दोस्रो महाधिवेशनपछि पनि ओली नै दोहोरिने

राजनीति

आगामी मंसिर महिनामा नै नेकपा एमालेले १०औँ महाधिवेशन गर्ने तयारी थालेको छ । पार्टीभित्र उत्पन्न भएको वर्तमान परिस्थितिलाई समेत ध्यानमा राखेर १०औँ महाधिवेशनपूर्व आगामी असोजमा विधान अधिवेशन गर्ने समयतालिका पनि एमालेले अगाडि बढाएको छ । समयअनुसार विधानलाई परिमार्जन गर्नका लागि विधान अधिवेशन गर्न लागेको हो । र, विधान अधिवेशन सम्पन्न भएपछि एमाले १०औँ महाधिवेशनको तयारीमा लाग्ने भएको छ । पार्टी विभाजित नभएको अवस्थामा दोस्रो कार्यकालका लागि अध्यक्ष नहुने सार्वजनिक घोषणा गर्दै आएका केपी ओली १०औँ महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिने स्थिति बनेको छ । यसका लागि आगामी मंसिरमा नै एमालेले १०औँ महाधिवेशन गर्नु पर्ने हुन्छ । किनभने एमालेले ७० वर्ष पुगेका नेताहरूलाई पदाधिकारीको जिम्मेवारी नदिने पुरानो विधानलाई दोहो¥याउने गरी नियमावली संशोधन गर्दैछ । ७० वर्ष पुगेका नेताले पदाधिकारीको जिम्मेवारी नपाउने स्थितिमा आगामी फागुनपछि १०औँ महाधिवेशन सम्पन्न भएमा ओली दोहो¥याएर पार्टी अध्यक्ष बन्न पाउने छैनन् । किनभने आगामी फागुन महिनाबाट अध्यक्ष ओली ७० वर्ष लाग्ने छन् । पाँच वर्ष अगाडि सम्पन्न भएको ९औँै महाधिवेशनमा पनि विधानको यही धाराको कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले नेतृत्वमा आउने अवसर गुमाउनु परेको थियो । किनभने ९औँ महाधिवेशन आयोजना हुँदा अधिकारी र सिंहले ७० वर्ष उमेर टेकिसकेका थिए ।
१०औँ महाधिवेशनबाट पनि ओली अध्यक्षमा दोहोरिने निश्चित भएजस्तै ११औँ महाधिवेशनपछि उमेर हदका कारण अहिलेका चर्चित नेता भीम रावल, सुरेन्द्र पाण्डे पनि किनारा लाग्नु पर्ने अवस्था आउने छ । किनभने समयतालिका अनुसार चार वर्षपछि ११औँ महाधिवेशन आयोजना हुँदा यी नेताले पनि ७० वर्षको उमेर पुगेर पार्टीको विधानअनुसार पदाधिकारीमा चयन हुन अयोग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *