मौद्रिक नीतिमा पर्यटनलाई महत्व दिइएको छ

अन्तरवार्ता

भाद्र २० गते सम्पन्न भएको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन दुई वर्ष लाग्न लागेको छ । नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण संस्थाको रूपमा चिनिएको टानले पर्यटन विकासको लागि अहं भूमिका खेल्न सफल भएको छ । सन् १९७४ मा स्थापित भएर आजको दिनसम्म आइपुग्दा टानले धेरै आरोह र अवरोह पार गरिसकेको छ । नेपालको पर्यटन क्षेत्रको विकासमा टानले खेलेको भूमिकालाई निकै महत्वपूर्ण रूपमा लिन सकिन्छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा निर्वाचित खुमबहादुर सुवेदीलाई यी दुई वर्षमा के कस्ता काम भए, पर्यटनको अवस्था कस्तो छ आदि सेरोफेरोमा गरेको कुराकानीको अंश ः
तपाईं निर्वाचित भएको दुई वर्ष पुग्न लागेको छ, ट्रेकिङ एजेन्सीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को नेतृत्व सम्हालेपछि के कस्ता काम भए ?
हामी निर्वाचित हुनुअघि ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) को सान्दर्भिकता र औचित्यलाई गहन छलफल गर्ने । पूर्ववत् रूपमा यसको व्यवस्थापन कायम गर्न र गराउन सकिन्छ वा सकिँदैन भन्ने कुराको निक्र्यौल गर्ने । यदि सकिने हो भने ‘अनलाइन सिस्टम’को व्यवस्था मिलाउने अनाधिकृत रूपमा भइरहेको पदयात्रा व्यवसाय सञ्चालनलाई रोक्ने । ‘नो गाइड नो ट्रेकिङ’को अवधारणलाई कडाइका साथ लागू गर्ने÷गराउने । टिम्समार्फत प्राप्त हुने आम्दानीलाई पारदर्शी ढंगले उपयोग गरी प्रवद्र्धनात्मक क्षेत्रमा लगाउने कुरा गरेको थिएँ । २०६६ बाट अहिलेसम्मका हिसाबहरूको जुन समस्याहरू थियो त्यो सबै नेपाल टुरिजम बोर्डलाई बुझायौँ । टानको विभिन्न स्थानमा बिग्रेको सम्बन्धहरू त्यो अहिले सुधारिएको छ । मजदुरहरूको फन्डको कुराहरू त्यसलाई धेरै सुधार गरेका छौँ नियम बनेको छ कार्यान्वयनमा जाँदैछ । कोरोनाले सबैभन्दा बढी प्रभाव पारेको पर्यटन क्षेत्रको पुनरुत्थानको लागि व्यवसायीहरूलाई र यस क्षेत्रमा काम गर्ने श्रमिक वर्गको लागि नेपाल सरकारबाट राहतका कार्यक्रमहरू ल्याइयोस् भनी नेपाल सरकारका विभिन्न निकायहरू (प्रधानमन्त्रीको कार्यालय, अर्थमन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागमा) कर छुटको व्यवस्था, न्यूनतम व्याजदरमा बिनाधितो ऋणको व्यवस्था, पर्यटकीय नगरीमा रहेका क्षेत्रमा घरभाडा छुटको व्यवस्था, नवीकरण समयमा नै गर्न नभ्याएका कम्पनीहरूहरूको लागि समायवधि थप गर्ने र विलम्ब शुल्क नलिनेजस्ता मागहरू राखी ज्ञापन पत्र बुझाउने कार्य गरियो । पर्यटन व्यवसायीहरू एकढिक्का भएर नेपाल सरकारलाई विभिन्न माध्यमहरूबाट, शीघ्र आउन लागेको बजेट २०७७÷७८ को बजेट वक्तव्यमा व्यवसायीहरूका मागहरू सम्बोधन गरियोस् भनी दबाब दिने कार्य गरियो । जसको परिणाम, बजेटमा पर्यटन व्यवसायीहरूका धेरै मागहरू सम्बोधन भएका छन् । नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विधेयक सम्बन्धमा टानको नेतृत्वमा पर्यटनसँग सम्बद्घ संघ संस्थाहरूसँग विभिन्न चरणमा बैठक बसी सबै संघ संस्थाहरूको धारणा राख्दै पर्यटन विधेयक मस्यौँदामा सुझाव दिने कार्य गरियो । हाम्रा सदस्य कम्पनीमा प्रबन्ध निर्देशक÷प्रोपाइटरहरूलाई राहत मिलोस् भन्ने हेतुले टानले माछापुच्छ्रे« बैंकसँग सम्झौता गरी क्रेडिट कार्ड सुविधाको व्यवस्था गरेको छ । हाम्रा सदस्य कम्पनीमा कार्यरत गाइडहरूलाई राहत मिलोस् भन्ने हेतुले टानले माछापुच्छ«े बैंकसगँ सम्झौता गरी क्रेडिट कार्ड सुविधाको व्यवस्था गरेको छ । हाइकिङलाई स्वास्थ्यसँग जोड्दै काठमाडौं उपत्यका नजिकैका सबै डाँडाहरूमा भ्रमण वर्षभरि हाइकिङ कार्यक्रम गराउने संघको योजनाअनुरूप विश्व पर्यटन दिवसको अवसर पारेर चन्द्रागिरि क्षेत्रको स्यूँचाटारदेखि सुइजरल्याण्ड पार्कसम्म ३०० जनाको बृहत्त सहभागितामा भव्यवताका साथ विश्व पर्यटन दिवसको आयोजना गरियो । पछिल्लो समयमा टान र नेपाल पर्यटन बोर्डसँग गरिएको सम्झौता बमोजिम नेपालका विभिन्न पर्यटकीय गन्तव्य स्थलहरूमा टिम्स चेकपोस्टको स्थापना गर्ने योजना अनुरूप मेलम्ची क्षेत्र, रसुवाको वेत्रावती क्षेत्रमा टिम्स चेकपोस्टको स्थापना गरियो । नेपाललाई हिउँदे पर्यटन प्रवद्र्घनमा टेवा मिलोस् भन्ने हेतुले नेपाल भ्रमण वर्षको सचिवालयको र टानको सहकार्यमा नेपालमा नै पहिलो पटक विश्वको अग्लो स्थान गोक्योमाको आयोजना गरियो । पदयात्रा व्यवसायलाई चाहिने थप जनशक्तिको आवश्यकताअनुरूप महिला गाइड तालिम, पोटर ट्रेकिङ गाइड तालिमजस्ता कार्यक्रमहरूको आयोजना गर्दै नेपाल सरकारले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनायो ।

० नेपालको पर्यटन गन्तव्यलाई कसरी हेर्नुभएको छ ?
नेपालको परिपे्रक्ष्यमा हेर्दा नेपालको आकर्षणको केन्द्र प्राकृतिक र संस्कृतिमा आधारित छन् । प्रकृति भन्नाले हिमाल, पहाड, तराईदेखि नेपालभर विविधताले भरिएका आकर्षणका केन्द्रहरू भएकाले कोभिड–१९ पछिको पर्यटनमा परिवर्तन गर्न सकिने आकर्षण र सम्भावना के देखिन्छ भने प्रकृतिमा आधारित विभिन्न सेगमेन्ट र टुर प्याकेज डेभलप गर्न सकेमा अरू देशको भन्दा राम्रो हुने देखिन्छ । नेपालको आगामी पर्यटन क्षेत्रको भविष्य आशावादी नै छ । नेचर बेसभन्दा कल्चर बेस टुर प्याकेजहरूलाई पनि एउटा राष्ट्रभरि एकै प्रकृतिको संस्कृति नभएको विभिन्न भागमा विभिन्न सांस्कृतिक धरोहर आकर्षण भएका नाताले जति पर्यटक आगमन हुन सक्छ, आगामी दिनमा त्यसका आधारमा यसलाई राष्ट्रभरि छरिएर विविधताको रणनीति लिएर कम भिडभाडमा यस्तो खालको महामारीको समयमा जोखिम कम भएको गन्तव्यका रूपमा स्थापित गर्न सक्ने सम्भावना र अवसर छन् ।
० पछिल्लो समय राजधानीमा संक्रमण बढ्दो छ र देशका अन्य भागमा पनि जोखिम कम भएको छैन, यस्तो अवस्थामा कहिलेसम्म पर्यटन उद्योगलाई पुरानै अवस्थामा फर्काउन सकिएला ?
हरेक संकटको एउटा आयु हुन्छ र संकटले अवसर ल्याएर आएको हुन्छ । कोरोना भाइरस महाप्रकोप पनि केही समयपछि हराउनेछ । भ्याक्सिन वा एन्टिभाइरल ड्रग्स बजारमा सहज रूपमा उपलब्ध नभए पनि विभिन्न सुरक्षा मापदण्ड अपनाई संसार अघि बढ्नेछ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा पर्यटनका विभिन्न क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक गरिसकेको छ । अब विस्तारै ट्राभलमा रहेको नियन्त्रण खुकुलो हुँदै जानेछ । आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन यही भदौ १ गतेदेखि सुचारु गर्ने घोषणा नेपाल सरकारबाट भइसकेको छ । अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिचाइभल) र फैलाउन (थ्राइभल) का लागि कम्तिमा तीनवर्षे रणनीतिका साथ अझ बढी सक्रिय हुँदै हिँड्नुपर्ने हुन्छ । पर्यटन उद्योगलाई बचाउन र फेरि पुरानै लयमा फर्काउन गर्नुपर्ने धेरै कामको लामै सूची हुनसक्छ । सबै काम एकैपटक सुरु गर्न र सम्पन्न गर्न सम्भव छैन ।
० नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई पूनर्जीवन दिन कत्तिको सफल होला ?
ट्रेकिङ एजेन्सीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले मौद्रिक नीति समग्रमा सकारात्मक रूपमा लिएको छ । ट्राभल, होटल, ट्रेकिङ, एयरलाइन्सलगायतका पर्यटन सम्बन्ध क्षेत्रहरू मौद्रिक नीतिले धेरै उल्लेख गरेको छ अब सहज कार्यान्वयन हुनुपर्छ । कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने रु. १५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइनेलगायतका पर्यटन सम्वद्ध विषयहरू उल्लेख हुनु खुसीको कुरा भएको र सहज कार्यान्वयनको अपेक्षा गरेका छौँ । समग्रमा पर्यटन क्षेत्रलाई धेरै महत्व दिइएको पायौँ अब सहज कार्यान्वयन होस्, नीतिमा उल्लेख गर्ने तर नीतिमा आएका कुरा व्यवसायीले लिन जाँदा डकुमेन्टका भारी नै बोकेर जानुपर्ने अवस्था आयो भने नीति आउनुले अर्थ राख्दैन, सहज डकुमेन्टेसनमा सानाभन्दा साना व्यवसायीहरूले सेवा उपभोग गरेको अनुमति पाउन सक्नेगरी नीति कार्यान्वयन हुनुप¥यो ।
० अन्त्यमा के भन्नु हुन्छ ?
कोरोनाले गर्दा करिब दुई वर्षदेखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुनस्र्थापना तथा व्यवसाय निरन्तरताको लागि खोप मात्रै एक विकल्प हो । सरकारले छिटोभन्दा छिटो सबै जनतालाई खोप लगाउनु पर्छ । खोपको मात्रा पूरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पिसिआर गराई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनु पर्छ । कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरे पनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुनः सुचारु गर्नु पर्छ । त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापीरूपमा तालिम तथा अनुगमनको व्यवस्था गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *