नेता नेपालसँग भीम रावल किन टाढिन थाले ?

Uncategorized

काठमाडौं । नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपालको दाहिने हात मानिएका भीम रावलले पछिल्लो दिनमा उनीसँग दूरी बढाउन थालेका छन् । यही कारणले गर्दा नै नेता नेपालले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्न दिएको निर्देशनलाई उल्लंघन गर्दै आफ्नो तर्फबाट सांसद पदबाट राजीनामा नै गरेर नेता रावलले नेपाललाई जवाफ दिएका थिए । एमालेमा विकास भएको पछिल्लो राजनीतिक घटनाक्रममा नेता रावल नेपालसँग टाढिँदै अध्यक्ष केपी ओलीसँग नजिक हुन थालेका छन् । समाचार सूत्रका अनुसार अध्यक्ष ओलीले आफूपछिको पार्टी अध्यक्षको आश्वासन दिएको कारणले र सहमतिका लागि भएका प्रयासलाई नेपालबाट निरन्तर रूपमा भत्काउने काम मात्र भएकाले अहिले रावल नेपालबाट टाढिएर अध्यक्ष ओलीनिकट पुग्न थालेका हुन् भनिन्छ ।
अध्यक्ष ओली र नेता नेपालका बीचमा उत्पन्न भएको विवादलाई समाधान गरेर सहमति खोज्नका लागि ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल र नेता नेपालको तर्फबाट रावलकै नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । दुवै नेताको तर्फबाट गठन भएको संयुक्त कार्यदलले सहमतिका लागि १० बुँदे सूत्रसमेत तयार पारेको थियो । कार्यदलले तयार पारेको १० बुँदे सहमतिको सूत्रलाई अध्यक्ष ओलीले स्वीकार गरेको भए पनि नेता नेपालले भने त्यो सहमतिको सूत्रलाई अस्वीकार गरेपछि नेता रावल नेपालसँग रुष्ट बन्न पुगेका थिए । नेता रावलको विश्लेषणमा पछिल्लो दिनमा नेता नेपाल नै एकता भाँड्नका लागि एकपछि अर्को सर्त तेस्र्याउने गरेको रहेको छ । यही कारणले गर्दा नै पार्टीलाई २०७५ साल जेठ ३ गतेभन्दा पहिलेको स्थितिमा फर्काए मात्र सहमतिको वातावरण बन्छ भन्ने अडान राखेका नेपालले अध्यक्ष ओलीको तर्फबाट यो सर्त पनि स्वीकार गरेपछि नेपालले समान अधिकार र समान हैसियतको अध्यक्ष मागेपछि एकताको वातावरण भाँड्नकै लागि नै नेता नेपालले यस्तो माग गरेको हो भन्ने निष्कर्ष नेता रावलको बन्न पुगेको थियो । नेता रावलसँगै आफूनिकटका अन्य नेताहरूले पनि आफ्नो नियत माथि शंका गर्न थालेपछि नेता नेपालले अस्ति सोमबार आफूनिकटका पार्टी नेताहरूलाई भेला पारेर आफू एकताको विपक्षमा नभएको भनेर स्पष्टीकरणसमेत दिनु परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *