पशुपति दाइको सम्झनामा

लेख

अघिल्लो शृंखलामा पशुपति चौँलागाईसँग सम्बन्धित मेरा मानसपटलमा भएका विवरणहरू प्रस्तुत गर्ने कोसिस गरेँ । यस शृंखलामा पनि सोही पक्षलाई जोड्ने प्रयास गरेको छु । अघिल्लो शृंखलामा लेखिएको विषयहरू पढेर धेरैजनाले मलाई फोन तथा फेसबुकबाट प्रतिक्रिया जनाउनु भयो । त्यो आलेखको अन्तिममा क्रमश पनि लेखिएकोले अझैँ आउने छ । त्यसका आउनुपर्ने विषयहरूमा समेत सुझाव दिनु भएको छ ।
अघिल्लो शृंखलामा लेखिएकै एक वाक्य दोहो¥याउँदैछु । म, पशुपति दाइको विविध पक्ष केलाएर लेख्नसक्ने हैसियतको हुँदै–होइन । त्यसैले, सबै शुभचिन्तकले दिएको सुझावलाई म सम्बोधन गर्न सक्दिन नै ।
उहाँको लोकप्रियता यति धेरै रहेछ कि, उहाँको निधन भएको खबर सामाजिक–सञ्जालमा आएपछि मलाई पनि धेरैजनाले फोन गर्नुभयो । खासगरी दोलखा जिल्ला बाहिरकाले मलाई फोन गर्नुभयो । के भएको थियो भन्ने जिज्ञासा राख्नु भएको थियो । मलाई फोन गर्ने प्रायः दाइसँग धेरै लामो संगत नभए पनि छोटो भेटघाटमा समेत प्रभावित भएकाहरू हुनुहुन्थ्यो ।
मैले लेख्दालेख्दै भावनामा बग्दै गएछु । अघिल्लो शृंखलाको निरन्तरता नै लेख्ने कोसिस गर्दैछु ।
म पछिल्लो अवधिमा कृषि अभियानमा संलग्न भइरहेको छु । यस अभियानमा संलग्न हुनका लागि पशुपति दाइको उत्प्रेरणा रहेको छ । २०६६ तिरको कुरा हो । अरु कुनै कामको सिलसिलामा नयाँबानेश्वरको ‘एलिनाज क्याफे’मा पशुपति दाइ र म कफी खाँदै थियौँ । अरु कोही पनि थिएजस्तो लाग्छ, मलाई ठ्याक्कै याद भएन । उहाँले कफी खाएको कप उचाल्दै भन्नुभयो, ‘भोला, अहिलेसम्म कति कप कफी खाइयो होला ?’ मैले गनेर साध्य छैन नि दाइ भनेँ । अनि थप्नुभयो, ‘यो कप भित्रको चिज पो खाइयो त कप त छ नी ।’ हो यो कप हैन यसभित्र राख्ने चिज उत्पादन गर्नुप¥यो भनी उत्प्रेरित गर्न कृषि उपज आयात सम्बन्धी डाटा सुनाउनु भयो ।
हुम्ला, जुम्ला जहाँ भए पनि कृषि उत्पादनका काम गर्नुप¥यो भन्नु भयो । उहाँको तथ्यपरक कुराले मलाई चसक्क घोच्यो । त्यही दिन मैले नवराज दाहालसँग कुरा गरेँ । भाइ तिलराजसँग कुरा गरेँ । दुवैबाट सकरात्मक प्रतिकृया प्राप्त भयो ।
बाहिरी जिल्लामा गर्ने होइन, आफ्नै जिल्लामा गर्नुपर्छ भन्ने लाग्यो । चरिकोटमा सन्तोष न्यौपानेलाई पनि फोन गरेँ । पशुपति दाइसँगको कुराकानीले मलाई उत्प्रेरित मात्र हैन चिमोटी रहेको थियो । गणेश कार्कीसँग कुराकानी गरेँ । यसबीचमा आनन्द दाइसँग कुरा भयो । यो प्रस्तावमा उहाँ पनि उत्साहित भई ‘राम्रो हुन्छ गरौँ’ भन्नुभयो ।
हामीले जग्गा मेरो घरछेउको सिक्री भन्ने स्थानका जग्गा छनोट ग¥यौँ । जग्गाधनीसँग छलफल गर्न २÷४ पटक नै दोलखा गएँ । सन्तोष, प्रेमसिंह लामासँगसमेत गफ भयो । मेरो दाजुभाइहरूसँग छलफल भयो । केही जग्गा किन्ने वातावरण तयार भएपछि काठमाडौं आएर कम्पनी दर्ता ग¥यौँ ।
जग्गा पनि किन्यौँ । तर, दोलखामा समन्वय तथा नेतृत्व गर्ने सन्तोष न्यौपाने अमेरिकामा उतै बस्ने गरी जानुपर्ने अवस्था आयो । हाम्रो कामले गति लिन सकेन । सबैको लगानी भइसकेको थियो । हामीले जग्गा किनेका थियौँ । लगानी त डुब्दैनथ्यो, तर हामीले कृषि कर्म गर्ने सोच थाति नै राख्नु परेको थियो । पशुपति दाइले बेला–बेलामा मलाई फोन गरेर ‘जग्गा किन्न मात्र लगानी गरेका हौँ र ?’ भने प्रश्न गरिरहनु हुन्थ्यो । दाइको फोन आउना साथ त्यो प्रश्न आउँछ भन्ने डर लागिरहन्थ्यो ।
अनेकानेक कोसिस ग¥यौँ तर खास उत्पादनमुखी काम गर्न सकेका थिएनौँ । जग्गासम्म मोटरबाटो, पानीको प्रबन्ध गर्न भने सफल भइसकेका थियौँ । जग्गा किन्ने कामलाई भने जारी नै राख्यौँ । तर, उत्पादनमुखी काम गर्न सकेको थिएनौँ । त्यसको नेतृत्व गर्न हामीमध्ये कोहीको समय व्यवस्थापनको खाँचो थियो । हामी कोही पनि सहजै तयार हुन सकेनौँ । सबैभन्दा अनुकूल अवस्था मेरै थियो, तै पनि मैले समयको चाँजोपाँजो मिलाउन सकिरहेको थिइनँ ।
विभिन्न कोसिसपश्चात दुई वर्ष अघिबाट किवी खेतीबाट काम थालनी ग¥यौँ । विस्तारै अरु कृषि कर्महरू पनि थपिए । यो अवधिमा पशुपति दाइ तीन पटक खेतीस्थलमा पुगिसक्नु भएको छ । अहिले आफ्नै र भाडामा लिई १०० रोपनी भन्दाबढि जग्गामा कृषि व्यवसायमा आधारित कृयाकलापहरू भएका छन् । यस काममा पशुपति दाइले सधैँ उत्साहित गराइरहनु हुन्थ्यो । यो अभाव खट्की रहने छ ।
हाम्रो कम्पनीका शेयरहोल्डरहरूलाई जानकारी प्रवाह गर्न र छलफलका लागि एक मेसेन्जर गु्रप बनाएका छौँ । हामी कसैले त्यस गु्रपमा केही पोष्ट गर्ने बित्तिकै उहाँको लाइक वा कमेन्ट आउने गर्दथ्यो । सायद कुनै त्यस्तो मेरो पोष्ट छैन होला उहाँले लाइक वा कमेन्ट नगरेको । उहाँको निधनपछि मेरो मेसेन्जर ग्रुपमा केही पनि पोष्ट गर्न आँट आउन सकेको छैन । मलाई थाहा छ, पहिलोको जस्तो उहाँको लाइक र कमेन्ट आउँदैन । त्यो आउँदैन भन्ने कुरा सम्झेर डर लागिरहेको छ ।
म सहकारी अभियानमा पनि केही संलग्न रहेको छु । उहाँ नेकपा एमालेको सहकारी विभागको प्रमुख हुनुहुन्थ्यो । यस कारण पनि उहाँसँग सहकारीको विज्ञता थियो । त्यही सिलसिलामा सहकारी अभियानका बारेमा धेरैपटक छलफल र परामर्श गरेको थिएँ । ग्रीन डेभेलप्मेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा उद्घाटनमा आमन्त्रण गरेका थियौँ । उहाँले सहजै स्वीकार गरी व्यवहारिक सल्लाह सुझाव दिनु भएको थियो । सहकारी अभियानलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पटकपटक छलफल भइरहन्थ्यो ।
पशुपती दाइ, यो भौतिक दुनियाँमा नभएको मेरो मनले अझै स्वीकार गरेको छैन । दाइसँगका केही कुराकानी मेरो दिमागमा अझैँ गुञ्जिरहेको छ । करिब दुई महिना अघि पेप्सीकोला नजिकैको एक क्याफेमा गरिएको गफ र कफी नै अन्तिम हुन पुगेछ । उहाँसँग त्यस्तो संवाद अब ताजा लिन सकिन्न, तर दाइ तपाईंको प्रेरणाबाट सुरु गरिएको कृषि कर्म भने जुनसुकै परिस्थितिमा पनि निरन्तरता दिइरहने छौँ । धार्मिक मान्यतालाई विश्वास राख्ने हो भने तपाईंजत्तिको असल दाइको पक्कै बैकुण्ठमा बास हुने नै छ । मन भारी पारेर लेख्दैछु, दाइ हार्दिक श्रद्धाञ्जली ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *