मेलम्चीको ३३ गाडीको खोजी विनालाई किनिदिए त्रिरेश खत्रीले घर

समाचार

काठमाडौं । नेपाली जनताको सपना मेलम्चीको विपना एकाएक असारे भेलले ध्वस्त बनाइदियो । ३० वर्षे योजनाभित्र रु ३८ अर्ब सकिँदासमेत मेलम्चीमा रमाएका विचौलियाले राष्ट्रिय गौरवको आयोजनामा बजेट बढाएर खानमा व्यस्त रहे । योजनाको मतलब कसैलाई भएन । इटालियन ठेकदारलाई लखेटेर चाइनिज ठेकदारले भन्सार छुट गरेर ल्याएका ३३ वटा प्राडो गाडी भागशान्ति लिएकी तत्कालीन खानेपानी मन्त्री विनामगर सचिव माधव बेलवासे मात्र छैनन्, आयोजना प्रमुख त्रिरेश खत्रीसम्मले राज्यलाई तरमारेका छन् । मुलुकलाई भ्रष्टाचारको केन्द्र बनाउनका राजनीतिक दलहरु समेत अहिले छिन्नभिन्न भएका छन् । खत्रीले बिना मगरलाई घर किनिदिएकै थिए । काम गर्दा गर्दै इटालियन ठेकेदार खेदेर रु ६४ करोड झ्याप पार्ने तत्कालीन कार्यकारी प्रमुख भट्टराईको कारण मन्त्री र सचिव गजेन्द्र ठाकुरसमेत चर्चामा थिए । आफ्नो देशमा बैंक खातासमेत नभएका गजेन्द्र ठाकुरजस्तो भ्रष्टकै बाटोमा लागेका सचिव माधव बेलबासेलाई प्राविधिकको रूपमा गनिन्छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई देशको चार ठूला नदीहरु कर्णाली, महाकाली, कोशी र नारायणीमा पानी जहाज चलाउने सकिने सुझाव दिएका थिए । सत्यताको गहिराइमा नपुगी बोल्ने काम भएकै थियो ।
मेलम्ची खानेपानी आयोजनालाई दुहुनो गाई बनाएका त्रिरेश खत्री उपआयोजनाको रुपमा रहेको अयोजना कार्यान्वयन निर्देशनालयको ठूलो खर्च हुने ठेक्का लगाउने मात्र होइन भुक्तानी समेत गरेर मेलम्ची विकास समितिमा सरुवा भए । इटालियन ठेकदारले काम छोडेपछि त्यसको धरौटीबाट आयोजनास्थलको पेटी ठेकदारहरुलाई रु ३ अर्ब भुक्तानी नदिई भ्रष्टाचार गरेका मन्त्री बिना मगर, सचिव माधव बेलबासे, कार्यकारी निर्देशक त्रिरेश खत्रीको भ्रष्टाचारको भित्रीपाटो महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ । भ्रष्टाचार गर्न खप्पिस रहेका ठूला दलहरु मेलम्ची परियोजनाबाट भन्सार छुटका महँगा प्राडो गाडी कब्जा गर्न लागे । राजस्व मिनाहाका गाडी तथा औजार आयोजना सम्पन्न हुनासाथ ति समान राज्यको सम्पत्ति हुन्छ । तर, भन्सार छुटका गाडी, वीर मोर्टस एण्ड फर्निचरलाई भाडामा लगाएको र ठेकेदारसँग माग्दा भ्रष्टहरुले खाना पाए । त्यस्ता गाडी जफत गर्न तत्काल सूर्यराज कँडेलले विभागको तर्फबाट मन्त्रालयलाई पत्र पनि लेखेका थिए । पैसाको अगाडि कँडेलको पत्र मन्त्री विना मगर र सचिव बेलबासेले दबाएका थिए ।
इटालियन ठेकदारलाई पुनः फर्काउनुपर्छ भन्दै नहुने काममा समय फाल्ने काम बेलवासेबाट भयो । शुरुमा मन्त्री र सचिवको कुरा मिलेपछि जालझेल धेरै भएको थियो । दशैंको समयमा बिना मगरले आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत छुटफुट योजनाको पूर्णताको लागि पाँच जना ‘क’ वर्गका ठेकदारहरुलाई रु १४ अर्बको ठेक्का दिइन् । त्यसपछि प्रधानमन्त्री केपी ओली र उनका सहयोगीहरुसमेत झस्किए । प्रचण्डकी बुहारीको भ्रष्टाचार भण्डाफोर गर्न सचिव बेलबासे नै लागे । विनाको टोली सरकारबाट हटेपछि मणि थापाजस्ता सुस्त नेता एमाले ओली खेमामा लागेका रामबहादुर थापासँगै आए । खानेपानी मन्त्री त उनी भए उनकै पालामा टनेलको परीक्षण बिना मेलम्चीको पानी छाडियो । पहिलो गेट भत्केर एक इन्जिनियर र दुई सहायक कर्मचारी मेलम्चीमा बेपत्ता भए । भारतीय कम्पनीले दोस्रोपटक मेलम्ची बाँधको गेट बनायो । तर, टनेलको परीक्षण गर्न त्रिरेश डराए । सचिव माधव, त्रिरेशको पक्षमा थिए । मन्त्री मणिलाई पत्तो भएन । प्रम ओलीको इच्छाअनुसार शिलालेखमा नाम लेखाउनै मात्र थियो । राष्ट्रिय गौरवको आयोजनाको प्राविधिक पाटोमा ध्यान दिइएन । असार १ गते मेलम्चीको बाँध क्षेत्र ध्वस्त भयो । आयोजनामा धेरै भ्रष्टाचार गर्ने त्रिरेश खत्री हुन् । उनलाई आयोजना सुरुदेखि अन्तसम्म ज्ञान छ । राम्रो काम गर्दागर्दै सूर्यराज कँडेललाई आयोजना कार्यान्वयन निर्देशनालयबाट पनि त्रिरेशले लखेटेका थिए । मेलम्ची खानेपानी विकास समितिबाट पनि त्रिरेशले कँडेललाई खेदेका थिए । अहिले झण्डै रु २ अर्ब खर्च गरेर वैशाखसम्म पानी आउन सक्छ भन्नेमा मन्त्रालयको प्राविधक पक्ष लागेको छ । तर, मुख्य सचिव शंकरदास वैरागी, त्रिरेश खत्रीलाई पुनः मेलम्चीमा ल्याउने कुरामा सहमत छैनन् । जसले मेलम्चीको नाममा भ्रष्टाचार गरिएको फाइल अख्तियारमा पुगेको समाचार स्रोतले बताएको छ । तत्कालीन प्रधानमन्त्रीलाई खुसी बनाएर आफ्नो स्वार्थ पूरा गर्न त्रिरेश खत्री त्यसैलाई मेलम्चीमा पठाउनु पर्ने आम धारणा छ । काम अरुले गर्ने, खाने बेलामा मेलम्चीमा गएर जस लिनेहरु नै मेलम्चीको समस्या हुन् । सरकार, दलका नेता, मन्त्री, आयोजना प्रमुख गैर जिम्मेवार हुँदा मेलम्चीको नाममा ब्रम्हलुट मच्चिएको छ । एडिबीको ऋणमा ३० वर्षदेखि सुरु भएको हर्कतको छानबिन गर्ने अख्तियारसमेत तै चुप मै चुप भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *