मन्त्रिमण्डल थप्ता आफैँ यता न उता

राजनीति

काठमाडौं । मौजुदा मन्त्रिपरिषद्मा थप गरेर २५ जनाको भीड बढाएर पनि सकारको स्थायित्व भने छैन । संघीय सरकारमा रहेको प्रतिष्ठासमेत रहेन । प्रधानमन्त्री केपी ओली आफ्नै टिमका युवाहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, निरुदेवी पाल, राजेन्द्र गौतमलाई मन्त्री दिन चाहेर पनि सकेनन् । उनलाई मधेसीबाट राजकिशोर यावदलाई मन्त्री बनाउनु थियो भने गृहमा खगराज अधिकारीलाई ल्याउनु थियो । माओवादी त्यागेर आएका बादललाई पनि टिकाउनै थियो, जहाँ बादलकी श्रीमती मन्त्री भइन् । उपप्रधानमन्त्रीसमेत खोसिएका इश्वर पोखरेलनिकट किसान श्रेष्ठ र राजेन्द्र गौतमलाई मन्त्री बनाउन सुझाव दिएका थिए । यसपटक नपाएपछि अर्कोपटक सांसद बन्ने स्थिति यिनको मात्र होइन, एमालेका धेरैको स्थिति उस्तै छ । पार्टी विभाजन र केपी ओलीको संविधानविपरीतको दर्जनौँ हथ्कण्डा र नीतिगत भ्रष्टाचारको शृंखलाले एमाले आगामी दिनमा उस्तै स्थिति राम्रो रहेको देखिँदैन ।
दुई तिहाइको शक्ति छिन्नभिन्न गराउनेहरु होइनन् । नेकपाकै बहुमत प्राप्त सरकारलाई छिन्नभिन्न बनाउने काम भारत रअका प्रमुख सामन्त गोयलको उक्साहटमा प्रधानमन्त्री ओली रमाउँदै गर्दा एकीकृत पार्टी सर्वोच्च अदालत लगाएर फुटाउने काम भयो । एमालेभित्रै ओली गुटमा समेत चिरा पार्दै छ, ईश्वर, सुभाषको प्रतिस्पर्धालाई ओली चमत्कार ठोक्दै छन् । उपप्रधानमन्त्रीबाट हटाएका ईश्वरलाई हिस्स बनाएर अर्थमन्त्री विष्णु पौडेलले समेत भेट्टाए । पौडेल ३ वर्षसम्म पार्टीको महासचिव भएकै थिए । माधव र झलनाथलाई वाइपास आफैँ सर्वेसर्वा प्रधानमन्त्री ओलीले पार्टी एकता नहुने नगर्ने ठानेर पछिल्लोपटक १९औँ मन्त्री मण्डल बनाए । जसको कार्यकाल कति हुन्छ ? भन्ने निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *