आन्तरिकका मैनालीको असुली धन्दामा मुख्यसचिव मुकदर्शक

राजनीति समाचार

काठमाडौं । ‘मियो गतिलो भए पो दार्इँ राम्रो हुन्छ’ भन्ने उखान अहिले कर्मचारीतन्त्रभित्र चरितार्थ भएको छ । तत्कालीन मुख्यसचिवदेखि हालका मुख्यसचिव बैकुण्ठ अर्याललेसमेत कर्मचारीतन्त्रलाई चलायनमान बनाउन सकेका छैनन् । चाड पर्व नजिकिँदै गर्दा अधिकांश सहसचिव र सचिवहरु कार्यालयमा नबसी देश दौडाह र भ्रमणमा निस्किएका थिए । चाड पर्व सकिएको भोलिपल्ट देखिनै कर्मचारीहरु आ–आफ्नो कार्यालयमा उपस्थित हुनुपर्नेमा त्यो नभएर सरकारी कार्यालयहरु सुनसान देखिन्थे ।

सरकारी कर्मचारीहरु राज्यको ढुकुटीबाट तलब, भत्ता र पेन्सन खाने गर्दछन् । कर्मचारीहरुले जनताले तिरेको राजश्वबाट तलब, भत्ता र पेन्सन खाए तापनि सेवाग्राहीको काम बफादार भएर गर्न सकेका छैनन् । त्यो नगर्नु भनेको मुख्यसचिवको लापरबाहीले हो । मुख्यसचिवको गैरजिम्मेवारपनले गर्दा अधिकांश सचिव र सहसचिबहरुले राम्रो काम गरेका छैनन् । मुख्यसचिव बैकुण्ठ अर्यालको पनि टेरामक्सको कारण जागिर धरापमा पर्ने देखिन्छ ।

मुख्यसचिवको जागिर नै धरापमा पर्ने स्थिति सिर्जना भएपछि अधिकांश सहसचिवहरु कमाउ धन्दामा व्यस्त रहने गरेका छन् । उदाहरण लिन सकिन्छ, तत्कालीन केपी ओली सरकारले राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लगेर जोडेपछि राजश्व उठाउनको लागि झापा घर भएका सहसचिव दीर्घराज मैनालीलाई राजश्व अनुसन्धान विभागको डिजी बनाएरका थिए । राजश्व अनुसन्धान विभागको डिजी भएपछि मैनालीले राजश्व उठाउन ध्यान दिनुपर्नेमा उल्टै व्यापारीहरुसँग मिलेर राम्रो आम्दानीको स्रोत बनाएका थिए ।

मैनालीले त्यति मात्रै गरेका थिएनन्, माओवादी नजिकका केही मिडियाहरुलाई महिनावारी नजराना दिने आफ्नो फेबरमा न्यूज लेखाउने काम पनि गर्दै आएका थिए । उनले आफ्ना कालकर्तुत लुकाउनको लागि राजनीतिक दलका नेता र केही पत्रकारहरुलाई हात लिने काम पनि गरेका थिए । नेता र केही माओवादी निकट पत्रकारहरुलाई हात लिएर विभागमा बस्न सफल भएका व्यक्ति हुन् मैनाली । तत्कालीन केपी ओली सरकार ढलेपछि अदालतको आदेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा विभिन्न दलहरुसँग गठबन्धन गरी प्रधानमन्त्री बने ।

देउवा प्रधानमन्त्री बनेपछि देउवा पत्नी डा. आरजु राणा देउवासँग हारगुहार गरी मैनाली आन्तरिक राजश्व विभाग लाजिम्पाटको महानिर्देशक बन्न सफल भए । आन्तरिक राजश्वको महानिर्देशक बनेपछि मैनालीले राजश्व पहिलाको जस्तो उठाउन सकेका छैनन् । मैनालीको अक्षमताको कारणले पनि राजश्व उठ्ननसकेर देशमा आर्थिक मन्दी छाएको भनाइ छ । मैनालीकै कारण अधिकांश व्यापार, व्यवसाय गर्नेहरु पनि मारमा परिराखेका छन् ।

मैनालीले कतिपय ठूला व्यापारीहरुको राजश्व मिनाह गरिदिने र कमिसन असुल्ने गरेको स्रोतको भनाइ छ । हुन त आन्तरिक राजश्व कार्यालय लाजिम्पाटका तत्कालीन महानिर्देशक चुडामणि शर्माले पनि एनसेललगायत विभिन्न ठूला व्यापारिक घराहरुसँग मिलेमतो गरी राजश्व छली गरेको आरोप लागेपछि मुद्दा परेको थियो । सो मुद्दा हारेबापत उनी अहिले सजायको भागिदार बनिरहेका छन् । आगामी दिनमा हालका महानिर्देशक मैनालीलाई पनि शर्मालाई जस्तै राजश्व छली गरेको आरोप नलाग्ला भन्न सकिँदैन । राजश्व अनुसन्धान विभागमा बस्दा पनि मैनालीले ठूला करदाताहरुसँग मिलेर राजश्व छली गरेको आरोप लाग्ने गरेको थियो ।

कर्मचारी स्रोतको अनुसार मैनाली जस्ता कर्मचारी अन्य नभएको बताउँछन् । मैनाली खान र खुवाउन कुनै सिद्धान्त, निष्ठा र आदर्श नभएका स्वार्थी कर्मचारी हुन् भन्ने भनाइ पनि कर्मचारीभित्र चर्चा चल्ने गरेको छ । सधैं मालदार ठाउँमा मात्रै बस्न रुचाउने मैनाली आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट फेरि अर्थमन्त्रालयको महत्वपूर्ण शाखामा सरुवा हुन लागिपरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *