ठूला व्यापारीलाई उन्मुक्ति दिने मैनालीलाई फेरि लाभको पद

अर्थ/वाणिज्य

काठमाडौं । लामो समय राजस्व अनुसन्धान विभागमा बसेका दीर्घराज मैनालीले फेरि अर्काे लाभको पद भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहामा झापाली मैनाली राजस्व अनुसन्धान विभागको हाकिम बने । त्यहाँ रहँदा साना व्यापारी अठ्याए, ठूला र अर्बाै राजस्व छल्नेले उन्मुक्ति पाए । त्यहाँ तीन वर्ष बस्दा उनले ठूला राजस्वमारा उम्काएको आरोप लाग्दै आएको थियो । त्यहाँबाट हटेलगत्तै उनी आन्तरिक राजस्व विभागको हाकिम बन्न लागेको चर्चा चल्यो तर उनी हिँस्स परे । त्यो ठाउँमा अर्थले झक्कप्रसाद आचार्यलाई खटायो । रेग्मीकै दबाबमा
उनका विश्वासपात्र रामप्रसाद रेग्मीले मालदार मानिने रसुवा भन्सार कार्यालयमा प्रमुख बनाएर खटाइएको छ । राजस्वका उपसचिवमध्ये बद्नाम रेग्मीले महानिर्देशक मैनालीदेखि अर्थमन्त्रालयका नेकपानिकट ट्रेड युनियनका हर्ताकर्ता चण्डीराज घिमिरेदेखि सूर्य कुँवरसम्मलाई रिझाएर उनी अहिले रसुवा पुगेका छन् । कांग्रेस निकट ट्रेड युनियनका त उनी समर्थक नै भइहाले । रेग्मीलाई महानिर्देशक मैनालीले उनलाई ठूला व्यापारीसँग डिल गर्नका लागि परिचालन गर्दै आएका थिए । ठूला व्यापारीसँग डिल गर्ने र कारोबार भारतको दिल्लीमा गर्ने काम रेग्मीले गर्दै आएको आरोप छ । रेग्मीले व्यापारीसँग दिल्लीमा डिल गरी उतै सेटलमेन्ट गर्दै आएको चार्ज लाग्दै आएको थियो । यस्तै, सेटिङा कलामा पारंगत मैनालीले अर्काे महत्वपूर्ण निकायको जिम्मेवारी पाएका छन्, नेपाल स्टक एक्सचेञ्जमा । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । पछिल्लो समय तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो । नेप्सेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले गर्ने गर्छ तर कामचलाउ सरकारले गरेका एकपछि अर्काे निर्णयलाई सर्वाेच्चले उल्टाइदिएको समयमा नयाँ नियुक्त गर्न सरकारलाई अप्ठ्यारो परेकोले मन्त्रालयका सहसचिवलाई नै अध्यक्ष बनाएर पठाइएको बुझिएको छ । मैनालीले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरिसकेका छन् । यो शेयर कारोबार गर्ने नियामक निकाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *