अमेरिकी सुरक्षा नांगै

विविध समाचार

काठमाडौं । आफ्नो पहिचान र मातृत्वका निम्ति कठपुतली नबन्दा सार्कको कान्छो मुलुकु अफगानिस्तानी जनताको विद्रोह थला परेको अमेरिकी साम्राज्यवादको कठपुतलीहरुले सार्क परराष्ट्रमन्त्री स्तरीय बैठकसमेत रोकेका छन् । आफ्ना छिमेकीसँग सम्बन्ध बिगार्ने मोदी सरकारको दादागिरीको कारण संयुक्त राष्ट्र संघको ७६औँ महासभामा सार्क मन्त्रीहरुको बैठक सुरक्षाको कारण देखाई स्थगित गरिँदा अध्यक्ष राष्ट्रको हिसाबले नेपालले समेत आँट गर्न सकेन ।
अफानिस्तानको जनविद्रोह आफ्नो देशको राष्ट्रय पहिचानका लागि थियो । निर्वाचित सरकारलाई अपदस्त गर्दै अमेरिकाले आफ्नो सेना उतारेर त्यहाँ खेलो गर्दै मान्छे मा¥यो । जनताको साथ पाएको त्यहाँको विद्रोहीले अन्ततः सरकार बनायो । अमेरिकी सेना आफ्ना युद्धपोत जहाज छाडर गयो । नेपाल अध्यक्ष राष्ट्रको हिसाबले संयुक्त राष्ट्र संघको महासभामा सार्कका सदस्य राष्ट्रहरुको सम्बन्ध सुधार्ने मौका थियो । तर नेपाल सरकारको गन्जागोल स्थितिले पदीय हैसियतसमेत राखेन । कम्युनिस्ट पार्टीको सरकारले समेत परराष्ट्रमन्त्री सक्षम बनाएन । कम्युनिस्ट पार्टीको नीति नै मित्रराष्ट्रसँगको सम्बन्धका बारेमा अन्योल थियो । कांग्रेस भारत र अमोरिकाको बिचौलिया थियो ।
अमेरिकी सुरक्षा कस्तो छ भन्ने कुरा यो घटनाले देखायो । शक्तिशाली मुलुक अमेरिका देख्नाको डाल खानाको काल रहेछ । अमेरिकाले जबर्जस्त मिलियिम च्यालेन्ज कर्पोरेसनको ५४ अर्बको निम्ति एमालेका केपी ओलीले गरेको मरिहत्ते र कांग्रेसले किन गर्छ ? जहाँ एमसिसी लागू भएको छ, त्यहाँ अमेरिकी सेना आतंकित छ । हतियारधारी समूहले जनतामाथि दमन गरेको छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सुरक्षा दिन नसक्नेले अमेरिका नाँगै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *