डाँडापाखा, खोलामा बालुवा ,गिटी उत्खनन गर्नु नै पहिलो जोखिम

समाचार

काठमाडौं– नेपालमा खोला दोहन गरेर निकालिएको बालुवा, गिटी, ढुंगा प्रयोग गरेर घर बनाउने चलन विगत लामो समयदेखि चल्दै आएको छ । यस्तै, निर्माण व्यवसायीले काठमाडौंको चौभार, नुवाकोट, रसुवाको धुन्चे, डाँछी, नगरकोट, वाग्मती प्रदेशभित्र रहेका जिल्लाका खोला दोहन गरी गिटी, बालुवा चोरी निकासी गरेर बिक्री वितरण गर्दै आएका छन् । यो क्रम पनि धेरै पहिलादेखि नै निरन्तर चलिरहेको छ । तत्कालीन सरकारले यसको रोकथामको लागि कुनै पनि ठूलो नियम दिन सकेको छैन । जस्तै, उदाहरणको लागि वाग्मती खोलाको बालुवा, गिटी खोला दोहन गरी चोरी निकासी गरिरहेका छन् । खोलाबाट बालुवा, गिटी र ढुंगा निकाल्दा जमीन भाँसिएर पानीको मुहान खोलाभन्दा बाहिर गएकाले धेरै मानिसको जनधनको क्षति भएको अवस्था छ । जहिले असार लाग्छ अनि नेपालमा पानीको सिजन सुरु भएदेखि नेपालीले जनधनको क्षति भोग्नु परिरहेको छ । नेपालका भूभागमा पर्ने ठुल्ठूला डाँडाकाडा, पाखा, पर्वतमा बालुवा, गिटी, रोडा, ढुंगा निकाल्ने, ब्लास्ट गर्ने काम भएपछि जमिन थर्किएर पहिरो जान्छ । यस्तै कारणले विगतको सालदेखि सिन्धुपाल्चोकमा जुरे पहिरोले ठूलो जनधनको क्षति भइरहेको छ । अहिले मेलम्चीको हेलम्बुमा बाढी पहिरोले धेरै मानिसहरूको जनधनको क्षति भएको छ । सिन्धुपाल्चोकमा बढी मात्रामा डाँडापाखा रहेका छन् । खोलानाला बढी भएका कारण खोलाबाट बालुवा गिटी, रोडा, ढुंगा चोरी निकासी उत्खनन् बढी भएको कारण पनि जमिन भित्र पसी ठूलो मात्रामा मानिसको घरबार बिग्रिएको छ ।
अहिले असार लागेको छ । बनेपा, धुलिखेल, सिन्धुपाल्चोकको खाडीचौर, दोलखा हुँदै बाह्रबिसेसम्म जाँदा सुनकोसी नदी दोहन भएको थुप्रै देखिन्छ । ती स्थानमा नदी दोहनको दृश्य देखिएको धेरै वर्ष बितिसकेको छ । सुनकोशी र भोटेकोसी नदीबाट वर्षौदेखि गिटी, बालुवा, ढुंगा उत्खनन गरी बिक्री वितरण गर्दै आएका छन् । दोलालघाटको पुलको बारेमा कुनै निकायले ध्यान दिएको छैन । दोलालघाट क्षेत्रको सबै भागमा बालुवा, रोडा, ढुंगा, गिटी सबै निकालिएको अवस्था छ । दोलालघाटदेखि खाडीचौर नपुगेसम्म कोठेचेहेरे हुँदै खाडीचौरसम्म जाँदा भोटेकोसी र सुनकोसी खोलामा बालुवा, गिटी, रोडा उत्खनन भइरहेको छ । यसको आम्दानी राज्यलाई कति छ । लामुसाँघु सडकदेखि बालुवा, गिटी, ढुंगा बोकी करिब ४ हजार टिपर बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म काठमाडौं, भक्तपुर ललितपुरसम्म ओहोरदोहोर गर्ने गर्दछन् । यस्तो बालुवा खानी, ढुंगा खानी, रोडा खानी सञ्चालन गर्ने व्यक्तिले कति राज्यलाई कर तिरका छन् । यसको अनुगमनसमेत राज्यले गर्न सकेको छैन । यस्तै मेलम्चीबाट रोडा, ढुंगा, गिटीको ओसारपसार धेरै पहिलेदेखि हुँदै आएको छ । रोडा, ढुंगा, बालुवा निकालेर खोलाको किनारमा घनाबस्ती बसाल्दै आएको छ राज्यका उच्च निकायले यसमा ध्यान दिएको देखिँदैन ।
सिन्धुपाल्चोक २०७२ सालको भूकम्पले छियाँछियाँ पारेको जिल्ला हो । भूकम्पले छियाँछियाँ पारेपछि सिन्धुपाल्चोकमा बढी मात्रामा बाढीपहिरो गइरहेको छ । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकजस्ता जिल्लामा बढी मात्रामा खोलानाला रहेका छन् । ठुल्ठूला पहाड रहेको र भूकम्पले ती पहाड हल्लाएका कारण पानीले भिजेर कमलो बनाएको छ । यस्तै, खोला दोहन गरी ढुंगा झिकेर बिक्री वितरण गरेपछि सिन्धुपाल्चोक जिल्लालाई प्रकृतिले समेत छियाँछियाँ पारेको अवस्था छ । सिन्धुपाल्चोक जिल्लालाई राज्यले बेलैमा ध्यान दिनुपर्छ । अहिले नेपालमा सबैभन्दा बढी बाढीपहिरोले सिन्धुपाल्चोक जिल्लालाई क्षति पु¥याएको छ । जुरे पहिरोले नेपाली जनतालाई पाठ सिकाएको थियो तर, राज्यले यस क्षेत्रमा अध्यनन गरी रोकथाम गर्नु पर्ने काम गरेको देखिँदैन । सबैभन्दा उत्तम उपाय भनेको सिन्धुपाल्चोक जिल्लालाई ध्यान जरुरी छ । सिन्धुपाल्चोक जिल्लामा डाँडा भएको कारण पहिरोको जोखिम भएको जिल्ला मानिन्छ । त्यसैले बेलैमा सिन्धुपाल्चोकजस्ता जिल्लामा भइरहेको बालुवा, गिटी, ढुंगा उत्खनन रोक्न जरुरी छ । तर, राज्यले यस क्षेत्रमा उचित ध्यान दिएको छैन भने राज्यले कर उठाउने नाममा चुरे क्षेत्रको गिटी, बालुवा निकासी गर्नको लागि स्वीकृति दिनु गलत हुन जान्छ । यसलाई तत्कालका लागि सर्वोच्च अदालतले रोक लगाएको छ । तर, दीर्घकालसम्म चुरे क्षेत्रको दोहन गर्ने निर्णय उचित हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *