अध्यक्षसहित चार जना नेतालाई निष्कासन गरेपछि जसपाको फुट निश्चित

राजनीति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र माओवादी केन्द्रको रूपमा अलग गरिदिएको थियो भने अहिले सत्तामा सामेल हुने मुद्दामा उत्पन्न भएको विवादले जनता समाजवादी पार्टीलाई विभाजित गरेर राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीका रूपमा पुनस्र्थापित गरिदिने भएको छ । प्रधानमन्त्री केपी ओलीसँग जसपालाई सरकारमा सामेल गर्ने सम्बन्धमा ओली, जसपाका अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतो तथा नेता लक्ष्मणलाल कर्णका बीचमा अस्ति अन्तिम छलफल भएलगत्तै जसपाको केन्द्रीय कार्यकारीणीको हिजो बसेको बैठकले वर्तमान सरकारमा सामेल हुन लागेको भन्दै बहुमतको आधारमा कार्यकारी अध्यक्ष ठाकुर संसदीय दलका नेता महतो र नेताद्वय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नहरने गरी निष्कासन गरको छ ।
५१ सदस्यीय संघीय कार्यकारिणी परिषदमा ३० सदस्यसहित उपेन्द्र यादव र डा.बाबुराम भट्टराई बहुमतमा छन् । अध्यक्षद्वय यादव र भट्टराईको कसरत भने ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने रहेको छ । अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन गरेर राष्ट्रिय जनता पार्टीलाई ब्यूँताउनका निम्ति प्रधानमन्त्री ओलीसँग सहयोग मागेको भोलिपल्टै यादव र भट्टराईले संघीय परिषदको बहुमतबाट पार्टी प्रथम अध्यक्षसहित चारजना वरिष्ठ नेतालाई निष्कासन गर्ने निर्णय गरेका छन् । यो निर्णयबाट जसपा विभाजित हुने निश्चित भएको छ । अहिले ३२ संसद रहेको जसपामा २० जना सांसद ठाकुर–महतो पक्षमा र बाँकी १२ जना सांसद यादव–भट्टराई पक्षमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *