प्रहरीबाट सुरु भयो गृहमन्त्रीको काम

समाचार

काठमाडौं । नेपाल प्रहरीका आइजिपी शैलैन्द्र थापाको असक्षमता भएपछि एआइजीहरूको सरुवा तथा पदस्थापनामै दिन गएको छ । थापाले पहिलाका गृहमन्त्रीलाई रिझाउन सके । आफ्नो स्वार्थको भ्रष्ट टिमको हेर विचार गरे । तर, प्रहरीलाई भन्दा कांग्रेसको भगिनी समूह बनाउन अहिले सुरु गरेका छन् ।
ठूला र पावरदारलाई प्रहरीमा पनि कानुन लाग्दैन भन्ने कुरा एआइजी हरिपालबाट थाहा हुन्छ । उनी प्रदेश २ मा निकै विवादित भए । आइजिपी थापाका सहयोगी समकक्षी भएकाले पाललाई समयको पावन्दी भएन । पाल उपत्यका आएपछि होटल तथा लजहरूमा बर–बधुको व्यापार पनि बढेको छ । समूहगत जुवातास लेखाउने अखडा बढेका छन् । उनी आइजिपीका सहयोगी भएर एकै पटक जागिर छाड्नेमा पर्छन् । त्यसो त प्रधुम्न कार्की, निरज शाही पनि एआइजी पदमै अवकाश पाउने छन् । ठूलाको त यो हालत भयो भने सानातर्फ गृहमन्त्रीभन्दा आइजिपीले ध्यान दिनु पर्ने हो ।
आइजिपी थापाले भक्तपुरका सहकुल थापालाई कार्य विभागको प्रमुखमा ल्याएका छन् । एमालेका बद्नाम पात्रहरूको डिजाइनमा एआइजी विश्व पोखरेल अपराधबाट मानव स्रोत तथा प्रशासन सरुवा भएका छन् । प्रहरीमा कार्य विभाग र मानव स्रोतलाइ राम्रो भनिन्छ । उपत्यकाको कमाण्ड त चाँदी कटाइ नै हो । कार्कीलाई तालिम केन्द्रबाट अपराधमा ल्याइएको छ भने मानव स्रोतका निरज शाहीलाई तालिममा पठाइएको छ । डिआइएजी, एसएसपी, एसपी, डिएसपी र निरीक्षक मात्र होइन एकाउन्टेन्टहरूको सरुवा बाँकी छ ।
गृहमन्त्री बालकृष्ण खाँडले ठूलोबाट प्रहरीको सरुवा थालेका छन् । तर, बाहिनी प्रमुखअन्तर्गतका जिल्ला विओपीहरूको आवश्यक दरबन्दी थप्ने काम बाँकी छ । सशस्त्रमा अवधि पुगेका डिआइजीहरू सरुवाको लागि छट्पटाएका छन् । तर, प्रदेश २ का डिआइजी सिपी गौतमले घुमुवा हटाएर जिल्ला कमाण्डमार्फत सीमामा हुने तस्कारीबाट बंशी दाहाल त्यही बस्न खोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *