भारतबाट तेस्रो मुलुक जाने नेपाली पक्राउ, नक्कली कागजपत्र प्रयोग गर्नेको संख्यामा वृद्वि

विविध समाचार

काठमाडौं । नक्कली श्रम स्वीकृति लिएर भारतबाट तेस्रो मुलुक जाने नेपाली नागरिक भारतमा पक्राउ परिरहेका छन् ।

दिल्लीस्थित नेपाली दुताबासले भारतीय विमानस्थल हुँदै मध्य्पूर्णका केहि मुलुकको भ्रमणमा जान नक्कली श्रम स्वीकृति र एनओसी देखाई अध्यागमन पार गर्न खोज्नेको संख्या बढिरहेको र नक्कली कागजपत्र प्रयोग गर्नेहरु भारतीय अध्यागमनमा पक्राउ हुनेको संख्या बढिरहेको भन्दै यसप्रति ध्यानाकर्षण गराएको हो ।

दुताबासले भारत हुँदै एनओसी आवश्यक पर्ने मुलुकमा जाँदा बैदेशिक रोजगार विभागबाट जारी आधिकारीक श्रम स्वीकृति वा नेपाली दुताबास, नयाँ दिल्लीद्वारा जारी भएको एनओसी लिएर जान आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *