प्रधानमन्त्री देउवा भएपछि आलम खुसी

राजनीति समाचार

काठमाडौं । रौतहटमा राजनीतिभन्दा डनवादी शैली चलाएका नेपाली कांग्रेसका राजनीति धानेका कुख्यात अपराधी मोहमद अफताव आलमलाई हत्या अपराधको मुद्दाबाट मुक्ति दिने काममा प्रधानमन्त्री देउवा लाग्ने भएका छन् । कैलाली घटनाका आरोपी रेशम चौधरी डिल्लाबजार कारागारमा छन् । ०६४ सालमा चुनाव जित्ने स्व.शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विष्फोट भई घाइते भएकाहरूको उपचार भन्दा बेहोस बनाउने इन्जेक्सन लगाएर इँटाभट्टामा जलाएको बहादुर आलमलाई नछुटाएसम्म प्रधानमन्त्री देउवाको लोकतन्त्र बलियो हुनेवाला छैन । किनकी देउवा लोकतन्त्रको शत्रु, प्रजातन्त्रका दुश्मन हुन् भन्ने कुरा ०५८ सालतिर गए पुग्छ ।
भ्रष्टाचार, विचौलिया नेपाली कांग्रेसको एकजीवी समूहको सम्पत्ति हो । यो समूहका विचौलियाले खुमबहादुर खड्काको पार्टीभित्र मृत्यु भएको छ । विजय गच्छदारलाई ललिता निवास प्रकणबाट मुक्ति दिने गोविन्दराज जोशीको मुद्दा सर्वोच्च अदालतबाट सफाइ दिने, कांग्रेसको मुद्दा सर्वोच्च अदालतबाट सफाइ दिनेजस्ता काम कांग्रेसको लागि समाजवाद हुनसक्छ । देउवा प्रधानमन्त्री हुनासाथ आलमको गाउँ राजपुर फरदहवा औराहीमा बन्दुक र पटका पड्काएर आतंक खडा गराइएको छ । जसले आलमको अत्याचार सहेर उनीहरू आतंकित भए पुग्छ । रौतहटमा आलाम आतंक नौलो होइन । उसको काम प्रहरी र सशस्त्र मिलाएर तस्करी गर्ने भन्सारको कर्मचारी धम्काउने हो । आलम जेलमुक्त भए भने त्रिलोक प्रताप सिंह र मोहमद अख्तरको ज्यान गयो । अन्य घाइतेहरूलाई बेहोस बनाएर इँटाभट्टामा डडाइयो । प्रमाण नष्ट पारेकोमा गर्व गर्ने मोहमद अफताब आलम ०७६ असोजमा मात्र पक्राउ परेका छन् ।
लोकतन्त्रमा संसद विपक्षको निम्ति सानदार ठाउँ हुन्छ । पहिला एमालेको केपी समूह सत्तासिन थियो, आज देउवा सत्तासिन भएका छन् । अपराधीको रक्षा गर्ने शक्ति देउवासँग लोकतन्त्र रहँदैन ।

केपी ओलीको भक्त को को ?
काठमाडौं । एमाले अध्यक्ष केपी ओली कम्युनिस्ट पार्टीको नाममा आफ्नो फर्माइस गराउन आफ्नै सहयोगीहरूलाई कसरी प्रयोग गर्छन भन्ने कुरा ३ वर्ष २७ दिनको दिन सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोटमा सर्दा राज खान्दानीजस्तै अनेक झाँक्री नाच नाचेको देखियो । आफैँले मन्त्री हुने भए भनेर प्रचार गराएका आरोप लागेका महेश बस्नेत युवा संघको इन्चार्ज थिए । महेशले आफ्नो तर्फबाट अध्यक्ष ओलीलाई महाराज बनाए । ओलीको महावाद चरम भयो । गाडीमा टाँसिएका ‘प्लेकार्ड’सहितको फोटो राख्न डनकै कमाल थियो । भक्तपुरका जनता एमालेका मतदाता बस्नेतका कार्यकर्ता कार्यक्रममा आउनु स्वभाविक थियो । कार्यक्रममा खेलकुद महासंघको ब्यानर लिएर रमेश पौडेलले पनि जम्मा भए । गोकुल बाँस्कोटा खेलकुद इन्चार्ज थिए । उनको बसोबास पनि भक्तपुरमै थिए । सञ्चारमन्त्री भएका बेला पनि उनी बालकोटको जिम्मा लिएर बसेका थिए ।
नेत्रविक्रम चन्द पक्षले बाँस्कोटाको लोकन्थलीमा बन्दै गरेको घरमा बम प्रहार गरेको थियो । तर, त्यो बेला बाँस्कोटाको मन्त्री पद गएको थियो । सेक्युरिटी प्रेस खरिद काण्डमा ७० करोड मागेको अडियो विजय मिश्रले सार्वजनिक गर्दा उनको मन्त्री पद गएको थियो । राजनीतिक दाउपेचका बैठक र सम्पर्कमा गोकुल सहभागी गराइने काम पनि भए । खेलकुद विभाग महेशबाट खोसेर ओलीले गोकुललाई नै दिनुमा आफूसँगको निकटता थियो । बस्नेतलाई मन्त्री पद नपाए पनि कर्मचारी सरुवा–बढुवा गरेर काम लिने, प्रहरीको सरुवा–बढुवामा हस्तक्षेप गर्ने अधिकार थियो । त्यही कारण उनले सुपारी, केराउ, मरिच आयातको स्वीकृति दिने गरेको पछिल्लो पटक प्रहरीको एआइजी बढुवामा सहकुल थापालाई अगाडि सार्ने र कर्मचारी प्रशासन र मानवस्रोत विभाग दिएको आरोप पनि बस्नेतमाथि लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *