हिजो माधव नेपाल सभ्य नेता थिए होला तर, अव होइनन्

राजनीति

एमालेबाट निर्वाचित दोलखाका जनप्रतिनिधि सर्लक्कै काठमाडौँ ओइरिएका छन् । एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि काठमाडौँ आएका हुन् । श्निवार तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले दोलखा–काठमाडौं संम्पर्क मञ्चले प्रशिक्षण भेला तथा शपथ ग्रहण समारोह आयोजना गरेको थियो । कार्यक्रममा दोलखाका ८ वटा स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधि भेला भएका थिए । एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रममा एमाले दोलखाका इञ्चार्ज तथा पूर्वमन्त्री पार्वत गुरुङ, एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेल,बाग्मती प्रदेशकी पूर्वमन्त्री सरस्वती बस्नेत पनि सहभागी थिए । सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल,मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ,भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, गौरीशंकर गाउपालिकाका अध्यक्ष सोयमबहादुर खड्का,जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेल,तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी, मेलुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष ईश्वर कोइराला कार्यक्रममा भाग लिन काठमाडौँ आएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेल सरकार ढाल्ने प्रमुख व्यक्ती माधव नेपाल हुन् बताएका छन् ।“हामी सँगै बसेका कमरेडहरु नेकपा एमालेको विरुद्धमा काग्रेससँग गठवन्धन गरे र नेकपा एमालेलाई सकाउनको लागि माओवादीसँग गठबन्धन गर्नु भयो । प्रधानमन्त्रीको विरुद्धमा हस्ताक्षर गर्नु भयो । अहिले उहाँहरुको कारणले हामी सत्ता वाहिर छौं” उनले बताए ।
केपी ओलीको सरकार ढाल्नको लागि नेकपा एमाले समाजवादी र माओवादी जुन भुमिका खेलेको छ त्यो कलंक व्यवहार छ । हिजो माधव नेपाल सभ्य नेता थिए होला तर, आज उनी सभ्य नेता होइनन् । देशको लागि एउटै सच्चा राष्ट्रवादी नेता भनेकै केपी ओली हुन् । उनले देश भरका कुल ३९६ स्थानीय तहहरुमा १५ शैयाको अस्पताल बनाए । एकै दिन स्थानीय तहमा निर्माण हुने ३९६ ओटा अस्पतालहरुको शिलान्यास कार्यक्रम भयो । यो सबैलाई थाहा भएको कुरा हो । केपी ओली सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको बजेटमा प्रतिस्थापन विधेयक पेश गर्दै आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौती गरेका छन् । नेपालको राजनीतिमा केपी ओलीको भूमिका महत्वपूर्ण छ । हिजो संविधान निर्माण हुँदै गर्दा सरकारमा बसेर सुशील कोइरालाको भूमिका महत्वपूर्ण रह्यो । तर, सरकारभन्दा बाहिर रहेर केपी ओलीले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । चाहे संविधान निर्माणमा होस्, चाहे टोलैपिच्छे जातीय नारा लगाइरहेको अवस्थामा होस्, उहाँले देश र जनताको हितमा काम गर्नुभएको छ । जातीय राज्य हुँदैन भनेर अडान लिनुभयो । त्यही भएर जातीय राज्य भएन । यदि जातीय राज्य बनाउनेतर्फ अगाडि बढेको भए मुलुकमा ठूलै द्वन्द्व हुन सक्थ्यो । जातीय राज्यविरुद्ध उहाँ चट्टानझैं उभिनु भयो । अनि भारतले लगाएको नाकाबन्दीविरुद्ध पनि उभिनुभयो । नाकाबन्दी नहटाएसम्म म भारत जान्नँ भन्नुभयो । जसले गर्दा भारत नाकाबन्दी हटाउन बाध्य भयो । नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने आँट र हिम्मत पनि उहाँले गर्नुभयो । पार्टीभित्र र बाहिर केपी ओलीको लोकप्रियता पचाउन नसक्नेले उहाँको विरोध गरिरहेका छन् । अहिलेको लडाइँ विचार र सिद्धान्तको होइन, कुर्सीको हो । उहाँकै जोडबलले निर्वाचनमा नेकपालाई झण्डै दुईतिहाइ बहुमत दिलाउनुभयो । राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *