भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण बिसिसीआई कप अन्योलमा,भारतले एशिया कप नखेल्ने

खेलकुद समाचार

काठमाडौं । भारत र पाकिस्तानबीचको सीमामा बढ्दो तनावका कारण बिसिसीआईले एसिया कप २०२५ बाट फिर्ता लिएको छ ।

भारत र पाकिस्तानको सीमा विवादका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) यस्तो निर्णय गरेको हो । यो सँगै त्यसको प्रत्यक्ष असर क्रिकेट मैदानमा देखा परेको छ ।

हाल पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष मात्रै नभएर उनी पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष पनि हुन् ।
इन्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार, बीसीसीआईको एक स्रोतले भारतीय टोलीले पाकिस्तानी मन्त्रीको नेतृत्वमा रहेको संस्थाद्वारा आयोजित प्रतियोगितामा खेल्न नसक्ने उल्लेख अग्रेको छ । भारतले एशिया कप नखेल्ने बारे एसीसीलाई जानकारी गराइसकेको मिडिया रिपोर्टमा उल्लेख गरेकोछ । यस वर्ष सेप्टेम्बरमा भारतले एसिया कप आयोजना गर्ने तालिका रहेको छ । तर, यदि भारतले फिर्ता लियो भने सम्पूर्ण प्रतियोगिता रद्द हुन सक्ने सम्भावना पनि बलियो रहेकोछ ।

एशिया कपमा भारत, पाकिस्तान, युएई, हङकङ समुह ‘ए’ मा रहेका छन् भने बंगलादेश, श्रीलंका, अफगानिस्तान र ओमान समुह ‘बी’ मा रहेका छन् । भारतले नखेलेको अवस्थामा अर्को एसीसी प्रिमियर कपमा चौथो भएको नेपाललाई समावेश गरेर प्रतियोगिता हुनसक्ने बताइएको छ । यदि भारतले खेलेन भने प्रसारकहरू पछि हट्न सक्ने र धेरै जसो स्पोन्सरले समेत हात झिक्न सक्ने भएकाले अब प्रतियोगिताको भविष्यनै अन्योलमा परेको छ ।

मिडिया रिपोर्टका अनुसार बीसीसीआईले अर्को महिना श्रीलंकामा आयोजना हुने इमर्जिङ महिला एसिया कपबाट पछि हट्ने बारेमा मौखिक रूपमा जानकारी गराएको बताइएको छ ।

२०२३ मा भएको एसिया कपको आयोजना पाकिस्तानलाई हस्तान्तरण गरिएको थियो । भारतीय टोलीले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि खेल हाइब्रिड मोडेलमा खेलाइएको थियो । यस अन्तर्गत, भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएका थिए । फाइनल पनि श्रीलंकामा खेलिएको थियो । पाकिस्तानी टोली फाइनलमा पुग्न सकेन । फाइनलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

यस वर्ष फेब्रुअरीमा भएको च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान पनि गएन । प्रतियोगिता हाइब्रिड मोडेलमा खेलाइएको थियो। भारतका खेलहरू दुबईमा खेलिएका थिए । २०२३ को एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत आएको थियो । पाकिस्तानी टोली २०२३ को एकदिवसीय विश्वकप खेल्न भारत आएको थियो । विश्वकप अन्तर्गतको भारत र पाकिस्तान बीचको खेल १४ अक्टोबरमा अहमदाबादमा खेलिएको थियो। यो खेल भारतले सात विकेटले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *