आलम छुटाउदा देउवा सिद्धिने

राजनीति

काठमाडौं । भारतीय संस्थापनको साथ लिएर जानकी मन्दिर, दक्षिणकाली र पशुपतिनाथका पुजारीहरूबाट शान्ति वाचन गराएर सभापतिको उम्मेदवारको सम्पर्क कार्यालय खोलेका कांग्रेस उपसभापति विमलेन्द्र निधिको घोषणाले वरिष्ठ नेता रामचन्द्र पौडेल यता न उता भएका छन् । पौडेलले निधिका सहपाठी प्रकाशमान सिंहको समेत साथ नपाउने भएका छन् भने कोइराला परिवारबाट डा.शेखर वा शशांकमध्ये एक जनाको उम्मेदवारी सभापति पद मै हुने छ । कथित तेस्रो धारका कृष्ण सिटौलासमेत उपाय नलागे सभापति शेरबहादुर देउवाको पक्षमा खुलेका काण उनको टिमका गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङले कुन बाटो रोज्ने हो ठेगान छैन । आफ्नै गृह जिल्लामा निधिलाई पूर्व राष्ट्रपति डा.रामवरण यादव पुत्रले हावा–काबा खेलाएका छन् । आफ्नो धरातलभन्दा अरुको साहारा खोज्ने अपाङ्गहरू नेकामा धेरै छन् ।
सभापति पदमा दोहो¥याउन चाहेका शेरबहादुरलाई भने विमलेन्द्रको उम्मेदवारीले देशैभरका दुई सय भोट काटिए पनि केही लाग्दैन भन्ने निष्कर्षमा ढुक्क बनाएको छ । देउवासँग डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, उदयशम्शेर राणा, गोविन्द भट्टराई, शंकर भण्डारी, एनपी साउद, ध्रुव वाग्लेजस्ता युवा पछाडि पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्काको साथ मिलेकै छ । विवादको भूमरीमा मोहमद अफताफ आलमजस्ता १२ जना जिउँदै मान्छे मार्न सफल योद्धालाई जेलमुक्त गर्दा मुखको आहारा खोसिनेमा बालुवाटार सचेत छैन । देउवाले भानु देउवा, प्रकाश देउवालाई सचिवालयमा त राखे । तर, उनीहरूबाट सञ्चार क्षेत्र नचल्ने प्रेस युनियनका बद्री सिग्देलहरूले सम्हाल्दिने गरेका छन् ।
सरकारमा दउवा आउनसाथ बालुवाटार काण्डका विजय विजय गच्छेदारले मुक्ति पाउने बाटो खुल्दै छ । रौतहट काण्डका मोहमद अफताब छुटे भने झन् देउवालाई सिध्याउने बाटो सहज हुँदैछ । आफ्नो परीक्षा अर्कालाई दिन लगाएर पनि जेल बस्न नपरेका शंकर भण्डारी होउन् वा न्यायाधीश श्रीमान् जोडेका सम्पत्ति लिएर गोठै लिएर हिँडेका बहादुर नारीहरूको साथ होस् शेरबहादुर देउवाको लागि गच्छेदारले अप्ठेरो पार्ने छ । मन्त्रीमण्डल विस्तार गर्न सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सम्धी डा.तिलक रावल फुपाजु केपी उप्रेतीको च्याखे थापेकै छन् । डा.आरजु राणाले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई राखी बाँधेर जोडेको साइनोप्रति विमलेन्द्रले च्याखे थापिदिएका बेला प्रधानमन्त्री देउवा झन् कमजोर बन्न पुगेका छन् । उनलाई डा.मिनेन्द्र रिजाल र पर्खाल काण्डका बलबहादुर केसीले साथ नदिएकै राम्रो हुन्छ किनकी उनीहरू देउवाको साथमा बसेर सिँढी चढे पनि सुशीलको पछि लागेर भ्रष्टाचार गर्न सफल भएका हुन् ।
यतिखेर कृष्ण सिटौलाको खतरनाक खेल भने एकाएक सुरु भएको छ । ३८ जिल्लाका सभापतिहरूले समयको ख्याल नगरी भदौ १८ कै दिन देशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका वडाहरूको अधिवेशन गर्ने अडान लिँदा एक वर्षले भट्पटयारको छ । रामचन्द्र पौडेल, डा.शशांक, प्रकाशमान, अर्जुननरसिंह रमाइलो हेर्न पुगे । संस्थापनले अनशनकारीको माग पूरा ग¥यो । अब सोलुमा पर्खाल काण्डका बलबहादुर केसीले कसरी निर्वाचन समिति लैजान्छ । रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा मात्र होइन मनाङ, मुस्ताङसम्म कसरी वडा अधिवेशन होला ? जबकी हवाई मार्गबाहेक हुम्ला, जुम्ला, मुगु, डोल्पासमेत झरीले ग्रस्त भएका जिल्ला छन् । सरकारको नाममा जन्ती बढाउने कांग्रेसको नाममा महाधिवशेन गर्ने भन्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *