचित भएर आएपछि त्यो दायित्व अन्र्तगत पहिलो वर्ष हामीले त्यस्तै साना तथा अत्यावश्यक विकासका कामहरुलाई तिव्रता दियौँ । यो पहिलो वर्षको काम यत्तिकै बित्यो । यसैले विगत दुई वर्षमा धेरै ठूलो योजनाहरु बन्न सकेनन् । बल्ल मात्र कर्मचारी समायोजन पूरा भएको छ । बस्ने अफिसहरु व्यवस्थित हुन थालेका छन् । र, प्रिवधसँग हामी जोडिएका छौँँ । अहिले मन्थली नगरपालिकाले केही नयाँ योजनाहरु बनाएर निर्माणमा सक्रिय भएको छ । शिक्षा क्षेत्रमा सामुदायिक शिक्षालाई सुधार गर्ने अभियानमा छौँ र सहरी स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यलाई सबलीकरण गर्नका निम्ति विकासको थालनी यसैवर्षका निम्ति तयार गरिएको छ । यी कामहरु अहिले हामी गरिरहेका छौँ ।

० कृषि क्षेत्रको विकास गर्न के काम गर्नु भयो के गर्दै हुनुहुन्छ ?

मन्थली नगरपालिकाका अधिकांश क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छ । केही फाँटहरु छन् । फाँटको किनाराबाट नदी बग्छ । हामीले नदीबाट लिफ्ट सिचाइँको योजना मार्फत पानी तानेर कृषियोग्य जमिनलाई तरकारी र फलफुल उत्पादको रुपमा विकास गर्ने सोच बनाएका छौं । विभिन्न क्षेत्रमा त सिचाइँ सेवा पनि पु¥याएका छौं ।कृषि पेसाबाट राम्रो आम्दानी हुन्छ भन्ने विश्वास मासिनहरुलाई छैन् । पहिलो कुरा त कृषिमा लाग्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउनु पर्ने आवश्यकता छ । राम्रो नीति तथा कार्यक्रम बनाएर त्यसलाई कार्यान्वय गर्न सकेनौ भने कृषि पेशामा जनशक्ति लाग्दैन । त्यसैले कृषिलाई बैज्ञानिकिकरण र आधुनिकिकरण गरेर नगदेबालीतिर उन्मुख गर्न सक्यौँ भने मात्र हाम्रो प्रयास सफल हुन्छ ।पढेलेखेका मानिसहरु खेती किसानमा गयो भने समाजले अहिले पनि राम्रो मानिसहरुको छैन् । मन्थलीलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न खोजेका छौं । परम्परागत कृषि प्रणालीलाई विस्थापित गरेर आधुनिक र व्यवसायीकरण गर्नतर्फ लागेका छौं । कृषि क्षेत्रमा निकै लगानी गर्नुपर्छ । रातारात धनी हुन खोज्छौँ । १० बर्ष काम गरेर समृद्ध हुन्छु भन्ने भावना हामीसँग छैन । यो कन्सेप्ट परिवर्तन नगरेसम्म नेपनलमा कुनै विकास हुदैन ।

० वैदेशिक रोजगारीमा जान लागेका नगरपालिकाभित्रका युवाहरुलाई रोक्ने तपाईको के योजना छ ?

विदेश गएर धन कमाएर ल्याएपछि अहिलेको पुस्तालाई राम्ररी पैसा आँउछ भन्ने छ । तर त्यो त्यति सजिलो छैन । पहिलो कुरा यो कुरा हामीले बुझाउन सकेनौ । हामी नेपाली काम नगरी बसेका हौँ । विदेशमा काम नगरी पैसा आँउदैन । सबै भन्दा फोहोर र डरलाग्दो काम नेपालीहरुले नै गर्छ । जो विदेशमा गएर दुःख भोगेर नेपाल आएको छ, त्यो मानिसले नेपालमा नै केही गर्न खोज्छ । नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरुको लागि जग्गा उपलब्ध गराउन हामी तयार छौं । सिंचाइँको व्यवस्थापन गर्न प्रतिबद्ध छौ । सरकारको तर्फबाट गर्नुपर्ने हर काम गर्न तयार छौ । उत्पादन भएको बस्तुको जिम्मेवारी पनि नगरपालिकाले नै लिन्छ । तर काम गर्ने युवाहरुले जाँगर देखाउनु प¥यो । केही कामहरु सुरु भएका छन् । मासु, अण्डा र दुधमा पुरै रामेछाप आत्मनिर्भर हुदैँ गएको छ । नगरपालिका सहयोग गर्न तयार छ । तर त्यसको लागि जाँगर चाही स्वयंम युवाहरुले लिएर आउनु पर्छ ।

० विकासका कामहरु गर्दा कत्तीको अप्ठ्यारोको सामना गर्न प¥यो ?

२०७४ साल जेठ ५ गते हामी निर्वाचित भएर जिम्मेवारी सम्हाल्यौँ । कार्यकाल सम्हालेको ३२ महिना बित्यो । हामी निर्वाचित भएको बेलामा मुलुकको राजनीतिमा नौलो प्रणालीसहितको नयाँ आयाम सुरु भएको थियो । त्यो उल्टो ढंगको चुनाव पनि थियो । किन थियो भन्दा सबैभन्दा पहिला संघीय र प्रदेश चुनावपछि मात्र स्थानीय चुनाव हुनुपर्नेमा पहिले स्थानीय तहको चुनाव भयो । त्यसो भएन । जसले गर्दा स्थानीय तहहरुलाई चुनौती बढी देखिएका हुन् । यदि त्यसो हुन्थ्यो भने संघीय र प्रदेश सरकारले कानुन बनाउथ्यो । र त्यसका आधारमा स्थानीय तहले आफ्ना काम र अधिकारहरुका बारेमा कानुन बनाउँथ्यो । राज्यको पुनर्संरचनापछि पूर्वाधारहरु पूरा हुन्थ्यो, कर्मचारी पूर्ण हुने थिए । त्यसो भएको भए हामीले सिधै विकासका कामहरुमा प्रवेश गर्न पाउने थियौँ । तर, हामी निर्वाचित भएर आयौँ । यहाँ केही छैन । न बस्ने कार्यालय छ, नत कर्मचारीहरु नै छन् । यस्तै, निर्णय कार्यान्वयन गर्न सक्ने कानुन पनि हामीसँग थिएन । यसरी हामी चुनौतीपूर्ण ढंगले अगाडि बढ्नु प¥यो । हामी निर्वाचित भएर आउँदा निजी आवास निर्माणको जिम्मेवारी पनि हाम्रै काँधमा थियो । सोही बेलामा यो चटारोको सामना हामीले गर्न प¥यो । त्यसका लागि हामीसँग आवश्यक जनशक्ति थिएन । यसले अप्ठ्यारोको सामना गर्नुप¥यो । फेरि टोल टोलमा सडक पु¥याउने पर्ने थियो । त्यो दायित्वअन्र्तगत पहिलो वर्ष हामीले त्यस्तै साना तथा अत्यावश्यक विकासका कामहरुलाई तिव्रता दियौँ । यो पहिलो वर्षको काम यत्तिकै बित्यो । यसैगरी दोस्रो वर्ष हामीले आफूलाई आवश्यक अर्थात् नगरपालिका र वडाका कार्यालयहरु निर्माण ग¥यौँ । नगरपालिकाको तीनतले भवन सबै कामहरु एउटै छानामुनीबाट गर्नका लागि तयार पारियो । यसैले यी साडे ३ वर्षमा धेरै ठूलो योजनाहरु बन्न सकेनन् । बल्ल मात्र कर्मचारी समायोजन पूरा भएको छ । बस्ने अफिसहरु व्यवस्थित हुन थालेका छन् । र, प्रविधीसंग हामी जोडिएका छौँ । अहिले मन्थली नगरपालिकाले केही नयाँ योजनाहरु बनाएर निर्माणमा सक्रिय भएको छ ।

० अन्य कार्यक्रमहरु के–के छन् ?

हामीले दर्जनौँ कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । जसमा स्वास्थ्य केन्द्रहरु झन्डै दोब्बरले बृद्धि गरेका छौँ । विगतमा हामी निर्वाचित भएर आउँदा ११ वटा स्वास्थ्य केन्द्रहरु थिए । अहिले ती दोब्बरले बृद्धि भएका छन् । नगरपालिकामा २२ वटा स्वास्थ्य केन्द्रहरु छन् । हामीले जनताको आधारभूत स्वास्थ्य सेवा दिने वातावरण बनाएका छौँ । त्यो पनि घरबाट आधा घन्टाको दूरीमा रहेका छन् । कृषिमा हामीले किसानहरुका लागि विभिन्न योजना तथा कार्यक्रमहरु बनाएर अगाडि बढिरहेका छौँ । दुग्ध विकासमा हामी आत्मानिर्भरको चरणमा पुगेका छौँ । अण्डा र मासुमा आत्मनिर्भर हुँदै छौँ । युवा उद्यमीहरुलाई वर्षकोे तीन जनाको दरले निःशुल्कः पाँच लाख रुपैयाँ अनुदान दिएर युवा किसानलाई कृषिमा आधारित उद्योगहरु सञ्चालन गर्न टेवा पु¥याएका छौँ । यसका लागि सहयोग गर्दै आएका पनि छौँ ।

० वैदेशिक रोजगारीको व्यवस्थापनका लागि के कार्यक्रमहरु गर्नुभएको छ ?

वैदेशिक रोजगारीको व्यवस्थापनका लागि सरकारको सहयोगमा हेल्बेटाँसले प्राविधिक सहयोग गरिरहेको छ । पहिला संस्थाहरुमार्फत छनोट गरेर वैदेशिक रोजगारीमा जानेलाई सुरक्षित आप्रवासन परियोजना गरिएको थियो । त्यो परियोजना गएको वर्ष नगरपालिकामा हस्तान्तरण भएको छ । हामीले त्यसैगरी चलायौँ । यस वर्षदेखि संघीय सरकारको श्रम तथा रोजगार मन्त्रालयबाट हामीलाई नगरपालिकाको कार्यक्रम क्षेत्रभित्र पारेपछि नगरपालिकाले आफ्नो ओनरसिपमा लिएर सुरक्षित वैदेशिक रोजगारीका कार्यक्रमहरु सञ्चालित गरेका छौँ । हाम्रोसँगै चारवटा गाउँपालिकाहरु उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका सुनापति गाउँपालिकालगायतले त्यो ओनरसिपमा काम गरिरहेका छन् । खास गरिकन विदेश जानेहरुलाई ट्रेनिङ दिएर मात्र पठाउने अहिले नै विदेश जानेलाई रोक्न सकिँदैन । ज्ञान, सीप र प्रविधिबारे तालिम दिने र त्यहाँका निती नियमबारे जानकारी दिएर मात्र पठाउने योजना हामीले अवलम्बन गरिरहेका छौँ । यसैगरी, वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुले ज्ञान, सीप, पुँजीलाई उद्योग, कृषि र पशुलगायत क्षेत्रमा व्यवसायीकरण, व्यवसायिक प्रणालीलाई आधुनिकीकरण गर्न किसानका गतिविधीलाई सहयोग गर्न सहुलियत दिने नगरपालिकाको कार्यक्रमहरु रहेका छ ।

० नयाँ कार्यक्रमहरु के– के छन् ?

मुख्यगरी यो पहाडी क्षेत्र हो । नगरपालिका भए पनि यहाँ गाउँ नै गाउँ छन् । बस्तीहरु छरिएर रहेका छन् । एकीकृत बस्ती छैन । नगरपालिका सुख्खा छ । १४ वटा वडाहरुमा १२ वडा सुख्खाग्रस्त क्षेत्र हुन् । ती वडामा ग्राभिटी वाटरको कुनै सम्भावना छैन । हामी खानेपानीमा लिफ्ट प्रणालीमा गइराखेका छौँ । मन्थलीको वडा नम्बर १ जहाँ बजार क्षेत्र छ । त्यहाँ तामाकोसीको पानी तानेर खाने हो । वडा नम्बर ६ मा संघीय सरकारको सहयोगमा लिफ्ट खानेपानी सञ्चालित छ । अहिले भर्खरै चार र पाँच नम्बर वडामा पनि खानेपानी लिफ्टमा गएको छ । २, ३, ११, १२ र १३ नम्बर वडामा लिफ्टमार्फत खानेपानीको व्यवस्थापन गरिएको छ । सातमा आयोजना पूरा भएर खानेपानी पु¥याइएको छ । अहिले ७ र ९ का लागि पनि लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ । त्यसो भएकाले हामीसंग जनताको आधारभूत विकासका कामहरु अगाडि बढाउने काम गरिरहेका छौँ । यो यस कारण की पानी नभई बस्ती हुँदैन । बस्ती नभइकन विकास गर्नुको कुनै औचित्य रहँदैन । यसैले नगरपालिकाले योजनाबद्ध विकास गरिरहेको छ । खानेपानीमा ठूलो बजेट चाहिँदैन । स्थानीय सरकारको बजेटले पुग्दैन । यसैले हामीले संघीय सरकारको सहयोगमा यी आयोजनाहरु निर्माण गरिरहेका छौँ । हामीले खानेपानी, बाटोघाटोलाई १२ वटै महिना सञ्चालनमा आउने गरी विकासका लागि लागेका छौँ । नदि किनारामा रहेका बस्तीलाई लिफ्टमार्फत कृषिमा सहयोग गर्ने कामहरु हामीले गरिरहेका छौँ । यस्ता योजनाहरु अघि सारेका छौँ ।

० नगरपालिकाभित्र खानेपानीको समस्या कस्तो छ ?

मन्थली नगरपालिकामा १४ वटा वडा मध्ये १२ वटा वडामा खानेपानीको प्राकृतिक मुहान छैनन् । भएका केही पानीको मुहानहरु पनि सुकेर गयो । पानीको हाहाकारले गाउँका बस्तीहरु नै खाँली ुहने अवस्था आएको छ । मानिसहरुको साथै त्यसको प्रत्यक्ष असर पशुपालन र खेतीपाती पनि परेको छ । मन्थली गरपालिकाको वडा नम्बर १, ६, ८ र ११ वडामा लिफ्ट मार्फत खानेपानीको व्यवस्था भएको छ । वडा नम्बर ४ र ५ वडामा पनि आयोजना समिति बनाएर काम भइरहेको छ ।वडा नं ७, ८ र ९ को पुराना गाउँ र चिसापानीमा वृहत्त खानेपानी आयोजना अन्तर्गको काम चलिरहेको छ । नगरपालिकाभित्र खानेपानीको व्यवस्थापन गर्न तामाकोसी नदीको विकल्प छैन् । लिफ्ट मार्फत खानेपानीको योजना सञ्चालन गर्न निकै खर्चिलो छ । त्यसैले हामीले नगरसभाबाट सिचाइँलाईजस्तै खानेपानीलाई पनि विद्युत सेवामा सहुलियत हुनुपर्ने विषयमा जोड दिएका छौं ।

० नगरपालिकाभित्र विद्युतीकरण अवस्था कस्तो छ त ?

हाम्रो चाहना त सबै क्षेत्रमा विकास निर्माण गरेर जनतालाई विकास भएको महशुस गराउने हो । तर सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाँध्यता छ । हामीले कामको प्राथमिकता निर्धारण गरेका छौ । जनताको अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने कामलाई नै प्राथमिकता दिएका छौं । मन्थली नगरपालिकाभित्र आगामी एक बर्षभित्र बिजुली बन्न बाँकी क्षेत्रमा विद्युतीकर हुन्छ । नगरपालिकाले एक बर्षभित्र सबै क्षेत्रमा विद्युतीकरण गर्ने र काठको पोल विस्थापित गरेर स्टीलको पोल हाल्ने योजना अगाडिछ । एक बर्षभित्र नगरपालिकाभित्र बिजुली नबलेको घर हुने छैन ।

०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *