बजारमा अखाद्य वस्तुको विगविगी, अनुगमन शून्य, जनतालाई सास्ती

समाचार

काठमाडौं– सरकारले कोरोना भाइरसको महामारीले गत वैशाख १६ गतेदेखि अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरे पनि कोरोना नियन्त्रणमा आएको छैन । कोरोना नियन्त्रणमा नआएपछि गत शुक्रबारबाट खाद्यान्नदेखि अन्य सामान बिक्रीवितरण र आम मानिसलाई अति आवश्यक कामभन्दा बाहेक सडकमा ओहोर–दोहोर गर्न कडाइ गरेको छ । सरकारले अहिले खाद्य पसलदेखि फलफूल, तरकारी पसलसमेत खोल्न दिएको छैन । खोmिएका ग्यास पसल, दूध र मासु पसल खोलिए पनि आम नेपालीले ग्यासदेखि तरकारी, फलफूल र अन्य सामानको मूल्य आकासिएको छ । व्यापारीले भन्दै आएका छन्, सामान आएको छैन र सामान ढुवानी गर्न प्रहरीले दिएको छैन । यसो भन्दै व्यापारीहरूले खाने तेल, चामल, गेडागुडी र अन्य सामानको दोब्बर, तेब्बरसम्म मूल्य बढाएका छन् । यसको अनुगमन गर्ने निकाय चुपचाप बसेको छ । नेपालमा जबसम्म आइपर्छ अनि नेपालीले खाद्यको जोहो गर्ने र चाँहिदोभन्दा बढी खाद्य किन्ने परिपाटी चल्दै आएको छ । सरकारका तालुक अड्डाका कर्मचारी, विभागका कर्मचारीले खाद्यदेखि नेपालीलाई उपयोग हुने सामानको बजार अनुगमन र बजार मूल्यको बारेमा अनुगमन नगरी तलब खाने परिपाटी बसेको छ । उद्योग वाणिज्य विभाग, उपभोक्ता हित संरक्षण मञ्चदेखि उद्योग मन्त्रालयसमेत मुकदर्शक भएर बसेको छ । यसको अनुगमन कुनै पनि निकायले गरेको छैन । कर्मचारी भने जनताले तिरेको करबाट तलब खाएर बसेका छन् । जनतालाई महँगीले ग्रस्त पारेको छ, सरकार रमिते भएको छ । नेपालमा कहिले कोरोना, कहिले भूकम्प, कहिले राजनीतिक आन्दोलन, कहिले नाकाबन्दी आदिले आम नेपाली रोजीरोटीबाट बञ्चित हुँदै आएका छन् । ठुल्ठूला व्यापारीले गोदामबाट सडेगलेका, बिग्रिएका सामान व्यापक गरी नयाँ लोगो राखेर, मिति सच्याएर सामान बजार पठाउने गरेका छन् । अनि ठुल्ठूला व्यापारीले सामान सटेज भएको छ, सामान छैन, भाउ बढेको छ भन्दै स–साना पसलमा थोरै मात्रामा सामान दिने र स–साना खुद्रा पसलेले पनि मनलाग्दी मूल्य राखेर बिक्री वितरण गरेका छन् । यसको अनुगमन कसले गर्ने अनुगमन गर्ने निकाय गुमनाम भएको छ । अनुगमन गर्ने, निगरानी कसैले गरेको छैन । आम नेपालीलाई महँगीले सताएको छ । सरकारले वर्षैपिच्छे बजेट ल्याउने बेला भएपछि आम व्यापारी, उद्योगीले सामान सटेज गराएर बजेट आउनुभन्दा करिब एक महिना अगाडि खाद्यान्नदेखि निर्माण सामानसमेत सटेज गराएर बढी मूल्यमा बिक्रीवितरण गर्ने गरेका छन् । जस्तै, अहिले मद्यपान, धुम्रपान, मदिरादेखि अन्य सामानको मूल्य चार गुना बढाएर बिक्रीवितरण गरिराखेका छन् । यसको न अनुगमन हुन्छ, न पत्रकारले यसबारेमा समाचार प्रकाशन गर्ने गर्छन् । ठुल्ठूला व्यापारीले ठूला ब्रोडसिटका पत्रकार, टेलिभिजनमा लाखौलाखको विज्ञापन बजाएर ठगीधन्दाको बारेमा समाचार प्रकाशन गर्न नसक्ने हालतमा पु¥याइदिन्छन् । साना पत्रिकाले समाचार प्रकाशन गरेपछि हाम्रो अफिसमा तपाईंको उद्योग र कम्पनीको बारेमा समाचार आएको छ भन्दै ठूला मिडियाले बढाइँचढाइँ गरेपछि समाचार प्रकाशन नगरी विज्ञापन प्रकाशन गर्ने गरेका छन् । अस्ति जेठ १५ गतेको बजेट भाषणपछि बजारमा मद्यपान र धुम्रपानको बजार मूल्य चारगुना बढेपछि उद्योगीले हामीलाई फाइदा छैन भन्दै बजारमा पाइने अल्कोहल गुणस्तरहीन सामान बजारमा छ्याप्छ्याप्टी पाइने गरेको छ । यसको कारण ग्राहक जोखिम परेका छन् । बजारमा पाइने विभिन्न गुणस्तरहीन सामान बजारमा छ्याप्छ्याप्ती पाइने गरेको छ । यसको कारण नेपाली ग्राहक जोखिममा परेका छन् । बजारमा पाइने विभिन्न किसिमका हुस्की, ब्राण्डी, सबैखाले मदिारामा गुणस्तरहीन सामान बिक्रीवितरण गरिएको छ । यसको अनुगमन गरेर यो कम्पनीले उत्पादन गरेका सामानको गुणस्तरहीन भन्नेसम्मको समाचार प्रकाशित भएको छैन । ग्राहक गुणस्तरहीन सामान प्रयोग गर्न बाध्य भइरहँदा सरकार रमिते भएको छ । श्री डिष्लरीले बिक्रीवितरण गरेका कतिपय अल्कोहलमा गुणस्तरहीन सामान प्रयोग गरी बजार पठाइएको, कालोबजारी गरी राखेको समाचार तामाकोशी सन्देशलाई प्राप्त भएको छ । यस्तै गोरखा ब्रुअरी कम्पनीले समेत यस्तै विभिन्न नराम्रादेखि गुणस्तरहीन सामान बजारमा पठाएर राम्रो आम्दानी गरेका समाचार सुत्रले बताएको छ । सरकारले बजारममा कम्पनी तथा उद्योगले कस्ता सामान प्रोडक्ट गरेका छन् भन्ने सम्मको जानकारी सरकारलाई छैन । खाली नारा, भाषणमा सरकारको दिन बितेको छ । अहिले सरकारले जनता फकाउन राम्रो खालको बजेट समावेश गरेको छ । यसको कार्यान्वय भने हुनेछैन । चुनावी सरकारले आफ्नो नारा बजेटमा समेटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *