नानीदेखि लागेको बानी सिस्नु पानी लगाएर कहाँ नजाने ?

Uncategorized

काठमाडौं । अनिल झा उद्योग मन्त्री हुँदा एक जना बदनाम कर्मचारीलाई टपक्क टिपेर बालाजुमा रहेको नापतौल तथा गुण नियन्त्रण विभागमा लगे । विज्ञान प्रविधिका विद्यार्थी रामआधार साह त्यहाँ पुगेलगत्तै एउटा सफ्टवेयर बेचेर उपत्यकाका पेट्रोल पम्पहरूलाई । त्यो यस्तो सफ्टवेयर थियो, जसले पम्पवालाहरूले मुनाफा कमाउने तर, उपभोक्ताको ढाड सेकिने, तेलको ठाउँमा हावा आउने । यही सफ्टवेयर बेचेर मनग्य कमाउन सफल भए । पछि मुद्दा मामिला चल्यो । विमलेन्द्र निधि गृहमन्त्री हुँदा सेटिङ मिलाएर उन्मुक्ति पाए । बदलामा विमलेन्द्रको छोराका विवाहको खर्च बेहोरे, रामआधारले । प्राविधिक सेवाका उनी प्रशासनपट्टी छिर्ने प्रयास गरे, विमलेन्द्रले क्याविनेटमा प्रस्ताव पनि लगे तर पारित भएन । सहसचिवमा उक्लिएपछि उनको पोष्टिङ भयो दुई नम्बर प्रदेशको भौतिक योजना मन्त्रालयमा । त्यहाँको राज्यमन्त्री थिइन डिम्पल झा, उनै अनिलको श्रीमती । जसै दुई नम्बर प्रदेशमा उपेन्द्र यादव र महन्थ ठाकुरको लफडा परेर सरकार हेरफेर भयो । त्यहाँ विमलेन्द्र निधिका दाहिने हात मानिएका रामसरोज यादव मन्त्री बने । डिम्पल हटिन् । यो सँगै उनै मन्त्रीसँग अनावश्यक टसल हुँदा एक साह पनि खेदिएका छन् ।
उनले पाएका सवारी खोसिएका छन् । कार्यकक्षमा नयाँ सचिवले कब्जा जमाएपछि अहिले रुवाबासी सुरु भएको छ । मन्त्रीले नयाँ सचिवका रूपमा दीपककुमार दासलाई रोजेपछि साहको रुवावासी सुरु भएको हो । दासलाई त्यहाँ तानिनु अघि साहले एकसाथ भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा ऊर्जा विकास मन्त्रालय सम्हाल्दै आएका थिए । दासले अस्ति शुक्रबारमात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । साहलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयमा सरुवा गरिएको पत्र नदिई सचिव दीपककुमार दासले कार्यकक्ष र गाडीमा कब्जा जमाएको भन्दै रामआधारको रुवावासी सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *