अग्रवालका सचिव अर्थबाट प्रधानमन्त्री कार्यालयमा

प्रशासन

काठमाडौं । नेपालको अधिकांश क्षेत्रबाट राजस्व संकलन र अर्थतन्त्रलाई बलियो बनाउने हो भने कर्मचारी र राजनीतिक क्षेत्र नेपालभक्त हुनुपर्छ । तर, नेपालमा राजनीतिक र प्रशासनिक निकायमा जहिल्यै इमान्दारिता देखाउने व्यक्ति पछि पर्ने गरेको छ । कर्मचारीलाई राखेर राष्ट्रको राजस्व छल्ने व्यापारी र उद्योगपतिले बिजुली प्रयोग गरेर १५ अर्ब ४३ करोड महशुल नतिरेको कुरा सबैतिर जगजाहेर छ । राजस्व छल्ने व्यापारी शशीकान्त अग्रवालको कर्मचारी भनेर अर्थमन्त्रालयका सचिव शिशिर ढुंगानालाई हेर्ने गरिएको थियो । ढुंगाना भन्सार विभागमा बसेर व्यापारी तथा उद्योगपतिहरूको अनुकूल काम गर्ने गर्थे । त्यही नै उनलाई कमाइको स्रोत भयो । राजस्व सचिव भएको बेला व्यापारीलाई सहज बनाएका थिए । मेरिट होटलका मालिक अग्रवाल विद्युत महशुल नतिर्ने व्यापारी हुन् । लोकतन्त्र प्राप्त भएपछि राजस्व छल्ने जमात नेपालमा धेरै देखियो । विनोद चौधरी, राजेन्द्र खेतान, शेखर गोल्छा, राज्यलक्ष्मी गोल्छाहरू सांसद भए । शिक्षा माफिया, स्वास्थ्य माफिया, भूमाफियाहरू सांसद भए । शिक्षा स्वास्थ्यलाई समाज सेवा होइन व्यापार हो भन्ने योजना उनीहरूले ल्याए । जसको पेशा जे छ, त्यसको कानुन बनाउने समितिहरूमा तिनै हाबी भए । क वर्गका ठेकेदारहरू सांसद भए । कांग्रेसका जीपछिरिङ लामा, बहादुरसिंह लामा, जसपाबाट हरिनारायण रौनियार, एमालेबाट प्रेम आले, धनबहादुर बुढा सांसद बनाइएका छन् । राजनीतिक गतिवधिमा ठेकेदार, माफिया, तस्कर, राजस्वमाराहरूको काम राजाीतिक संरक्षणमा प्रशासनिकस्तरमा मन्त्रालयका सचिवहरूलाई प्रयोग गर्ने, यस्ता सचिवहरूलाई तिनै ठेकेदारको दबाबमा प्रधानमन्त्रीले काम लगाउँछन् । त्यस्तै मध्येका एक शिशिर ढुंगाना जो अर्थको राजस्व सचिवबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालय आएको वर्ष दिन मात्र भएको थियो । फेरि प्रधानमन्त्री कार्यालयमा थन्क्याइएको छ । व्यापारी शशीकान्त अग्रवालको पार्टनर भनेर आरोप लगाइएको थियो । ढुंगानाको जागिरको अवधि सात महिना बाँकी छ । यो अवधिमा सरुवा कहाँ गर्ने सरकार पनि अलमलमा थियो । तर, प्रधानमन्त्री कार्यालयमै पठाइयो । माओवादीका मन्त्रीहरूले कर्मचारी चलाउँदैन भन्ने थियो । अर्थमन्त्री जर्नादन शर्माले सचिव ढुंगानालाई सरुवा गर्ने सोच बनाएका थिएनन् । तर, कांग्रेसले उनलाई रुचाएन । ढुंगानाको शशीकान्तसँगको सम्बन्ध, कर छल्नेलगायतका आरोप लगाएर उपत्यका निवासी ढुंगानालाई सरुवा गरियो । ढुंगाना आफै पनि सरकारले अर्थमा बस्न दिन्छ की भनेर कतै चाकडी नगर्ने बताउँथे । काम गर्ने हो जहाँ भए पनि फरक पर्दैन उनी भन्थे, हुन त व्यापारीको सहयोगी भएकोले उनलाई सरुवाले फरक पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *