८० वर्ष पुग्न लाग्दा पनि नेतृŒव प्रति अझै लोभ

राजनीति

काठमाडौं । सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको आगामी मंसिर ९ गतेबाट हुने १४औँ महाधिवेशनको चर्चाले कांग्रेसी वृत्त मात्र होइन समग्र राजनीतिलाई तताइराखेको छ । कांग्रेसको १०औँ महाधिवेशनले मुलुकको राजनीतिलाई तताई रहँदा आगामी मंसिर महिनामा नै नेकपा एमालेले पनि १०औँ महाधिवेशन गर्ने गृहकार्यलाई अगाडि बढाएको छ । यो सम्बन्धमा नेकपा एमालेले औपचारिक निर्णय गरी नसकेको भएपनि यही १५ गतेबाट सुरु हुने विधान अधिवेशन सम्पन्न भए लगत्तै नेकपा एमालेले पनि १०औँ महाधिवेशनको मिति तय गर्ने र आगामी मंसिर महिनामा नै एमालेको १०औँ महाधिवेशन हुने सम्भावना रहेको बताइन्छ । तर १०औँ महाधिवेशन पछि पनि केपी ओली अध्यक्षमा दोहो¥याएर आउने सम्भावना भएको र उनलाई गम्भीर चुनौती दिने अन्य नेताहरु नभएको कारणले गर्दा पनि एमालेको महाधिवेशन खासै रोचक नहुने भएकोले राजनीतिक क्षेत्रले गम्भीर ध्यान दिएको छैन । सत्ता पक्ष कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो महाधिवेशन आगामी मंसिरमा सम्पन्न गर्ने स्थितिमा विभाजनको कारण राष्ट्रिय मान्यता समेत पाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आगामी कार्तिक २७ गतेदेखि ३० गतेसम्म एकताको महाधिवेशन गर्ने भएको छ ।
पार्टी विधानअनुसार एकताको महाधिवेशनले नेतृत्वको लागि एक मात्र अध्यक्ष चयन गर्ने भएकाले अध्यक्ष पदका लागि अहिलेको अन्तरिक कालमा अध्यक्ष रहेका कमल थापा, पशुपति शम्शेर राणा र प्रकाश चन्द्र लोहनीले पार्टीको एकल अध्यक्ष हुनका लागि आगामी एकताको महाधिवेशनमा पनि अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । यी तीन जना पाका नेतालाई चुनौती दिँदै उपाध्यक्ष धवल शम्शेर राणा र महामन्त्री राजेन्द्र लिङदेनले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । दुई वर्ष अगाडि कमल थापा, पशुपति शम्शेर राणा र प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको तीन वटा राप्रपा एकीकरण हुँदा अब कहिले पनि पार्टी विभाजन नगर्ने कसम यी तीन अध्यक्षले सार्वजनिक रुपमा नै खाएका थिए । तर आगामी महाधिवेशनबाट पार्टी नेतृत्वबाट हट्ने स्थिति आएपछि त्यो कसममा यी नेताहरु कायम रहन्छन की रहँदैन भन्ने प्रश्न अहिलेदेखि नै उठ्न थालेको छ । किनभने नेतृत्व दिने लोभमा पार्टीलाई विभाजित गरेर सडकमा पु¥याउने काम गरेका यी तीन अध्यक्षले अझै पनि इतिहासबाट शिक्षा लिए भन्ने स्थिति देखिएको छैन । यही कारणले गर्दा नै ८० वर्षको उमेरको हाराहारीमा पुग्दा पनि राणा र लोहनीले नेतृत्वप्रतिको लोभलाई त्याग्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *