कोरोनाभाइरस संक्रमण रोकथामका लागि भक्तपुरमा जारी निषेधाज्ञा थप दुई साता लम्बिएको छ । संक्रमण र मृत्युदरमा भएको वृद्धिसँगै उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञालाई थप गरेका छन् । बिहीबारबाट लागू हुनेगरी राति ८ बजेदेखि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय सिडिओहरूले गरेका छन् । स्वयं सरकारले असोजमध्यदेखि तेस्रो लहर सुरु हुन सक्ने सम्भावना जनाएको छ । यस विषयमा हामीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग संवाद गरेको छ ।
० सरकारले २२ भदौमा निजामती सेवा दिवस मनाउँदैछ । भक्तपुर जिल्ला प्रशासनले कसरी यो दिवस मनाउने योजना बनाएको छ ?
हरेक राज्यको आधारस्तम्भ निजामती सेवा वा सार्वजनिक सेवा हो । राज्य आफँै हरेक नागरिकको घरदैलोमा पुग्न सक्दैन । अति दुर्गम तथा दुर्गम भौगोलिक स्थानका जनताहरूलाई शासनको अनुभूति दिलाउने काम निजामती सेवाको हो । निजामती सेवाका पहरेदारहरू हरेक अप्ठ्यारा तथा प्रतिकूल समयमा पनि नागरिकलाई सेवा प्रवाहका लागि खटेको इतिहास हाम्रो सामु रहेको छ । राज्यले उपलब्ध गराएको सीमित तलब भत्तामा विविध अप्ठ्यारा र चुनौतीपूर्ण कार्यहरू कर्मचारीहरूले गर्दै आइरहेको यथार्थ हाम्रो सामु रहेको छ । तथापि निजामती सेवा खोटरहित वा दोषमुक्त भने छैन । यसभित्र रहेका केही सीमित कर्मचारीहरूका कारण सिंगो निजामती सेवा बद्नामको अवस्थामा रहेको छ भने सम्पूर्ण निजामती कर्मचारीहरूप्रति आम नागरिकहरूले हेर्ने दृष्टिकोण नै नकारात्मक रहेको छ । निजामती दिवस भनेको हाम्रो आफ्नो जन्मदिन जस्तै हो । त्यसैगरी जन्मदिनको रूपमा हामीले हामीले लिएका छौँ । हाम्रा संगठनहरूले विभिन्न गतिविधि गर्दै आएको छ जस्तोः रक्तदान, वृक्षारोपण, हाजिरजवाफ प्रतियोगिेता, फुटबल प्रतियोगिता आदिको रूपमा मनाउदै आएका छौँ । तर, जुन रूपमा मनाउनु पर्ने थियो त्यो रूपमा मनाउन सकेको छैनौँ ।
० निजामती सेवाभित्रका राम्रा पक्षहरू के–के देख्नुहुन्छ ?
निजामती पेसा रोजिरोटीको रूपमा छ । गुजाराका रूपमा सरकारले रोजगारको सिर्जना गरेको छ । दोस्रो पक्ष भनेको वार्षिकरूपमा एक वर्षमा ४ लाख बेरोजगार जनशक्ति उत्पादन हुन्छ, जसमध्ये ५ हजार जतिलाई रोजगार प्रदान गराएको छ । योभित्र आफँैमा सम्मान रहेको छ । नेपाल सरकारको कर्मचारी हो भन्न पाएका छौँ, त्यो नै निजामती कर्मचारीहरूको शान हो ।
० प्रसंग बदलौँ, निषेधाज्ञा त जारी भयो, यसको कार्यान्वयन कसरी गरिरहनुभएको छ ?
यसमा कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको मात्र होइन, सबैको हो । त्यसैले हामीले निषेधाज्ञालाई कार्यान्वयन गर्नका लागि सबै पक्षलाई अनुरोध गरेका छौँ । किनभने यो स्वयं व्यक्ति नै सचेत हुने विषय हो । अब अहिले किन निषेधाज्ञा भन्ने कुरा आम नागरिकले र सरोकारवालाले पहिले बुझ्नुपर्छ । कोरोना संक्रमणदर घटाउनका लागि, रोग नियन्त्रणका लागि र भिडभाड कम गर्नका लागि हामीले यो निषेधाज्ञा जारी गरेको हो । त्यसैले स्वयं व्यक्ति सचेत भएर अनावश्यक भिडभाडमा नजाने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किने, अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड पालना गर्ने, मास्क अनिवार्य रूपमा लगाउने, भौतिक दूरी कायम गर्ने गर्नुपर्छ । बिहान अत्यावश्यक सामग्री खरिद गर्न जाँदा भौतिक दूरी कायम गर्नेलगायतका मापदण्डको पूर्ण पालना गर्नुप¥यो । अन्य अनावश्यक गतिविधि नगर्न र अनावश्यक भिडभाडमा नजानका लागि पनि हामी आग्रह गर्दछौँ । यो हामीले भनेर मात्र होइन कि स्वयं नागरिकले नै पालना गर्नुपर्ने विषय हो । हामीले निषेधाज्ञा पालना भएको छ कि छैन भनेर अनुगमन गर्ने मात्र हो । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि परिचालनको व्यवस्था मिलाएका छौँ । भिडभाड गर्नेलाई, मास्क नलगाउनेलाई पनि होल्ड गर्ने, नियन्त्रणमा लिने, जरिबाना गर्नेलगायतका काम पनि गर्छौँ । यसमा सबै पक्ष जिम्मेवार भइसक्नुभएको छ ।
० निषेधाज्ञाबारे जारी गरिएको नयाँ आदेश कस्तो छ ?
हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ । हामीले निरन्तरता नै दिएका छौँ । फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरूलाई हामीले सीमित गरेका छौँ । हामीले अहिले दुई÷तीनवटा कुरामा जोड दिएका छौँ । एउटा पूर्ण रूपमा निषेध गरिएका विषयहरू छन् । त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुला स्थानमा भेला हुने, जम्मा हुने, भिडभाड गर्नु नहुने, केही क्षेत्रहरू खोल्न नपाइने छन् । अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरू पनि छन् । र, अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो । बीचको २ महिनादेखि हामीले केही क्षेत्रहरू खुलाएको अवस्था छ । तर, पछिल्लो चरणमा हिजो÷अस्तिको डाटा हेर्ने हो भने संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ । संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ । मृत्युदर पनि बढ्न थालेको अवस्था छ । अस्पतालमा बिरामीहरूको चाप अहिले बढेको देख्न सकिन्छ । त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ । एकैपटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनको रूपमा केही निर्णयहरू गरेका हौँ ।
० अनि बेलुका ८ बजेपछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?
हामीले थप एउटा गरेको छौँ, रात्रीकालीन व्यवसायको कारणले होटल, रेष्टुरेन्ट टेक अवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरू आए । मानिसहरू बाहिरै बसेर खाइरहेका छन् । रेष्टुरेन्टहरू चालु भइरहेको छ । होटलका मानिसहरूले पनि स्वास्थ्य प्रोटोकलहरू पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भिडभाडजन्य गतिविधिहरू रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि र बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ । त्यसमा अत्यावश्यक सेवाका गाडीहरू चल्न पाउँछन् । गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरूको ढुवानी गर्न राति दिइएको छ । बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरू पनि चल्न पाएका छन् । जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिति नआओस् भनेर उपत्यका आउने÷जानेलाई पनि सहजिकरण गरिदिनु भनेका छौँ । सबै निजी र सार्वजनिक सवारीसाधनहरू ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलब रात्रीकालीन व्यवसायमा, माहोलमा भीडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो । यसमा पनि हिजो हामीले आदेश जारी गर्यौँ । अब केही सुझाव हामीलाई प्राप्त भएको छ । राति कोरोना सर्ने, दिउँसो नसर्ने, दिउँसो भिडभाडमा कोरोना नलाग्ने, राति लाग्ने ? भन्ने प्रश्न पनि आएको छ । हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भिडभाडजन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरू पार्किङ गरेर रेष्टुरेन्टतिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरू नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ । त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो । अरु साविक बमोजिम नै छ । तर, अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरूको रिपोर्ट आइराखेको छ । यो जारी गरेको आदेश जुनसुकै बखत पनि पुनरावलोकन हुनसक्छ । हामी दिनप्रतिदिन डाक्टरहरूसँग र स्वास्थ्य मन्त्रालयसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो । अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ । अक्सिजन नपुगेर कोही व्यक्तिहरूको पिक टाइममा मृत्यु भयो, तर त्यसमा अहिले सुधार आएको छ । बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो ।
० अनुगमन गर्दागर्दै पनि सेवाग्राहीहरूले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन यसमा के भन्नुहुन्छ ?
हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ । यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेलाबेलामा गएर आफैँ हेरिरहेको हुन्छु । मास्क नलगाएकोलाई मास्क लगाउनुस् भनिरहेका छौँ, भिडभाड गर्नेलाई अलिकति दूरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ । सेवाप्रदायक संस्थाहरूले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुप¥यो । नागरिकहरूले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुप¥यो । मास्क कसरी लगाउने, सम्भव भएसम्म भिडभाडजन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ । गर्न सक्दा टोकन सिस्टम लागू गरिदिने हो भने हरेक कार्यालयले टोकन दिने त्यसपछि उसको पालो तोकिन्छ र पालोमा आउने सिस्टम भए राम्रो हुन्छ । विद्युत् प्राधिकरण, दूरसञ्चार, खानेपानीतिर यो सम्भव हुन्छ, तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक–पटक सम्पर्कमा हुनुपर्छ । सनाखत गराउनुप¥यो, कार्डमा ल्याप्चे गर्नुप¥यो, त्यसमा समस्या हुन्छ । मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ । तर व्यवहारिक रूपमा त्यति कार्यान्वयन गर्न सकिएन । त्यो भएको हुनाले भिडभाडजन्य गतिविधि रोक्नको निम्ति सेवा प्रदायक संस्थाले पनि ध्यान दिनुप¥यो र नागरिकहरूले पनि त्यत्तिकै ध्यान दिनुप¥यो । अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरूलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु । एकपटक बिहानपख, मध्यान्हपख र बेलुकाको गतिविधिहरूका अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु । हामीले गरिरहेका छौँ, तर आम नागरिकहरू र सबै क्षेत्रबाट सरोकारवाला संस्थाहरूको सहभागिताबिना यो सम्भव छैन । प्रहरीको गाडी जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेष्टुरेन्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन । प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने हेर्नुहोस् त अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापन प्रहरी, हरेक ठाउँमा सीमित प्रहरी हुन्छ । भक्तपुरका लाखौं जनसंख्या सबैको पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन । हामीले अनुगमन गर्नेभन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ । यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।
० भक्तपुरमा राजनीतिक दलहरूबाट भइरहेका अवरोध तथा नारा जुलुसहरूलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?
हामीले अहिले राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौँ । सभाजुलुस नगर्नु भनेर । त्यसपछि अलि कम भएको छ । र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस, सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्यौँ । अनुमति कसैलाई दिएका छैनौँ । र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ? शान्तिसुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरूलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आआफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अब आउने दिनमा त्यस्ता गतिविधिहरू नहोला भन्ने अपेक्षा गरेका छौँ ।
० कोरोना महामारी बढ्दै गयो भने त्यसविरुद्ध लड्न कस्तो तयारी छ ?
अब अहिले त प्रमुख भनेकै अक्सिजन नै हो । अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकोले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ । प्रमुख समस्या भनेको अहिले खोपको हो । खोपको माग र आपूर्तिको बीचमा दूरी छ । धेरैलाई खोप लगाउनुपर्ने छ । खोपको मात्रा कम आइरहेको छ । त्यो भएको हुनाले भीडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो । त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ खोपको लागि र स्वास्थ्य सामग्रीको लागि पनि हामीले सम्बन्धित निकायलाई भन्नुपर्छ । यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तर पनि भन्नुपर्छ । जस्तो अक्सिजन प्लान्टको लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुप¥यो भनेर । हरेक हिसाबले हामीले आफ्नो सम्बन्धित सरोकारवाला निकायहरूलाई आफ्नो कुराहरू भन्ने राख्ने गरिरहेका छौँ । त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन, तर अहिले हामीले लापरबाही गर्दै गयौँ, हेलचेक्र्याँइ गर्दै गयौँ भने बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिहरूको निधन भयो त्यो अवस्थामा नपुग्नको लागि हामी आफू पनि सचेत हुनुप¥यो ।