झुटो बोलेर स्वास्थ्यकर्मी कजाउँदै

समाचार

काठमाडौं । सरकारी र निजी अस्पतालमा काम गर्ने र उनीहरूले नियमित पाउनु पर्ने तलब भत्ता अहिलेसम्म नपाउने, तर प्रधानमन्त्रीले घोषणा गरेका कोरोनाको उपचारका क्रममा फ्रन्टलाइनमा काम गरेका संक्रमितसँग घुलमिल भएका डाक्टर, नर्स, सुरक्षाकर्मीको भत्ता कहाँ गयो । अहिलेसम्म पाएका छैनन् । प्रधानमन्त्री केपी ओलीले हरेक सम्बोधनमा भनेका छन् । कोरोनाविरुद्ध खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता दिनुपर्छ भन्दै गर्दा विडम्बनाको कुरा ठूलो र पुरानो वीर अस्पतालका स्वास्थ्यकर्मीले तलब लिनका लागि आन्दोलन गर्नु परेको छ । गत वर्ष सरकार प्रमुखले घोषणा गरेको कार्यक्रम अहिलेसम्म लागू भएको छैन । सेना, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनु्सन्धान विभागका कर्मचारी फिल्डमा खटेकाहरूलाई ४० देखि ६० प्रतिशतसम्म भत्ता दिने राज्यले नियम घोषणा गरेको थियो । ओली बोल्ने मात्र हुन घोषणा गरेका कामक्रम अहिलेसम्म लागू भएका छैनन् । यीनै दुई वर्षको फरक फरक भनाइ काफी छ । प्रधामन्त्रीको भनाइले देशका दुर्गम ठाउँमा समेत सरकारी लगानीमा अस्पताल निर्माण गर्ने गोविन्द केसीले प्रस्ताव राख्दा सरकारले सेनाको जोडी नसुनेको गरी सरकारसँग एक शिक्षण माफिया मेडिकल माफियाले डा.केसीको विरोध गरे । आखिर सरकारी लगानीको अस्पतालको गुणस्तर त्यहाँ जनशक्तिको हाल कोरोना महामारीको बेला राज्यले कति बुझ्यो ? किनकी प्रम ओली आफैँ डाक्टर, आफैँ सुरक्षाकर्मीका कमाण्डर, आफैँ राज्य सञ्चालक प्रमुख भएकाले हुनसक्छ, भत्ता प्रधानमन्त्री ओली र उनका सल्लाहकार अरिंगालले खान पाउनु पर्नेले पाएनन । त्यो पनि श्रमिक वर्ग भोकभोकै छ ।
सरकारको नेतृत्व गर्नेले बोलेपछि पूरा गर्न सक्दैन भने बोल्नु हुँदैन । तर, प्रधानमन्त्रीका सल्लाहकारले राज्यले तत्काल पूरा गर्न नसक्ने कुरा बोल्न हुँदैन । सल्लाहकार राख्ने प्रमुख आफैँ हुने, अध्यक्ष बन्ने, केन्द्रीय सदस्य, स्थायी समितिमा अल्पमत भएको ख्याल नगर्ने ओलीलाई सहयोग गर्ने भारतीय गुप्तचर प्रमुख सामन्त गोयल नै हुन भन्नै पर्ने भयो । प्रधानमन्त्री ओलीका भनाइअनुसारको काम गराइ भएको भए नेकपा एमालेले ९ महिने कार्यकालमा गरेका राम्रा कामको पाना पल्टाए छर्लङ्ग हुन्छ । अहिलेको सत्ता सञ्चालन ओलीको घमण्ड र अन्य नेताको दादागिरीको कारण पार्टीका यहाँ गणना छैन । नेताको ठाउँमा रहेन, जनता र कार्यकर्ता अब चाहिँदैन किनकी अब राष्ट्रवादी भोटको आसा भएन । संघीयता, गणतन्त्र, समावेशीताको घज्जी उडाउन अब बाँकी रहेन ।
कोरोनाको नियन्त्रणमा लकडाउन मात्र होइन । सरकार एक वर्षसम्म सुत्यो । ओम्नी र थामसेर्कु र दुगड भएपछि प्रधानमन्त्री ओलीलाई पुगेको छ । अस्पताल बनाउन मजदुरको कल्याण गरे, किसानका उत्पादन बारी कुहाँएर भारतीय तरकारी ल्याएर जनतालाई कोरोना नबाँडभन्दा पूर्वाग्रही कसरी हुन्छ ? कम्युनिस्टको नाउमा भारतीय बिहारीलाई नागरिकता वितरण गर्दै टिकाउने कुर्सी कति दिन लम्बन्छ ? पार्टी टुक्रियो अब कसरी आउँछ यो अवस्थामा ओलीको बहुमत ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *