एघारौँ वर्षमा हाम्रो यात्रा प्रवेश

समाचार

प्रकाशकीय
सञ्चारको दुुनियाँमा चमत्कार धेरै देखियो । लोकतन्त्र स्थापनाको यो अवधिसम्म आइपुग्दा छापा, रेडियो, टेलिभिजनलाई उछिन्ने अनलाइन पोर्टल र युट्युबहरूको प्रतिस्पर्धा उस्तै छ । तर, छापा माध्यमको गरिमा, त्यसको महत्वलाई बिर्सनसक्ने र हस्तक्षेप गर्ने सामथ्र्य विद्युतीय माध्यममा छैन । छापा माध्यम पीडामा छ, तर यसले आफ्नो आचारसंहिता, ऐन, कानुनको ख्याल गरेर मात्र प्रस्तुत भएको छ । छापाभित्र पनि व्यापार गर्ने र व्यावसायिकतालाई जोड दिने दुई पाटा छन् । हामी व्यवसायिकताको पाटोमा पर्दछौँ । तामाकोशी सन्देश आजबाट ११ वर्षमा प्रवेश गरेको छ । ११ वर्ष अगाडि सुरु गर्दा अहिलेकोजस्तो पीडा र संकट हुन्छ भन्ने सोचाइँ हामीले राखेनौँ । किनकी राजनीति निष्ठा र जनभावना अनुसार चल्छ भन्ने हाम्रो सोच थियो । तर, निष्ठा र प्रतिबद्धतामा हामीले ध्यान दिन छाडेनौँ सूचनाको सत्यता हामीले त्यागेनौँ । समाचारको मर्म र भावनामा हामी अडिक रह्यौँ नै । मुलुकलाई बिगार्ने राजनीतिक भ्रष्टाचार, प्रशासनिक सद्भाव, न्यायिक विकृतिमाथि हाम्रो प्रहार सदैव रह्यो । दलीय कुण्ठा र गुटबन्दीको संरक्षण हाम्रो प्रकाशनले मन पराएन । नैतिक रूपमा आफूले समर्थन गरेको पार्टी सत्तामा पुग्दा केही आसा गर्नु स्वभाविक थियो । तर, तामाकोशी सन्देशप्रति कसैले सद्भाव देखाएनन् । हामी निराश पनि भएनौँ, चाकडी गर्न पनि गएनौँ । चाकडीबिना केही नहुने रहेछ ।
हाम्रो लागि पार्टीभन्दा आम पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुकहरू नै सारथी बन्नु भयो । आम पाठक, सहयोगी र शुभेच्छुकहरूको माया, ममता नै हाम्रो प्रमुख टेको बन्यो । देशमा व्यवस्था बदलियो । सरकार थरिथरिका बने । तर, संस्कार, संस्कृतिक, चरित्र र स्वभाव बदलिएन । जनताले १४ वर्षे संसदीय व्यवस्थामा विकृति देखेकै थिए । सांसद किनबेच, हत्या र हिंसा सहेको कारण पनि लोकतान्त्रिक गणतन्त्रका हिमायतीहरूबाट केही आसा गरेका थिए । आखिर नेतृत्वको स्वार्थमा दलीय स्वार्थ नै सर्वोपरि बनाउनु रहेछ । माओवादीको १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनले स्थापित गरेको गणतन्त्रको ठाउँ कहाँ हो ? यो प्रश्न को उत्तर राज्यको चौँथो अंगले पनि फेला पार्न सकेको छैन । हामी अन्यौल नै छौँ ।
हामी साना लगानीको प्रकाशनहरूलाई राज्यले संरक्षण गर्नुपर्छ । साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकासँग राष्ट्रियता जाडिएको छ भन्ने बुझ्छौँ । ठूला कर्पोरेट हाउसको प्रकाशन व्यापारसँग जोडिन्छ । व्यापारिकतामा न राष्ट्रियता हुन्छ, नत पहिचान हुन्छ । त्यही कारण राष्ट्रियताको संरक्षण गर्ने त्यो शक्तिलाई बचाएर राख्न राज्यले ध्यान देओस् भनेको हो । समानुपातिक विज्ञापन हाम्रो माग हो । त्यसको निम्ति लडाइँ हाम्रो नैसर्गिक अधिकार हो भन्ने अठोट हामीमा छ । तामाकोशी सन्देशलाई यो अवस्थामा पु¥याउन जसले सहयोग गर्नुभयो, सद्भाव राख्नुभयो, उहाँहरूप्रति हामी ऋणी छौँ । तपाईंको सुझाव र सद्भावप्रति हामी कृतज्ञ छौँ । पहिलाको जस्तै साथ पाइराखौँ, हामी हाम्रो शीर झुक्ने काम गर्दैनौँ, पाठक, सहयोगी, शुभचिन्तकको भरोसाले हामीलाई त्यो आँट दिएको हो । त्यस्तै सद्भाव र सहयोग आगामी दिनमा शुभेच्छुकहरूबाट रहने हामी आसा गर्दछौँ । हाम्रो १० वर्षे यात्रासम्म जो जतिसँग सम्बन्ध छ, त्यो सम्बन्ध यथावत रहोस् भन्ने विश्वासमा हामी छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *