काठमाडौं । मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार सहित दश जना विरुद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्व सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोगमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
संघीय, प्रदेश सरकार समेतको गैरकानूनी हिसाबले ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ दुरुपयोग गरेको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार भएको पाइएको छ ।