प्रहरीभित्र सहकुल थापा अलपत्र

समाचार

काठमाडौं । सत्ताको पछि लागेर नेपाली कांग्रेसको कोटाका नेताले भर्ति गरेका प्रहरी हाकिमको बिचल्ली भएको छ । डिआइजी पदबाट रातारात एआइजी भएका सहकुल थापाले फुली लाए, तर ठाउँ पाएका छैनन् । मौकाअनुसार दौडनसक्ने राप्रपाका गृहमन्त्री हुँदा राप्रपा, एमालेका ईश्वर पोखरेको रजाइँ हुँदा ईश्वरकै पछुवा बनेका सहकुल थापा यसपटक पछारिएका छन् । छिमेकीको हिसाबले सहयोग गर्दै ईश्वरले ५ लाख खाएको चर्चा छ । प्रहरीभित्र आवश्यकताअनुसार विश्वास लाग्यो, दरबन्दी बढ्यो ।
पोखरेललाई चुनाव एमालेले गराउँछ, प्रहरी साथमा भएपछि बुथ कब्जा गर्न सकिन्छ भन्ने लागेको थियो । वाग्मती प्रदेशमा एमालेले सांसद पद निर्वाचनमा धाँधली गर्न प्रहरी चाहिन्छ भनेर योजनाबद्ध रूपमा सहकुल थापालाई एआइजी दरबन्दी थपेर विश्व पोखरेललाक्षर्् हायल–कायल पार्ने योजना बनाइयो । तर, दैवको लिला रातारात ओली समूहको सरकार ढल्यो । कांग्रेस नेतृत्वले सहकुललाई विश्वास गर्न सकेन । बालकृष्ण खाँड गृहमन्त्री भएको आज ३० दिन पुग्दैछ । तर, प्रहरीको एआइजी भएका सहकुलले फुली लाए, गाडी चढे पनि ठाउँ कहाँ हो, जिम्मेवारी के हो ? अत्तोपत्तो छैन । बाटो बिराएपछि हुने यस्तै हो ।
नेपाल प्रहरीमा एआइजीको संख्या घटाउने ओली सरकार हो । उपत्यकामा अपराध अनुसन्धान, प्रशासन तथा कार्य विभाग र अस्पतालमा एआइजी दरबन्दी छन् । प्रधानमन्त्री केपी ओलीको कारण एक एआइजी पद थप भएको हो । सहकुल उपत्यका कमाण्ड गर्ने त्यहाँका एआइजीलाई प्रधान कार्यालयमा थन्क्याउने तयारी समेत भत्किदा सहकुल अलपत्र भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *