माधव नेपाल एमाले बन्न सकेनन् समाजवादी त हुनै सक्दैनन् : सूर्य थापा

राजनीति

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले कानुनअनुसार पार्टी फुटाएर एमाले बनाउन नसक्ने माधव नेपाल समाजवादी पनि हुन नसक्ने बताएका छन् । आफूले एमाले नामको पार्टी दर्ता गर्न नमिल्ने यसअघि नै बताएको भन्दै थापाले गुटको डफ्फा समाजवादी त झन् हुनै नसक्ने बताएका हुन् ।
‘दुई दिनअघि मैले लेखेको थिएँ दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी) नाममा माधवकुमार नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनतः मिल्दैन । उनी नाम बदल्न बाध्य भए । फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन । मजाक,’ थापाले ट्वीटरमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *