मिटरब्याज धन्दाको डरलाग्दो रूप

समाचार

काठमाडौं । मिटरब्याज धन्दामा बैंकहरू नै मुछिएको एउटा डरलाग्दो धन्दा फेला परेको छ । यस्तो धन्दामा मुछिएका छन् ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको कामना सेवा विकास बैंक । त्यहाँको प्रमुख कार्यकारी अधिकृत छन् प्रविन बस्नेत । उनै बस्नेतले सर्वसाधरण र सेवाग्राहीलाई ठगी गर्दै आएको रहस्य सार्वजनिक भएको छ ।
यो धन्दाको पर्दाफास तब भयो जब प्रहरीले दोलखा घर भएका गणेश उप्रेतीलाई पक्राउ ग¥यो तब लहरो तान्दा पहरो थर्किएको शैलीमा अनुसन्धानको सुई कामना सेवा विकास बैंकतिर सोझिएको छ । उप्रेतीले कामना विकास बैंकका सिइओ प्रविन बस्नेतसँग मिलेमतोमा सेवाग्राहीलाई ठगी गर्दै आएका थिए । विभिन्न सवारी साधनलाई बैंकसँग सम्पर्क गराउने र कर्जा दिलाउने र त्यहीबाट कमिसन लिने गरेको स्रोतको दाबी छ । मिलेमतोमा बीचमै लिलामी गरेर मोटो रकम असुल गर्ने उनको धन्दा थियो ।
कामनामात्र होइन अन्य बैंक, त्यहाँका कर्मचारीहरूसँग मिलेर यस्तो धन्दा चलाउँदै आएका नटवरलाल प्रहरीको फन्दामा परेका हुन् । मेलुङ–१ दोलखा घर भई हाल भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई साढे १९ करोडका चेकसहित अस्ति शुक्रबार सिआइबीको फन्दामा परे । आवरणमा रिकण्डिसन व्यवसाय चलाए पनि उनको खास धन्दा थियो मिटर ब्याज । उनले बैंकका कर्मचारी तथा सिइओसम्म सेटिङ गरेर सेवाग्राहीलाई ठग्ने धन्दा चलाइरहेकै थिए । विभिन्न सवारीका साधनहरू बैंकबाट कर्जा मिलाएर किस्तामा मिलाइदिने तर किस्ता नदिएको भन्दै मिलेमतोमा बीचमै तानेर लिलामी गरेर मोटो रकम असुल्ने उनको मुख्य धन्दा थियो । जसका लागि उनले कामना सेवा विकास बैंकका कर्मचारीहरूसँग मिलेर कर्जा र लिलामी धन्दा चलाउँदै आएका थिए । यो पर्दाफास भएसँगै सिआइबी टोलीले उनलाई चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शो रुमबाट मध्यराति पक्राउ गरेको थियो । मिटरब्याजमा लगाएर ऋणीलाई ज्यान मार्ने धम्की दिने धन्दा चलाउँदै आएका उनले बन्धक बनाउने, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै महँगो पैसा असुल्ने धन्दा नै चलाएका थिए । सिआइबीका अनुसार उनले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउँदै आएका थिए । उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए भने य प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिए । सो वापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेकामा कार्कीलाई उनले राष्ट्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए सिआइबीको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *