‘खेतीमा हाम्रो भोगाइ’ संवाद शृंखला

लेख

मान्छेलाई सबैभन्दा धेरै आवश्यक पर्ने के हो ? भनेर कसैले प्रश्न ग¥यो भने धेरै उत्तर आउला । सबैभन्दा पहिला चाहिने कुरा अक्सिजन भनिएछ भने पनि त्यसपछि भन्यो भने मुखमा हाल्ने खानेकुरा नै भन्ने कुरा पक्कै आउनेछ । कसैले पानी पनि भन्न सक्ला । खाने पदार्थ भनेको खेतीबाट नै आउने हो । सबैलाई चाहिने, मुखले भन्ने पनि, तर प्राथमिकतामा नपारिने कृषि क्षेत्र भएको छ । नेपाली अधिकांशले गरेको पेसा, व्यवसाय भनेको खेती नै हो । म सानो हुँदा पेसा भनेर के लेख्ने भन्नेमा दुविधा हुँदैनथ्यो । सबैले लेख्थ्यो अनी भन्थ्यो ‘कृषि’ । अहिले धेरैले लेख्ने गरेको पेसा सामाजिक सेवा भएको छ । यी अनेक गन्थन छाडौँ । आज भने सबैले भन्ने, तर कमैले प्राथमिकतामा राख्ने गरेको कृषि व्यवसायका बारेमा केही चर्चा गर्ने कोसिस गरिएको छ ।
कृषि पेसा र सामाजिक सेवा
नेपालीको ‘जिन’मा जोडिएको पेसा कृषि नै हो । पहिला धेरैले कृषि पेसा भन्न रुचाउँथ्यो । अहिले त्यो हटेको छ । अहिले के गर्नु हुन्छ भनेर प्रश्न सोध्यो भने धेरैले ‘सामाजिक सेवा’ भन्ने गरेको सुनिन्छ । अहिले कृषि छायाँमा परेको छ, तर नभई नहुने कुरा त्यही हो । कृषि उपजबिना हामी केही पनि गर्न सक्दैनौँ । सबैलाई चाहिने, तर कसैको पनि प्राथमिकतामा नपरेको व्यवसाय भएको छ यो कृषि । अहिले कृषिलाई पेसा मान्न र बनाउन सकिएको छैन । हाम्रा बुबा आमाले यही कृषि पेसाबाट हामीलाई लेख्न, पढ्न र यतिसम्म गर्न सक्ने बनाउनु भयो । तर त्यो पेसालाई बेवास्ता गरेको भान परिरहेको छ ।
यो अवस्थालाई केहीहदसम्म सम्बोधन गर्नका लागि नेपाल भित्रै अनेकानेक प्रयासहरू नभएका पनि होइनन् । तर, ती मूल प्रवाहमा आउन सकेका छैनन् । कृषि कर्ममा जुटेकाहरूलाई अल्छि भन्ने जमात पनि नभेटेको होइन । किसानहरूले ठग्छन् । सरकारी अनुदान पाएका खान्छन् मात्रै, केही गर्दैनन् भन्ने जमात पनि सानो छैन ।
हेलाको कृषि पेसा
कृषि पेसा र व्यवसाय सम्मानित हुन सकेको छैन । राज्यको नजरमा राम्रो पनि देखिएन । अनि यसमा लागेकाहरूको उत्साहलाई मलजल गर्ने काम पनि प्रभावकारी हुन सकेन । त्यसैगरी कृषि क्षेत्रमा रहेका अवसरहरूलाई सदुपयोग गर्ने, बाधाहरूसँग जुध्ने अनि राज्य संरचनालाई सकारात्मक पृष्ठपोषण दिने, कृषि व्यवसायमा लागेकाहरूको पक्षपोषणको सुरुवात गर्ने भनी एक संस्था स्थापना गरिएको छ । खेतीमा आधारित फर्म, कम्पनीहरूको साझा मञ्चका रुपमा ¬‘फाँको’ नामक संस्था स्थापना गरिएको छ । यसमा पूरा नाम फेडेरेशन अफ एग्रिकल्चर एण्ड हर्बल क्रप ग्रोअर नेपाल राखिएको छ । छोटकरीमा ‘फाँको’ नामाकरण गरिएको छ । फाँको आफैमा कृषिसँग सम्बन्धित शब्दावली पनि हो ।
फाँकोले आफ्नो कामको सुरुवात कृषि क्षेत्रमा रहेका व्यवसायीहरूबीचमा अनुभव आदान प्रदान गर्ने थलो बनाउने अभ्यासका रुपमा ¬¬‘खेतीमा हाम्रो भोगाइ’ नामक साप्ताहिक संवाद सुरु गरिएको छ । हरेक शनिबार साँझ ७ बजेदेखि भर्चुअल रुपमा हुने गर्दछ ।
संवादको शृंखला
यस संवादमा कृषिमा संलग्न व्यवसायका कथाहरू सुन्ने सुनाउने गर्दछौँ । कुनै शृंखलामा विज्ञसँग अन्तक्र्रिया पनि गर्दछौँ । केही महिना अघिबाट सुरु भएको यो संवादको पहिलो शृंखलामा डा. खेमराज भट्टराईले सुरु गरेको फार्मिङको बारेमा चर्चा गरियो । नेपाल सरकारको सहसचिवको जागिर छाडेर विदेश घुमेर नेपालमा नै कृषि क्षेत्रबाट राष्ट्रलाई योगदान पु¥याउने अभिप्रायका साथ गोरखामा हर्बल उत्पादनका लागि खेती थालनी गर्नु भएको छ । त्यसैगरी उहाँ र उहाँको टिमसहित चितवनमा समेत फार्ममिङ सुरु गरेको विषयमा डा. भट्टराईले प्रस्तुत गर्नु भयो । कृषि र जडिबुटीको सन्दर्भमा राज्यले सही समस्या पहिचान गर्न नसकेको र देखा परेका बाधाका बारेमा अन्तक्र्रिया भएको थियो ।
पहिलो शृंखला प्रभावकारी भएको महसुस गरी दोस्रो शृंखलामा दोलखाका माधवप्रसाद न्यौपानेको कृषि व्यवसाय सम्बन्धी प्रस्तुति र छलफल गरिएको थियो । विगत १० वर्षदेखि सानो स्केलबाट परम्परागत ढाँचाबाट सुरु गरिएको खेतीले अहिले संस्थागत र आकारमा समेत विस्तार भइरहेको उत्साहप्रद प्रस्तुति न्यौपाने गर्नुभएको थियो । चरिकोट बजार नजिकै रहेको कृषि फर्मको उत्पादनलाई बजारको लागि समस्या अहिले नरहेको, सहकारीले प्रवद्र्धन गरेको बिक्री केन्द्रमार्फत सहज भएको कुरा बताउनु भएको थियो । उहाँ आफैँ पनि खटेर कृषि कर्ममा लाग्नु भएको हुँदा नाफामा समेत भएको यसै पेसाबाट जग्गा खरिद, छोराछोरीको लालनपालन, पढाइसमेत हुन सकेको उत्साहजनक कुरा बताउनु भयो ।
कृषि विउ विजन तथा खेतीपातिलाई व्यवसायको आकार दिएर विगत लामो समय क्रियाशील रहनु भएको रामप्रसाद गौतमको अनुभवी प्रस्तुतिले यो संवादलाई खुराक दिएको थियो । उहाँले काठमाडौंमा कृषिसँग सम्बन्धित बिउ बिजन बिक्री केन्द्र सञ्चालन गर्नु भएको र सिन्धुपाल्चोकमा चाहिँ खेतीपातिलाई व्यवसायिकता दिनु भएको छ । अर्को शृंखलामा विषयगत विज्ञ डा.गिरीराज त्रिपाठीसँग कृषि क्षेत्रमा भएका अनुसन्धानात्मक र सिर्जनात्मक कार्यहरूका बारेमा चर्चा गरियो ।
नेपालमा परम्परागत रैथाने कृषिलाई प्रवद्र्धन गर्ने सोचका साथ सुरु गरिएको रैथाने अभियानका अभियन्ताहरूसँग एक शृंखलामा छलफल गरियो । संरक्षणकर्मीसमेत रहेका रैथाने अभियन्ता तिलक ढकालसहितको टिमसँग कुराकानी भए । यस संवादमा हामी सानो हुँदा कृषि उपजसँगको संस्मरणहरू सम्झियौँ । जुठेल्नाको सागको पात याद ग¥यौँ । काउली पकाउँदा गाउँभरि फैलने वास्ना, अनि ठूलो काँक्रो छानेर बोटमै पकाउने अनि काटेर घरको भित्तामा बियाँ फालेर बिउ जोगाएका सन्दर्भहरू तिलक ढकाल सम्झाइदिनु भयो । मकैको सबैभन्दा ठूलो घोघा आमाले खान नदिएको रहष्य अहिले आएर सम्झन पुग्नुभएछ । त्यो बेलामा बिउ जोगाएको रहेछ भन्ने कुरा अहिले पो याद भयो । जबकी अहिले घरमा बिउ राख्ने कुरा त बिर्सन थालियो । बिउ भन्नासाथ पसल सम्झन पुगिन्छ । रैथाने अभियानले परम्परागत सामानहरू विशेष गरी ढकी, ढिकी जाँतोजस्ता चिजहरूको समेत संग्रह र प्रदर्शनीको कार्यक्रम पनि सुरु गरिरहेको छ । जुन प्रशंसनीय तथा अनुकरणीय कार्य हो ।
संवादको फल
यस्ता संवादले कृषि व्यवसायमा लागेकोलाई उत्प्ररित गर्दो रहेछ । म एक्लो छैन । मजस्ता काम गर्ने अनि पीडा भोग्ने अरु पनि रहेछन् भन्ने भावना विकास हुँदो रहेछ । केही सहकार्यमा दायराहरू फराकिलो हुँदो रहेछ । अब यो विषयमा संवाद गरौँ । म प्रस्तुति गर्छु भन्ने कृषि व्यवसायीहरू निस्कनु भएको छ । कोभिडको एक सकरात्मक पक्ष मान्नु पर्दछ अनलाइनको माध्यमबाट यस्ता छलफलहरू हुन थालेका छन् । त्यो पनि फुर्सदको समयमा गर्न सकिने अवस्था भएका छन् ।
कृषिलाई पेसा बनाउनका लागि यसमा आफैँ पनि होमिनु पर्ने रहेछ । लगानी गरेर चाउचाउ कारखाना चलाएको जस्तै होइन । न त खोलाबाट बिजुली निकालेजस्तो हो । जो आफू पनि खेतीमा संलग्न हुन्छ, अरुलाई पनि सँगसँगै लिएर हिँड्छ उसले मात्र पेसामा कृषि भन्न सुहाउँदो रहेछ र व्यवसाय पनि फस्टाउँदो रहेछ भन्ने कुरा यी संंवादका शृंखलाहरूबाट सिद्ध हुँदैछन् ।
खेतीमा हाम्रो भोगाइ संवाद ‘फाँको’ को एक ‘फाँको’
यस्ता संवादबाट जानकारी आदान–प्रदान अनि त्यसबाट कृषि उपजको बजार प्रवद्र्धनमा समेत सहयोग पुग्दो रहेछ । यो संवाद कुनै दाता वा कसैको प्रायोजित कार्यक्रम होइन । यो कृषि व्यवसायमा लागेकोहरूको सुस्ताउने चौतारी मात्र हो । यो चौतारीमा कृषि व्यवसायमा लागेको र चासो राख्नेहरू आएर सुस्ताउन सक्नु हुनेछ । यो संवाद ‘फाँको’ को एक ‘फाँको’ मात्र हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *