नागरिक उड्ययनमा लिसोजस्तै टाँसिए राजन पोखरेल

प्रशासन

काठमाडौैं । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल असोज ६ गते ५८ वर्ष उमेर हदका कारण अवकास हुनुभन्दा पहिला पैसा खर्च गरेर एक कार्यकाल म्याद थप्ने दौडधुपमा लागेका छन् । देवानन्द उपाध्याय र अर्जुन खड्का थरका हाकिमले भने दौडधुप गरे पनि टेक्ने ठाउँ छैन । पोखरलले प्राधिकरण फुटाउने विरुद्धको आन्दोलन दबाएको उपहार स्वरुप एक कार्यकाल म्याद थप्ने हुन् कि भन्ने शंका छ । मन्त्री को हुन्छ ? मन्त्रालय कसको भागमा पर्छ ? कर्मचारीलाई चासो छैन । प्रदीप अधिकारी, प्रताप तिवारीहरूको समूह प्राधिकरणको योजनामा भ्रष्टाचार गरिरहेका छन् । प्रेमनाथ ठाकुर नेपालगञ्जको रमाइलो सहदै छन् । राजन पोखरेलको कार्यकालमा प्राधिकरण ध्वस्त भएको छ । कर्मचारी आन्दोलनले एमाले एक्लियो । माओवादी र कांग्रेस पक्ष संगठनको कर्मचारीले खुट्टा कमाए । जति अन्दोलन चर्कन्थ्यो त्यति नै राजनको पद धरापमा पथ्र्यो । राजन पोखरेल, नरेन्द्र थापा, देवानन्द उपाध्यायले यही साता अवकाश पाउँदैछन् ।
आइकाओले नेपालको आकाशमा खतरा देख्यो । युरोपेली युुनियनले फ्रान्सली विमानसमेत उडान स्वीकृति नदिँदा नागरिक उड्ययन प्राधिकरणलाई केही बाधा भएन । प्राधिकरण हिमालय एयरलाई सलाई व्यापार गर्न दिन्छ । वायु सेवा निगमलाई ध्वस्त बनाउने खेल सफल भएको छ । प्राधिकरणको नेतृत्व असफल छ । विभागीय मन्त्रीहरू काम नलाग्ने हुँदा सचिवले समेत संस्थागत सुधारलाई चासो दिएनन् । राजनीतिक पहुँचको आधारमा हुने मनपरीभित्र एयरपोर्टका महाप्रबन्धकको सम्पत्ति शुद्धिकरणको मुद्दासमेत जोडिएको छ । प्रतापलालले श्रीमतीलाई लेखामा लगेर भ्रष्टाचार गर्न लगाएका छन् । राजस्वको कर्मचारी लेखामा लैजानु आफैँमा भद्रगोल हो । सञ्जीव गौतमले स्थापित गरेको संजालमा हिँडेका राजन झन् नालायक बनेका छन् । कर्मचारीको आन्दोलनले संस्थागत सुधार गरेन । प्रेमीका, श्रीमती, भान्जा, भान्जीको जागिर सुरक्षा गर्ने एकल एजेण्डामा कर्मचारी नेता लागेका थिए । एमाले पक्षधर कर्मचारीको नाम भजाएर विचौलीया शैलीका प्रदीप अधिकारी र प्रताप तिवारीले चलाएको हैकमवाद राजकुमार क्षेत्रीहरू टिक्ने ठाउँ थिएन । देवानन्द, नरेन्द्रजंग थापाले समयभन्दा एकता अगाडि जागिर छाड्ने भएका छन् । भ्रष्टाचारी पोखरेल लिसो टाँसिएझै टाँसिएकै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *