गृहमन्त्रीले ख्याल नगर्दा

राजनीति

काठमाडौैं । गृहमन्त्रीले ख्याल नगर्दा हो या आइजिपीहरुले बताउन नसक्दा हो, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु र जिल्ला प्रमुखहरुले सीमा तस्करीलाई खुला गरेका छन् । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका सशस्त्रका बाहिनीपतिहरुलाई सरुवा गर्नु पथ्र्यो । तर एक वर्ष पुगेपछि इन्चार्ज फेरिन्छन् । तर, गृहमन्त्री बन्न पुगेका बालकृष्ण खाँड निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलको बाटोमै हिँडेका छन् । बालकृष्ण खाँडले बादलको कार्यकालमा सुरक्षा फौजको कतै समस्या र संकट हेरेनन् । फौजी सिपाहीको वृत्ति विकासमा ध्यान नदिने गृहमन्त्री हुन् र नहुनुको कुनै अर्थ छैन । सशस्त्र र नेपाल प्रहरीले राष्ट्रिय सुरक्षा सम्वेदनशीलतामा ध्यान दिनु पर्छ । तर, आइजिपी श्यामभक्त थापा र शैलेन्द्र खनालको कार्यक्षमता गणनालायक छैन । सशस्त्रमा खनालको बिदाइसँगै एआइजी पुष्पराम केसी, रामशरण पौडेलमध्ये सात महिना आइजिपी हुने हुन् । यता नेपाल प्रहरीमा एआइजी विश्व पोखरेलजस्ता व्यक्ति आइजिपी बन्ने मौका पाउने छन् । उनीलाई प्रतिस्पर्धामा ल्याइएका भक्तपुरका सहकुल थापा लामो समय अलपत्र पर्दा आइजिपी हुने बाटो बन्द गरेकै छन् । बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी र महोत्तरी जिल्लाको सीमा सशस्त्र र नेपाल प्रहरीले लाइन खोलेका छन् । आलु प्याज बोकेर काजु, नरिवल, सुपारी, अलैँची छोगडाजस्ता बहुमल्य वस्तु मात्र होइन, दसैँको मुखमा भित्रिने लत्ता कपडासमेत राजस्व छल्ने अभियन चर्को छ । लुम्बनी प्रदेशको दाङ, भैरहवा, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दियासम्म सीमा तस्करी खुला गरिएको छ ।
समयमा जिल्ला प्रमुख प्रहरीहरु नफर्कनु, प्रदेशका डिआइजीहरुलाई समय पुगेर पनि यथवत् राख्नुले अहिले सीमा क्षेत्र चकित भएको हो । वंशी दाहालको समय पुगेको छ । तर उनलाई गत असारमै सरुवा गर्नु पर्ने थियो । सरुवा भएन । एक वर्ष नपुगेका कारण प्रदेश २ मा गएका सिपी गौतम केही समय निकै काम देखाए पनि पछिल्लोपटक भ्रष्टाचार थालेका छन् । लुम्बिनी पनि त्यस्तै छ । कतिपवस्तु, रुपन्देही, दाङजस्ता ठाउँ तस्कारका लागि स्वर्ण क्षेत्र भएका छन् । बाँकेको सीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका एसपीहरुले चलाउने रक्सीभट्टी खुला गर्न सक्रिय छन् । २० वर्ष एकै पदमा रहनु पर्ने प्रवृत्ति पनि छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलायक नहुँदा आन्तरिक समृद्धिमा समेत कालो धब्बा लागेको छ । गृह मन्त्रालयको भेउ नपाएका गृह सचिव डा.टोकराज पाण्डेहरुलाई प्रहरीको पीडा पत्तो छैन । मन्त्री बालकृष्ण खाँड केवल भाषण गर्छन्, काम गर्दैनन् भन्ने कुरा दुईमहिने अवधिले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *