काठमाडौं । अहिले कोरोनाले देश प्रायः ठप्पको अवस्थामा छ । कोरोनाको कारण भएका उद्योगधन्दा कलाकारखाना होटेलदेखि पर्यटन क्षेत्रसम्म बन्द अवस्थामा रहेका छन् । ठुल्ठूला कलेज, बोर्डिङ स्कुलसम्म बन्द रहेको छ । पर्यटन क्षेत्र बन्द हुँदा लाखौँ मानिसले रोजगारी गुमाएका छन् । मजदुर, यातायात सञ्चालकदेखि तारे होटलसम्मका मजदुरले रोजगारी गुमाएको अवस्था छ । कोरोनाले उद्योगधन्दा चल्न सकेको छैन । आम नेपालीले दुःख पाएको अवस्था छ । एकातिर रोजगार गुमाएको पीडा, अर्कोतिर कोरोनाको डरले नेपालीलाई सताइरहेको अवस्थामा अहिले भूमाफियाले सताइरहेका छन् । भूमाफियाहरुले चलखेल गरेका छन् । भूमाफिया र बैंक माफिया सहरदेखि गाउँ टोलसम्म सल्वलाएका छन् । किनकी बैंकमा पैसा राख्दाखेरी आयस्रोत देखाउनुपर्ने भएपछि बैंक माफिया र भूमाफियाको मिलेमतोमा व्यापक चलखेल गरिराखेको अवस्था छ । सर्वसाधारण जनताले आफ्नो स–साना घडेरी पनि भूमाफियाले कब्जा जमाउनलान् भन्ने भएको छ । अहिले नापी विभाग र मालपोतले डिजिटल प्रणाली लागू गरेपछि भूमाफिया र बैंक माफियाहरुलाई जग्गामा लगानी गर्न सजिलो भएको छ । किनभने बैंकमा पहिलो जस्तो पैसा राख्न पाइँदैन र बैंकमा पैसाको आयस्रोत देखाउनुपर्ने भएपछि जग्गामा लगानी गर्न लागिपरेका छन् । जग्गामा लगानी गरेको पैसा आयस्रोत देखाउनु पर्दैन र लाभकर छले पनि कुनै पनि निकायले कारबाही गर्नेवाला छैन । अहिले जग्गा व्यापारीले बढी मात्रामा महिलाको नाममा जग्गा किनबेच गर्ने गरेका छन् । किनकी महिला भएपछि छुट पाइने र राजस्व पनि कम लाग्यो । साथै लाभ कर पनि कम लाग्ने भएपछि अधिकांश जग्गा व्यापारीले श्रीमती, छोरी, बुहारी, नातिनी आदिको नाममा जग्गा किनबेच गरिराखेका छन् । अहिले कोरोनाको कारण देखाएर घर–जग्गाको व्यापार फैलिएको छ । साधारण व्यक्तिले समेत घर–जग्गामा लगानी सुरु गरेका छन् । अधिकांश नेपालीले गाउँदेखि सहर र सहरदेखि तराईसम्ममा जग्गाको लागि विचौलिया मिलेर जग्गाको कारोबार भइराखेको छ । जग्गाको जस्तै विचौलियाले शेयरमा लगानी गरेर कामै नलाग्ने हाइड्रो कम्पनीदेखि विभिन्न कम्पनीमा शेयरका विचौलियाले धेरै नेपालीलाई ठगिराखेका छन् । धेरै नेपालीले शेयरमा लगानी गरिराखेका छन् । शेयरमा लगानी गर्नु भनेको सर्वसाधारण नेपालीको पैसा कति रहेछ ? कतिसम्म शेयरमा लगानी गर्न सक्छ भन्ने मान्यतामा आधारित भएर विचौलियाले खेलेका छन् । शेयर विचौलियाले खोलिरहेको धेरैले नबुझेको अवस्था छ । नेपालमा राजनीतिक दलको सरकार सञ्चालन भएता पनि सरकारलाई माफियाले सञ्चालन गरेको छ । माफियाले तत्कालीन नेकपालाई फुटाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनायो । यसले एमालेलाई फुटाएरु माधव नेपाल र केपी ओली समूह बनाएको छ । यसमा फेरि तेस्रो खेमाको एमाले नहोला भन्न सकिँदैन । किनकी माफियाले सबै राजनीतिक दल विभाजन गरेदेखि विभिन्न दल टुक्रा–टुक्रा बनाउने खेलमा माफिया र विदेशीले चलखेल गरेका छन् । नेकपाको राजनीतिमा उथल–पुथल बनाएको छ । यसैको सेरोफेरो गरी माफियाले नेपालको अर्थतन्त्रको मेरुडण्ड भनिएको शेयरमा खेल्न थालेका छन् । भविष्यमा आम नेपाली सडकको बास नहोला भन्न सकिँदैन । नेपालमा चाँहे त्यो राजनीतिक दल होस् चाहे नेपालको अर्थतन्त्रदेखि विभिन्न क्षेत्रमा माफियाले खेल्न थालेका छन् । माफियाले गर्दा अहिले शेयरमा ठूलो मात्रामा विचौलिया माफियाले लगानी गरेका छन् । यदी विचौलिया वा माफियाले लगानी नगरेको भए एकदिनमै १८÷२० अर्बको कारोबार दिन प्रतिदिन यसरी बढ्ने थिएन । आजभन्दा केहीवर्ष अगाडि शेयरमा लगानी गर्नेहरुको बिल्लीबाठ भएको थियो । शेयरमा लगानी गर्नेहरुको उठिबास भएको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालय छाडेपछि शेयर उकालो लागेको छ । शेयर उकालो लाग्नु भनेको यसमा माफियाले खेल्ने हो । यसरी दिन प्रतिदिन शेयर उकालो लाग्दा नेपालमा भएका कामै नलाग्ने कम्पनीको समेत विचौलियाले प्रयोग गरी किनबेच गर्नु नेपाली जनतालाई विश्वासमा लिएर भविश्यमा जनता फसाउनु हो । यसैले शेयरमा लगानी गर्न सोच्नु पर्ने बेला भएको छ ।
००००
विदेशमा लाखौँ नेपाली अलपत्र, सरकार रमिते
काठमाडौं । २०७६ चैत्र ११ गतेबाट कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनको कारण विदेशमा रहेका धेरै नेपाली फर्किन बाध्य भए । छुट्टिमा स्वदेश फर्किएका उनीहरु फेरि विदेश जान पाएनन् । कोरोना महामारीका कारण धेरै वैदेशिक रोजगारीको अवसर गुमेको छ । अहिले कोरोनाको कारण कतिपय विदेशीले नेपाली कामदार मगाएको छैन । कामदारको डिमान्ड आउने मलेसिया, कतार, साउदीजस्ता देशबाट कामदारको माग आएको छैन । माग आए पनि त्यहाँ गएर क्वारेन्टाइनमा बस्नु पर्ने छ, भने अन्य देशले डिमान्ड त्यति मागेका छैनन् । अहिले वैदेशिक रोजगारीका लागि विज्ञापन खासै भएको पाइँदैन । मेनपावर कम्पनीले विज्ञापन गर्नु पर्ने हो । कामदारको माग आएमा विज्ञापन गर्ने गरिएको थियो । केही मेनपावर कम्पनीले विभिन्न देशको लागि विज्ञापन गरिराखेका पनि छन् । विदेश जानेको घुइँचो लागिराखेको पनि छ । विदेश लग्नलाई मेनपावरले अनलाइन र पत्रपत्रिकामा विज्ञापन निकालेका छन् । मेनपावर कम्पनीले आवश्यकाता भन्दै विज्ञापान गर्दै नेपालका कुनाकाप्चाबाट कोरोनाको समयमा समेत विज्ञापन गरेर आम नेपाली विदेशिएका छन् । चाँहे त्यो फ्रि भिसा या भिजिट भिसा या वर्किड भिसामा । अनेक बाहाना पारेर आम नेपाली दाजुभाइ, दिदी बहिनी विदेशिएका छन् । यसरी नेपाली विदेशी रहेका बेला कुनै पनि निकायले विदेश जाने नेपालीलाई अनुगमन गरेको छैन । अनलाइन भिसाबाट आम नेपाली ठगिएका छन् । मेनपावर कम्पनीले पनि ठगिराखेको छ । यसको नियन्त्रण वैदेशिक रोजगार विभागले गर्ने हो । तर, वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण दवाडीको जागिरअवधि सकिन लागेको छ । उनी वैदेशिक रोजगार विभागमा तत्कालीन उपनिर्देशक भएर गएका बेलामा भ्रष्टाचारको आरोप लागेका व्यक्ति हुन् । वैदेशिक रोजगार विभागमा सुधार्ने बाहाना बनाए तत्कालीन डिजी पूर्णचन्द्र भट्टराईले आम नेपालका दिदी बहीनीहरुलाई फ्रि भिसा फ्रि टिकटको नाममा दिदी बहिनीलाई लेबनान, कतार र साउदीमा पठाएर मेनपावर कम्पनीको सहयोग लिएर करोडौँ कमाएर थिए । जबकी नेपालबाट विदेश जान चाहिने व्यक्तिले १ जना बराबर लाग्ने खर्च ७ सात हजारदेखि १० हजारसम्म लाग्ने गरेको थियो । श्रम निकाल्दा लाग्ने खर्च भनेको बढीमा १० देखि १२ हजार रुपैयाँमा श्रम निकाल्ने गरेका थिए । पछि वैदेशिक रोजगार विभागमा सुधार्ने बाहानामा कामदारको पैसामा विदेश धुमधाम गरी पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगार विभागलाई सुधारको नाममा ५० हजारदेखि १ लाखसम्म लिएर आम नेपाली दिदीबहिनी दाजुभाइलाई विदेश लगिएको थियो । पछि राजनीतिक दलले विरोध गरेपछि सरकार फेरिएपछि पत्रपत्रिकाले राज्यमन्त्रीले वैदेशिक विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई इजरायलपछि विभिन्न महानिर्देशक फेरिए पनि सुधार्न नसकिएपछि कतिपय कमर्चारी वैदेशिक रोजगार विभागको महानिर्देशक बनेर जान मानेका थिएनन् । तत्कालीन केपी ओली सरकारले कुमार दाहाललाई डिजी बनाएपछि केही सुधारको योजना ल्याएका थिए । तर, आम मेनपावर व्यसायीले तत्कालीन कुमार दाहालमाथि विभिन्न आरोप लगाएर मेनपावर व्यवसायीले तत्कालीन श्रममन्त्री माओवादीको तर्फबाट यादवलाई प्रयोग गरी कुमार दाहाललाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो । उनको ठाउँमा सहरी विकास मन्त्रालयका सहसचिव कृष्ण दवाडी गएका थिए । अहिले अफगानिस्तानमा आम नेपालीलाई बिनाभिसा विचौलियाले लगेर अलपत्र पारेको छ । अलपत्र नेपालीको उद्धारको लागि नेपाल सरकारले पहल गरे पनि गैरकानुनी ढंगबाट विदेशिएका आम नेपाली अफगानिस्तानमा अलपत्र परिराखेको समाचार सूत्रले बताएको छ । नेपालबाट पठाएका मेनपावर कम्पनीले कुनै पनि पहल नगरिएको, कानुनी बाटोभन्दा पनि गैरकानुनी बाटो हुँदै विदेशिएका नेपाली अहिले विदेशमा अलपत्र बनेका अवस्था छ । सरकारले यसतर्फ ध्यान दिएको छैन । नेपालमा नेपाली काम नपाएर अलमल परिराखेका छन् । कलेज, स्कुल बन्द रहेको छ । परराष्ट्र मन्त्रालयमा विदेश जानको लागि राहदानी बनाउनेको भीड लागेको छ । सो भिडभाडबाट कोरोना नसर्ला भन्न सकिँदैन । विदेश जाने नेपालीको भीड एयरपोर्टदेखि भारतको बाटो हुँदै नेपाली विदेशिएका छन् । कतिपय नेपाली अलपत्र बनेका छन् । अलपत्र बनेका नेपालीको गुनासो मेनपावरले सुन्दैन, विचौलियाले सुन्दैन, वैदेशिक रोजगार महानिर्देशकले पत्याउँदैन । अहिले वैदेशिक रोजगार विभागमा मेरो छोरा हरायो, मेरो छोरी हरायो, सम्पर्कविहीन छ, खोजी दिनुप¥यो भन्दै नेपालका विभिन्न भेगबाट ७० वर्षका बृद्ध बुबाआमा सन्तानको खोजीमा धाइरहेका छन् । उनीहरुले होटलमा बस्ने खानेको व्यवस्थापन कसले गरिदिने ? घरबाट छोरा, छोरी खोज्न भनी आएको उनीहरु ‘जायजेथा, सम्पती साहुलाई बन्दकी राखेर आएको हजुर, जसरी पनि मेरो छोरा, छोरी, श्रीमानको खोजी गरिदिनुप¥यो’ भन्दै विभागमा अनुरोध गर्नेको भीड लाग्ने गरेको छ । सो भीडको व्यवस्थापन कसले गरिदिने कतिपय नेपालीको विदेश जानेको पहिचान र अभिलेखको डाटासमेत वैदेशिक रोजगार विभागमा रहेको अवस्था छैन । कतिपय विचौलियाले अनलाइनबाट विदेश जानेको विज्ञापन निकालेर, यति तलब पाइन्छ भन्दै अनलाइन फर्म भर्न लगाएर कोरोनाको बाहाना पारी भारतको बाटो हुँदै विभिन्न देशमा विचौलिया मेनपावार मिलेर पठाउने गरेका छन् । उनीहरुले कामदारलाई बैंक खातामा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाएर विश्वाशिलो बनाएर नेपालीलाई ठगिरहेका छन् । अहिले विश्वभर कोरोनाका कारण विदेशीले कामदार नमागे पनि नेपालका मेनपावर व्यवसायीले आकर्षक विज्ञापन गरेर ठग्ने बाहाना भने गरिरहेका छन् ।