सन्ना गुरूङ मदर टेरेसाको रुपमा मनाङ इन्ट्री

Uncategorized

मदर टेरेसाको एउटा भनाइ छ, यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौं भने एक जनालाई त खुवाउ १ साँच्चै विपतका बेला एकजनालाई मात्रै भएपनि खुवाउन सकियो भने मानव जीवनमा त्यो भन्दा ठूलो धर्म के होला र ।

भनिन्छ नी त्यो जीवन अरुका लागि होइन भने यो जीवन नै होइन । सेवा गर्न धन मात्र भएर हुँदैन सबै भन्दा ठूलो मन् चाहिन्छ । मन भयो भने जहाँ इच्छा त्यहाँ उपाय पनि हुँदो रहेछ । सदरमुकाम चामेका २/४ घर अफिस बाहेक अरुमा आंशिक क्षति पुर्यायो तर सबै भन्दा ठूलो खती त नासो गाउँपालिकाको वडा नम्बर १ ताल गाउँको ८५ घर, स्कूलमा पूर्ण क्षति गरायो । वडा नम्बर ३ को धारापानी मा २१ घर दाना क्यूमा ३ घर र वडा नम्बर ४ को २ घरको नाम निशान राखेन। प्रकृतिको अनुपम उपहार मनाङमा अवस्थित ति बस्ती हेर्दा हेर्दै खण्डहरमा परिणत भए ।


२/४ पोका चाउचाउ र एक पोका चामलको बोरा बोकेर कयौले राहत बाँडेको भन्दै प्रचारको हुण्डरीनै मच्चाए । माओवादी केन्द्रका अध्यक्ष र देव गुरुङ समेत सेनाको हेलिकप्टर लिएर चामे पुगे । दुईचार थान आश्वासनको थुँगा फ्याँके । तर क्षतिग्रस्त इलाका ताल र धारापानीमा उनले टुलुक्क हेर्ने मनपनि नगरेको त्यहाँका बासिन्दाले गुनासो पोखे ।

अहिले सोहि लागेको घाउमा मलम लगाउने काम गर्दै छिन् मनाङ जिल्लाकी काठमाण्डौमा बस्ने सन्ना गुरूङले। उनले मनाङ जिल्लाको बिपतमा परेको आमाहरू र बच्चाहरूको लागि विभिन्न संघ संस्था र ब्यत्तिहरू सँग समन्य गरि राहात वितरण गरेकी छिन् ।

उनले भरखर जन्मेको बच्चा देखि २ बर्ष सम्मको बच्चाहरूको लागि आफ्नै कम्पनिको लुगा सेट, सुमि फर्मास्युटिकल्सको बच्चालाई आवस्यक पर्ने झोल औषधीहरूको सेट, हिमालयको पाउडर,साबुन र तेलको सेट, मिमि को डाईपर्स र वेट टिस्यु र बृदा आमाहरुका लागि सुईटर ,टाउजर , मास्क, मोजा वितरण गरेकी छिन् । त्यस्तै ९ देखि १५ बर्ष सम्मको केटा केटीहरूलाई सुईटर र टाउजर वितरण गरेकी हुन् । उनले काठमाण्डौबाट बेशीशहर पठाइन् र बेशीशहरबाट मनाङ नेपाली सेनाको हेलि मार्फत पठाएर राहत बांढिएको निक्का नेपालको सन्ना गुरूङले बताए। म एउटा आमा भएकोले बिपतमा परेको आमाहरूको फिलिङस बुझ्छु ।त्यसैले मैले यो राहतको कार्यक्रम गर्ने बिचार गरेको हँु।

राहत बांडने क्रममा खाधन्न र अरू सामानहरू त धेरैले दिए तर आमाहरूको लागि यो नै सबभन्दा उपयुत्त होला भनेर मैले यो कार्यक्रम गरेको हुँ।मनाङ ङिस्याङ गाँउपालिकाको वडा नं ९ का आमा सम्तेन डोल्मा भन्छन् बिपतको बेला पैसा भए पनि नानीहरूको लागि चाहिने आवस्यक सामानहरू किन्न पाईएन तर दिदी सन्नाले बच्चाहरूको लागि राहतको सामानहरू पठाएर एकदम राम्रो काम गर्नु भयो। विशेष गरि बच्चाको डाईपर्स पाउँदा अति नै खुशी लाग्यो। त्यस्तै मनाङका धेरै आमाहरूले पनि खुशी हुँदै निका नेपालका सन्ना गुरूङलाई धेरै धेरै धन्यवाद दिए।निक्का नेपालका सन्ना गुरूङले यो कार्यक्रम सफल पार्न सहयोग गर्न हुने सम्पूर्ण महानुभावहरू र सहयोगी दाताहरूलाई सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *