सेञ्चुरीमा ग्राहकको पैसा हिनामिना

बैंक

काठमाडौं । पुतलीसडकमा मुख्यालय रहेको सेञ्चुरी कर्मसियल बैंकले सर्वसाधरणको निक्षेपमाथि ¥याल काढेर हिनामिना गरेको भेटिएको छ । यो बैंकका अध्यक्ष छन् राजेशकुमार श्रेष्ठ । बोर्डमा रमेश निरौला, मनबहादुर राई, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, अभिषेक बज्राचार्य र प्रा.डा.गीता प्रधान छन् । प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत तुलसीराम गौतम ९ महिने कार्यकाल बाँकी छँदै राजीनामा दिएर बाहिरिएका छन् । सञ्चालक समितिले अनावश्यक दबाब दिएका कारण उनी राजीनामा दिएर घर फर्किएको बताइन्छ । अहिले निमित्त सिइओ छन्, मनोज न्यौपाने । कान्छो बैंकका रूपमा चिनिएको र सबैभन्दा कमजोर कार्यक्षमता रहेको बैंक हो सेञ्चुरी । जसले शेयर बजारमा समेत कुनै प्रभाव देखाउन सकेको छैन । नाफामा समेत कुनै सुधार भएको छैन । लगानी तथा अन्य सूचक समेत राम्रो देखिँदैन ।
सोही बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको बदमासी हो यो । उनले सर्वसाधरणको सात अर्ब बढी रकम हिनामिना गरेको आरोप छ । बैंकका अध्यक्ष श्रेष्ठ र बैंकका तात्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईको मिलेमतोमा सर्वसाधरणको सातौँ अर्ब रकम जोखिममा परेको छ । अध्यक्ष श्रेष्ठले सर्वसाधरणका अर्बाै रकम पूर्वकर्मचारी जीवन भट्टराईलाई मौरिसस गएर एम एन्ड एम रेमिटबाट बैंकलाई रकम पठाउन लगाएको भए पनि सो रकम उतै गायब भएसँगै सर्वसाधरणले खाई नखाई रगत पसिना बगाएर आर्जेको अर्बाै रकम उतै हराएको बैंक स्रोतले जनाएको छ । स्रोतका अनुसार बैंकमा पैसा आउनुभन्दा पहिल्यै अध्यक्ष श्रेष्ठ मौरिसस गएर एम एन्ड एम रेमिटका सञ्चालक मनिषराज पन्तसँग सेटिङ मिलाएका थिए । उनले पठाउने भनिएको पैसा बैंकमा नहाली आफैँले रेमिट्यान्स कम्पनी खोली उक्त रकम आफ्नै रेमिट्यान्समा पठाएका थिए ।
बैंकका कर्मचारीहरूका अनुसार, अध्यक्ष श्रेष्ठकै नाममा दर्ज भएको कम्पनी ‘राम्रो रेमिट’ प्रालिमा सो रकम पठाइएको थियो । श्रेष्ठले विप्रेषणमार्फत ५ लाख ८२ हजार २ सय ६५ अमेरिकी डलर पठाएर बैंकलाई समेत अप्ठ्यारो पारिदिएका थिए । यसरी सर्वसाधरणको रकम विदेशमा पठाएर विदेशबाट आफ्नै कम्पनीमा पठाएर दुरुपयोग भएको उजुरी बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसमक्ष पुगिसकेको छ । केन्द्रीय बैंकमा रहेका केही कार्यकारी निर्देशकले श्रेष्ठलाई जोगाएको जानकारहरूको दाबी छ । बैंकको पैसा हिनामिना गर्ने कार्यमा बैंकका अध्यक्षका ज्वाइ नाता पर्ने रमेशकुमार श्रेष्ठको पनि मिलेमतो रहेको बताइन्छ । बैंकका सञ्चालक मध्येका राजेश श्रेष्ठ, हालका सञ्चालक रणबहादुर श्रेष्ठ तत्कालीन रेमिट प्रमुख राजेश श्रेष्ठका साथै अन्य कर्मचारीको मिलेमतोमा राम्रो रेमिट प्रा.लि दर्ता गरेका थिए । उनीहरूले २०७३ साउन १६ गते कारोबार सञ्चालन गरेका थिए । जानकारहरूका अनुसार राजेश श्रेष्ठले २५ लाख भुक्तानी गरेर बाँकी २० लाख मनिषराज पन्तको सासुको खाताबाट भुक्तानी भएको प्रमाणसमेत रहेको शेयरधनीको भनाइ छ ।
केन्द्रीय बैंकले ध्यान पु¥याउन नसक्दा नेपाली जनताले खाई–नखाई जम्मा गरेको निक्षेपमाथि टाई लगाएकाहरूले हिनामिना गरेको स्पष्टै देखिन्छ । सञ्चालक एवं अध्यक्षले नै बैंक धरासायी बनाउने गरी आर्थिक हिनामिना गरेपछि बैंकका शेयरधनीले सञ्चालक समितिमा दिएको छानबिनको निवेदनसमेत कार्यान्वयन हुन सकेको छैन । सो बारेमा बुझ्न पटक–पटक बैंकका अध्यक्ष श्रेष्ठसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
उता अर्काे रुवावासी छ एभरेष्ट बैंकवालाहरूको । देउवा सरकारले एभरेष्ट बैंकको सिण्डिकेट खारेजी गरी सांसहरूको तलबवापतको अर्बाै रकम राष्ट्रिय वाणिज्य बैंकसँगमात्र कारोबार गर्ने प्रक्रिया अघि बढेसँगै एभरेष्ट बैंकका उच्च पदस्थ अधिकारीले भारतीय दूतावासमा पुगेर बिलौना गरेका छन् । सबैभन्दा ठूलो कारोबार हुने सिंहदरबारबाट एभरेष्ट बैंकको कारोबार करिब करिब शून्य हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *