मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने

अर्थ/वाणिज्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर दिने भएको छ । साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर प्रकाशित गरेको छ ।
३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको बैंकको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *