प्रदीप काण्डले गोरखापत्रमा आतंक

समाचार

काठमाडौं । गोरखापत्रमा जे छ राम्रै छ । एमालेको सरकार बन्दा र सञ्चारमन्त्री एमालेको हुँदा खोजी उनकै हुने गरेको थियो । उनी हुन् केपी गौतम । पछिल्लो पटक लक्की चौधरीहरू आए । चौधरी राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास प्राप्त भएकाले एकपटक पत्रकार महासंघको सदस्य पनि भए । केपी गौतम संस्थागत रूपमा एकपटक गोरखापत्र शाखाकै अध्यक्ष भए । पर्वतका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष भएपछि हरि पोखरेलले निकै चाकडी गरे । त्यही कारण उनीहरूले गोरखापत्रको केपीलाई मन पराउँदैनन् । किनकी उनी सूचना चुहाउन डिल्लीबजार पनि धाउँने गरेका थिए । गोरखापत्रमा भ्रष्टाचार बढेको छ । मोही माग्ने ढुंग्रो लुकाउने स्तम्भकार कृष्ण मुराई भण्डारीले चेकमा सही गर्न थर्कमान हुँदा तत्कालीन टिकाराम राईले थर्काउने गरेका थिए । यसपटक कोरोना कहरको सुविधा संस्थानका ठालुहरूले लिए पनि कम्प्युटरका प्राविधिकहरूले पाएका छैनन् । केपी फिचर पेज लिएर वर्षभरि घरबाटै काम गर्थे । उनीलाई प्रदीप नेपालको विश्वास लिँदा डल्लिन प¥यो । जेठ अन्त्यतिर प्रदीप नेपालले प्रधानमन्त्री ओलीका बारेमा एउटा लेख लेखे । लेखमा प्रदीपले ओलीको ३ वर्ष ६ महिना कार्यकालमा कम्युनिस्टसँग जोडिए र कुनै काम भएन । प्रधानमन्त्री केपी कम्युनिस्ट हुँदै होइनन् उनी माक्र्सवादीसम्म पनि थिएनन् । निरंकुश स्वभावले केपी आफैँ बदनाम भए भनेका थिए । लेखको अर्थ प्रधानमन्त्री केपी असफल पात्र हुन् भन्ने थियो । प्रदीप नेपालको सम्पादक केपी गौतमले लेख पढ्नु र काटछाँट गर्नु आश्चार्य हुन्थ्यो किनकी प्रदीपसँग उनको राम्रो सम्बन्ध थियो । चाकडी राम्रै गरेकाले गोरखापत्रमा छिरेका थिए ।
प्रदीपको पनि गल्ती
गोरखापत्र सरकारी मुखपत्र मुलुकको प्रधानमन्त्रीविरुद्ध ऐलान गरिएको लेख छापे पछि भयो आतंक । कार्यकारी अध्यक्ष भण्डारी र कामु सम्पादक श्रीधर आचार्यको लागि पनि नराम्रो भयो । केपीलाई सोधिएको २४ घन्टे स्पष्टीकरणले गोरखापत्रमा आतंक छायो । सञ्चारमन्त्री पार्वत गुरुङ भएको हिसाबले एक पटकलाई जागिर जोगियो । समर्थक र एमालेमा पनि प्रदीपसँगको सम्बन्धका कारण केपी गौतमप्रति प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर खुसी छैनन् । उनले माआवादी पक्षका सञ्चारमन्त्री बन्दा र गोरखापत्रमा माओवादी निकट व्यक्तिहरूको चहलपहल हुँदा निकै समाचार चुहाउँथे र तिनको समाचारमा दम पनि थियो । कारबाही गर्ने, स्पष्टीकरण सोध्ने कसैले गरेन ।
कोभिड–१९ ले सञ्चारगृहलाई पनि सताइरहेको छ । गोरखापत्रलाई आउने विज्ञापन राजधानी, अन्नपूर्णमा पठाएर कमिसन खाने जल्लादहरू अहिले पनि छन् । ‘केपीको सूचना चुहाउने स्थान डिल्लीबजारबाट ललितपुरको एकान्त कुनातिर सरेकाले समाचार आएको छैन’, सुत्रले बतायो । सुलसुले श्रीधरपछि सम्पादक हुने चाहेर पनि सम्भव छैन । सरकारी पत्रकार बन्ने सरकारको नीतिको ख्याल नगर्नेहरू गोरखापत्रमा मात्र होइन रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि छन् । रासस त झन् राज्य, संघीयता, गणतन्त्र, समावेशीताको कुरा गर्छ । तर, व्यवहार लागू गर्दैन । प्रदीप नेपालले जे लेखे त्यो त कान्तिपुरमा सुहाउथ्यो कमरेड भन्नुपथ्र्यो । गोरखापत्रमा पठाउने प्रदीप नेपालजस्तो चलाखको पनि गल्ती भयो कारबाहीमा केपी पर्ने नै भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *