सत्ताको उत्कर्षमा नेता

राजनीति

काठमाडौं । कमजोर प्रतिपक्ष भएर पनि एमालेको झगडाबाट संसदको बहुमत जुटन अपेक्षा गरेको कांग्रेसले १४औँ महाधिवेशन भने भदौभित्र गर्ने तयारी गर्दै छ । भदौ ७ बाट १० सम्म महाधिवेशनको कार्यतालिका तयारी गर्दा कोभिडको कारण देश ठप्प भयो । संविधानअनुसार भदौभित्र कांग्रेसले महाधिवेशन गर्नै पर्छ । पार्टी विधानले दिएको एक वर्ष समय गुजारेपछि कांग्रेसले
संविधानको सहरा लिनु बाध्य भएको थियो । विपक्षीको भूमिकासमेत संसदमा नदेखाएको कांग्रेसले आफैँभित्रको अन्योलता हटाएन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पुरानै महाधिवेशन प्रतिनिधिबाट काम चलाउन जोड दिँदै छन् । जबकि यसपटक कांग्रेसले दश लाख क्रियाशिल सदस्य बनाउने निर्णय गरेको छ । ८ लाख ७५ हजार सदस्य कांग्रेसको रोस्टममा प्रवेश गरेका छन् । पूर्वघोषित कार्यक्रमले वडा नगर क्षेत्र जिल्ला हुँदा केन्द्रमा भदौ ७ देखि १० सक्म तोकिएको थियो । अबको स्थिति बदलिन सक्छ । केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन् । भण्डारी धर्मनिरपेक्षनताको विरुद्ध हिन्दू धर्मको प्रधान हुन । भदौ १६ बाट १९ सम्म महाधिवेशन गर्ने गरी तयारी थालेको बताइन्छ ।
भदौमा महाधिवेशन सम्पन्न गर्न साउनभित्रको अवस्थालाई प्रयोग गर्न पनि कांग्रेसले खोजेको छ । यो समयमा विवाद भनेको क्रियाशील सदस्यता हो । तर, ३ जिल्लाबाहेक सबैतिर कांग्रेसको तयारी पूर्ण भएको बताइन्छ । क्रियाशील सदस्यता विवाद नभएको ठाउँमा केन्द्रले सदस्यता स्वीकृत दिने हो भने महाधिवेशनको शुरुवात वडाबाट हुन्छ, सूत्र भन्छ । सप्तरी, बारा र सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । कांग्रेस खुलेर अधिवेशन गर्न सक्ने स्थिति छैन । पुराना पुस्ताको देउवा र पौडेललाई बिदा गर्ने अवस्था छ । देउवा प्रधानमन्त्री पदको समेत लोभ गर्दै छन् । तर, त्यो पदका लागि एमालेको माधव पक्षले सांसद पद त्याग्नु पर्ने हुन्छ । त्यो स्थिति अहिले छैन । उता, गण्डकी प्रदेशबाट कांग्रेसले सत्ताको सुरु गरेका छ । यो क्रम लुम्बिनीमा गएर टुंगिने बताइन्थ्यो, अहिले एमालेभित्रै लडाइँ छ । त्यो लडाइँको रुप गण्डकीबाट छर्लंग भयो । त्यहाँ माधव पक्षका दुई जनाले अडान लिँदा गुन्डा नाइके दीपक मनाङे मन्त्री भएर किता फेरे । प्रधानमन्त्री ओलीकै कराण त्यहाँ जे भयो, त्यसको पहिचान अब खुल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *