चाड पर्वसँगै बजारमा गुणस्तरहीन खाद्यान्न कर्मचारीको काम तलब लिनमै सिमित

समाचार

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सरकारले सहुलियत दरका पसल सञ्चालन ल्याएको छ । सहुलियत दरको पसल सञ्चालनमा पनि उपभोक्तले लाममा बसेर लिन सकिराखेका छैनन्, लाम बस्न पनि सक्दैनन् । बजारमा पसल डिलरैपिच्छे भाउ फरक फरक रहेको उपभोक्ताहरु बताउँछन् । व्यापारीले ग्राहकलाई सहुलियत दिए पनि गुणस्तहीन सामान दिइरहेका हुन्छन् । बजारमा अहिले खानयोग्य सामान पाउन छाडेको छ । सबै सामान गोदामबाट पुरानो सडेगलेको सामान स्टिकर फेरेर प्याक पारेर बजारमा पठाउने गरेका छन् तै पनि व्यापारीले सो सामान महँगो मूल्यमा बेचेका छन् । गोदाम र पसलमा अनुगमन छैन । अहिले सरकारमा तालुकदार मन्त्रीसमेत छैनन् । न उद्योग मन्त्री छन्, न त बाणज्यि तथा आपूर्ति मन्त्री नै छन् । सरकारले मन्त्रिमण्डल विस्तार गर्नसमेत सकेको छैन । व्यापारीले रातारात कालोबजारी चलाएका छन् । उपभोक्ताहरुका अनुसार बजारमा पाइने सामान सबै नक्कली छन् । यसको अनु्गमन छैन, खासगरी जिरा, धनियाँ, ल्वाङ, सुकुमेल, खानेतेल, डाल्डा घ्यू, दाल, चामल, बिस्कुट, चाउचाउ, पापडदेखि बिस्कुट, हर्लिक्ससम्म नक्कली सामान बिक्री वितरण भइरहेको छ । यसको अनुगमनसमेत भएको छैन । हुँदाहुँदा नुहाउने साबुन, लुगा धुने साबुन, लामखुट्टे मार्ने धुपजस्ता सामान बजारमा बिक्री वितरण भएका छन् । सबै सामान नक्कली हुन् । तर, यसको छानबिन गर्ने निकाय निदाएर बसेको छ । जबकि व्यापारीहरुले चाडवाड नआउँदै होलसेलबाट खुद्रा व्यापारीलाई सामान अभाव हुँदै छ, बेलामा सामान राख्न भन्ने गरेका हुन्छन् । व्यापारीले सो सामान उठाएर सस्तोमा ल्याउँछ र महँगोमा बिक्री वितरण गरिराखेका छन् । तर व्यापारीले चाडबाड आएपछि सबै सामानको भाउ घटाउने, आफैँ गोदामबाट पुरानो सामान बजारमा पठाउने गरेका छन् । खासगरी नेपालीको भान्सामा नक्कली र गुणस्तरहीन खानेतेल प्रयोग भएको विभिन्न अध्ययनहरुले देखाएको छ । यस्तै डाल्डा घ्यू पनि उद्योग अनुसारको ब्रान्ड फेरेर सबै गुणस्तरहीन घ्यू बजारमा बिक्री वितरण हुने गरेको छ । कुनै पनि निकायले यसको छानबिन गरेको छैन । यस्तै खाने तेलमा सन्फ्लावर, तोरी, भटमासदेखि अन्य ब्रान्डका तेल बिक्री वितरण भएका छन् । अहिले विभिन्न किसिमका नाम गरेको जिरा, मसालाको मूल्य आकासिएको छ । चाडबाडलाई भनेर व्यापारीले विभिन्न खालका सामान माग्ने र विभिन्न जिल्ला प्रदेशमा पठाउने गरेका छन् । सबै सामान दुर्गमदेखि सुगमका जनताले प्रयोग गरिराखेका छन् । प्रायःजसो सामान ढुवानी गर्दा सबै सामान जहाजबाट पठाउने, दुर्गमका जनतालाई महँगो मूल्यमा बेच्ने गरेका छन् । दुर्गममा सामान नपाएर जनता हैरान भएपछि गुणस्तरमा ध्यान दिइँंदैन । सामान नपाइला भन्दै सामान किन्नेको घुइँचो देख्न पाइन्छ । नेपाल सरकारले दूर्गमा जिल्लामा पठाउने सामान चामल, दाल, खानेतेल, घ्यूजस्ता मसाला, चाउचाउ, बिस्कुट पठाउँदा बीचमा खाद्य संस्थानका कर्मचारी र बिचौलिया मिलेर १०औँ वर्ष गोदाममा थुपारेर राखेको चामल, दाल, खानेतेल, घ्यूजस्तो सामान गोदामबाट सडेगलदेको सामान दुर्गम जिल्लामा पठाउने गरेका छन् । दुर्गमबाट आयका खाद्यान्न बिचौलियामा र बीचका बिचौलिया खाद्य संस्थानका कर्मचारीको मिलीभगतमा गुणस्तहीन सामान पठाउने गरेका छन् । यसको अनुगमन गर्न निकाय चुपचाप बसेको अवस्था छ । उपभोक्ता अधिकारकर्मीहरुलाई मुखमा बुजो लगाएपछि कसले रोकथाम गर्ने ? सरकारको लापरबाहीले गर्दा जहिले पनि नेपाली जनता ठगिएका छन् र ठगिँदै आएका छन् सहुलितत पसल सञ्चालनमा आए पनि खासै उपलब्धि देखिँदैन र सामान उत्पादन गर्ने कम्पनीले बजारमा पठाउँदा बोक बिक्रेदातार्ला दिएर बिक्री वितरण गर्दा थोक बिक्रेताको गोदाममा बसौँ बर्षौँसम्म गोदाममा राखेर म्याद गुज्रेको सामानमा नयाँ लोगो प्रयोग गरी बजारमा पठाउने गरेका छन् । र, नेपाल सरकारले थोक बिक्रेताको गोदामबाट बजारमा कस्तो खालको खाद्यान्न सप्लायइ हुन्छ भन्नेसम्म जानकारी राख्दैन । छापा मार्नुअघि विभागका कर्मचारीले सूचना लिक गरी ‘तपाईंको पसलमा अनुगमन आउँदै छ’ भन्ने सूचना गरेपछि व्यापारी पनि होसियार बस्दा उनीहरुको बद्मासी लुकिरहेको छ । अनुगमन आए भने पसलमा भएको सामानमध्य केही सामान गुणस्तरहीन अथवा म्याद गुज्रेको सामान फेला पारेमा पसलको बद्नाम हुने र पसल नचल्ने भएपछि व्यापारीले सो पसलको अनगुन गर्न दिनुभन्दा ‘सबै ठिक छ, हजुर । के सेवा गरौँ हजुर, सरलाई म भेटन आउँछु, अथवा भाइ÷दाइलाई पठाइदिन्छु’ भन्दै बजारमा सबै सामान गुणस्तरहीन तथा नक्कली सामानले बजार पाएको छ । गुणस्तरहीन सामान महँगो हुने गरेको सामान सबै क्वालिटी हुने वस्तुभन्दा नक्कली सामानले बजार ओगोटेको छ । सरकारले छानबिन गर्दैन, सरकार कर्मचारीबाट दिन कटाएर तलब भत्ता पचाउने कामभन्दा अन्य काम भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *