जाहिर शाह र ज्ञानेन्द्र शाहको समानता

राजनीति

तालिवानको विस्थापनपछि अमेरिकाले जाहिर शाहलाई राजा हुन भन्यो । अफगानिस्थानका पूर्वराजा जाहिर शाहले सिआइएको त्यो प्रस्ताव अस्वीकार गरे । नेपालमा राजा ज्ञानेन्द्रलाई सिआइए र रअको एजेण्ट बनिसकेका तत्कालीन सेनापति रुकमांगत कटवालले बेबि किङको प्रस्ताव पठाए भने रअका एजेण्ट बनिसकेका डा. बाबुराममार्फत सांस्कृतिक राजाको एजेण्डा फाले । जसलाई पूर्वराजा ज्ञानेन्द्रले अस्वीकार मात्र गरेनन्, आफू मातृभूमि छोडेर नजाने घोषणा पनि गरे ।
यो अवस्थापछि जसरी अफगानिस्तानमा राजा जाहिर शाहको राजपरिवारभित्रै ज्वाइँ दाउदले सत्ता लिएपछि राजा जाहिर शाह देश छोड्न बाध्य भए । सिआइए र रअद्वारा पालित पोषित राजा ज्ञानेन्द्रका पूर्व र वर्तमान सचिवहरू भारदारहरू, मण्डलेहरू, अमेरिकनले पालेका सेनाका पूर्व सेनापति जनरलहरू राजा ज्ञानेन्द्रलाई दलाइ लामाजस्तै बनाउन क्रियाशील छन् ।
आरएसएससँग जोडिएर हिन्दू राजा र राजतन्त्रका कुरा गर्नेहरू ज्ञानेन्द्रलाई दलाइ लामा बनाउने अफगानी संस्करणका नयाँ दाउदहरू हुन् भने माओवादी भनेको सिआइएका तालिवानजस्तै हुन् । जसरी जाहिर शाहले राजा हुन नमानेर बुद्धि पु¥याएको थिए भन्ने कुरा तालिवानद्वारा अफगानिस्तान कब्जा गराउने अमेरिकी योजनाले प्रमाणित गरायो, त्यसैगरी राजा ज्ञानेन्द्रले बेबि किङ र सांस्कृतिक राजा अस्वीकार गरेको र गर्दै आएको दूरगामी निर्णयको परिणाम हामीले देखिरहेका छौँ र अझै देख्ने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *