ट्याक्सीभन्दा पठाओ र टुटलको चल्ती

समाचार

काठमाडौं । नेपालभरि चलिरहेका यातायात व्यवसायीले सञ्चालन गरेको गाडीहरू व्यवस्थित गर्न सकेको छैन । यातायात व्यवस्था विभागले सिन्डिकेट तोड्न सकेको छैन । सरकारले यातायात व्यवसायीले सिन्डिकेट गरे यसलाई कानुनी कठघरामा ल्याउने भने पनि त्यो लागू भएको छैन । अहिले ट्याम्पो, माइक्रो बस, ट्याक्सीलगायतले सिन्डिकेट चलाएका छन् । विगत लामो सयमसम्म चल्दै आएको ट्याक्सी व्यवसायीको सिन्डिकेट तोड्न सकेको छैन । ट्याक्सीले चाहिनेभन्दा बढी भाडा उठाएको अवस्था छ । कुनै बेला हतार–हतार प¥यो ट्याक्सी प्रयोग गरिन्छ, तर ट्याक्सीले मनपरी भाडा उठाएर नेपाली दाजुभाइ दिदीबहिनीलाई दिउँसै अँध्यारोमा रात पारिदिन्छ । लामो दूरीको यात्रा गर्दा मनलाग्दी भाडा असुल्ने गरिएको मिटर चलाएर यात्रा गर्दा कतिपय यात्रीलाई मिटर बढी चढाएर ५०० समयमा पुग्ने ठाउँमा एक हजार असुल्ने गरेको छ । यसरी ट्याक्सी व्यवसायीले ठगी गर्दा कुनै पनि निकायको ध्यान जाँदैन । यसको अनुगमन कसले गर्ने हो ? यातयात व्यवस्था विभागले यसको अनुगमन गर्नुपर्ने, तर गरिएको छैन ।
यस्तै पुरानो गाडी विस्थापित गरी नयाँ सञ्चालनको लागि यातायातका कर्मचारी, यातायात व्यवसायी र विचौलियाको मिलेमतोमा यातायातको सिन्डिकेट तोड्न सकिएको छैन । सरकारले २०५७–१२–१७ गते बन्द भएको ट्याक्सीको दर्ता आजसम्म खुलाएको छैन । जस्तो यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले ट्याक्सी सञ्चालको लागि ऐन, नियम बनाएर तत्कालै नयाँ ट्याक्सीको दर्ता खोल्नको लागि भनिएको थियो । अहिलेसम्म लागू भएको छैन । तर, यातयात व्यवसायीले पुरानो गाडी मर्मत र सम्भार गरी सञ्चालन गरिरहेका छन् । नयाँ खालको गाडी लिनलाई झण्झट भएकाले पुरानो गाडी सञ्चालन गर्न सजिलो भएको एक व्यवसायीले बताएका छन् । पुरानो गाडीको नम्बर प्लेट बिक्री वितरण गर्दा लाखौँ आम्दानी व्यसायीलाई हुने गरेको छ । बढी मात्रामा ठगी गर्ने साधनमध्ये ट्याक्सी व्यवसायीले लाखौँ आम्दानी व्यवसायीलाई हुने गरेको छ । बढी मात्रामा ठगी गर्ने साधन ट्याक्सी व्यवसायीले उधुम मच्चाएका छन् । २०७६ सालपछि चाहिँ कोरोनाको कारण अधिकांश ट्याक्सी व्यवसायी धरापमा रहेका छन् । किनकि अहिले व्यापक रूपमा ‘पठाओ’, ‘टुटल’ले राम्रो आम्दानी गरेका छन् । ‘पठाओ’ र ‘टुटल’ले जहाबाट ओसापसार गरे पनि ट्याक्सीभन्दा धेरै कम पैसा लिने भएकाले अधिकांश उपभोक्तनले ट्याक्सीभन्दा ‘पठाओ’ र ‘टुटल’को प्रयोग गरिराखेका छन् । ट्याक्सीले गल्ली–गल्लीमा जान नचाहने, भाडा पनि महँगो पर्ने भएपछि अधिकांशको रोजाइमा ‘पठाओ’ र ‘टुटल’ पर्न थालेको छ । ट्याक्सी विभिन्न जिल्लामा जान समेत मान्दैन । गए पनि चार दोब्बर भाडा असुली रहेका छन् । त्यसैले छिटो–छरितोको लागी अहिले ‘पठाओ’ र ‘टुटल’ आवश्यक देखिएको छ । तर, सुरक्षाको हिसाबमा अलि खतरा मानिन्छ । ‘पठाओ’ र ‘टुटल’मा सुरक्षाको एउटा मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । अहिले ‘टुटल’, ‘पठाओ’ नभएको भए ट्याक्सीको एकछत्र हालीमुहाली चल्ने थियो । तर, त्यो रोकिएको छ । ट्याक्सीसम्मले राज गर्दै आएको छ । ट्याक्सी व्यवसायीले नयाँ ट्याक्सी सञ्चालनमा आएमा पुरानो ट्याक्सीबाट जति आम्दानी हुन्छ, नयाँ ट्ुयाक्सीबाट नहुने भएपछि सिण्डिकेट लगाएको बताइएको छ । ट्याक्सीवालाको सिण्डिकेट हटाउने कुरा खाली कागजमा सीमीत हुने गरेको छ । उपत्यकामा ट्याक्सी दर्ता बन्द गर्ने बेलासम्म ट्याक्सीको संख्या जम्मा ६ हजार ५ सय मात्र थियो भने अन्य ट्याक्सी दर्ता बिना चलाएका थिए । अहिले २०५८ सालदेखि नेपालको जनसख्या तीन गुना बढेको छ । ट्याक्सी व्यवसायीले ट्याक्सी बढाएका छैनन् । ट्याक्सी सञ्चालन गर्ने व्यवसायीले र अन्य व्यवसायी महासंघले पनि खासै ध्यान दिएको छैन । कोरोनाका कारणले गर्दा नेपालमा व्यापार व्यवसाय गर्नेदेखि अन्य क्षेत्रसमेत धरापमा परेको अवस्था छ । यसरी व्यापार व्यवसायी गर्ने व्यक्तिलाई सरकारले नयाँ योजना ल्याएर चलायमान गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *