सशस्त्र प्रहरीमा पैसा उठाउनेको टिम

समाचार

काठमाडौं । सशस्त्र प्रहरीभित्र आइजिपी शैलेन्द्र खनालले एक वर्ष म्याद थपको बारेमा ध्यान नदिँदा संगठनको आन्तरिक सरुवा–बढुवामा समेत ध्यान नदिएका एआइजी पुष्पराम केसीलाई कार्य तथा सीमाको जिम्मा दिइएको छ । डिआइजी प्रविण श्रेष्ठलाई म्याद थप गरिएन । उनी अन्यायमा परेका छन् । सशस्त्र प्रहरीमा एआइजी केसीले प्रधानमन्त्रीको सल्लाहकार विष्णु रिमालको आड पाएका थिए । २०७२ को ऐनले एआइजी र डिआइजीको अवधि एक वर्ष थप गर्ने भनेपछि धमाधम म्याद थपियो । यसपटक अख्तियार प्रमुख आयुक्त प्रेम राईको नजर पनि सशस्त्रमा प¥यो ।
आइजिपी शैलेन्द्र खनाललाई सहयोग गर्न नचाहेका पुष्परामलाई टाउको फोडे पनि हटाउन सक्ने स्थिति कानुनले दिएको छैन । आगामी वैशाख २१ गते खनालको म्याद उमेरहदले सकिन्छ । केसी २१ दिन आइजिपी हुने एक वर्ष थप्न मन्त्रिपरिषद्बाट सशस्त्र प्रमुखलाई निर्देशन दिइएको विषयलाई निकै पेचिलो बनाइयो । अहिले केसीलाई कार्य र सीमाको जिम्मा दिइएको छ । सीमा क्षेत्रमा सशस्त्रको विओपीहरूको स्थिति नाजुक छ । सशस्त्रको प्रदेश १ र २ मा कमाण्ड गर्न ठूलौ रकमको घुस बुझाउने गर्छन् । भ्रष्टाचारी, बद्नाम डिआइजीहरू बंशी दाहाल, चन्द्रकाश गौतम अहिले एआईजी हुने दाउमा छन् । जबकि यिभन्दा वरिष्ठ राजु अर्याल र नारायणदत्त पौडेल छन् । दाहाल र गौतम पैसा खर्च गर्दछन् । सकिन्छ भने एआइजी हुने हो, मस्ती यहिँ बेला गर्ने हो भन्ने बंशी दाहाल सुन्दरी काण्डमा पर्दा तत्कालीन आइजिपी सनत बस्नेतले बचाएका थिए । दाहाल सनतका पुजारीका छोरा हुन् । भ्रष्टशिरोमणी कोषराज वन्तले पनि वंशीलाई च्यापेका कारण प्रदेश १ को कमाण्ड गर्न पाएका छन् । उनको लुट सेटिङमा चलेको छ ।
सशस्त्रलाई राजनीतिक दबाब र पैसाले सहयोग गरको छ । आइजिपी शैलैन्द्र खनालसमेत संगठनलाई चुस्त बनाउन सफल भएनन् । उनीभित्र आफ्नै टिममा विवादित भए । चाकडी चाप्लुसी गर्ने कुरामा कोषराज वन्तभन्दा खनाल कम छैनन् । सरकारले सशस्त्रबाट खोजेको साथ भनेको सीमा सुरक्षा नै महत्वपूर्ण हो, तर भौतिक संरचना निर्माणमा ध्यान पुगेको छैन । त्यही ठाउँमा पुष्पराम केसीजस्ता फौजभन्दा राजनीति गर्न सक्रिय एआईजी पुग्नु भनेको राम्रो सन्देश होइन । केसीलाई फौजभन्दा दलको प्रवक्ता भन्दा हुन्छ ।
रोकिएका काम एआइजी रामशरण पौडेलले थालेका छन् । सशस्त्रमा १०६ दरबन्दी खाली भएको एक वर्ष भएको छ । बढुवा नहुँदा सयौँले जागिर छाडेर हिँडेका छन् । तर, लेखा विभागजस्तो ठाउँमा डिएसपी प्रमुख हुनुपर्नेमा निरीक्षक राखेर आइजिपी खनालले मस्ती गरेको आरोप छ । उता सशस्त्रमा सरुवा बढुवाको चलखेल सुरु भएको छ । त्यो चलखेलमा अस्पतालका भ्रष्ट लेखा अधिकृत महेन्द्र हमाल आइजिपीका पिए नारायण गुरुङ केन्द्रीय लेखाका गणेश मल्ल, नील बराही गणका एसएसपी पूर्ण साउथ र अर्का पिए सन्तोष चन्द सक्रिय छन् । ‘पुष्पराम केसीले छेकेको बाटो त खुल्यो, तर घुस उठाउन आइजिपीको टिम बन्यो,’ एक डिआइजी भन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *