प्रहरीको नाटक हाकिमको छानबिनमा पुच्छर प्रदेश २ र लुम्बिनीको बासनाले आइजिपी लट्ठै

समाचार

काठमाडौं । नेपाल प्रहरीले ठूललाई छुट दिएर साना सानालाई कारबाही गर्दै छ । त्यही कारण बढी बजेट भएका ठाउँमा जाने लेखाका निरीक्षक सई, आसईले पैसा पेल्छन् । त्यो पैसा प्रशसान प्रमुख विश्व पोखरेले हुँदै आइजिपी सचिवालय पुग्छ । बर्दीधारी प्रहरीले गरेको अपराधमा कारबाही हुँदैन किनकि कुनै घटनामा प्रहरी सहभागी छ भने छानबिन रिपोर्ट त्यस्तै बन्छ ।
बानेश्वरमा बस्दा होस् वा झापामा रहँदा ब्रह्मलुट मच्चाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका छिमेकी एसएसपी भीम ढकाल भुइँ न भाँडाका भएका छन् । ढकालको व्यवहार र शैली हेर्नु पर्छ त्यस्तो चुत्थो एसएसपीलाई प्रदेश डिआइजीले दसैँ खर्च उठाइको छानबिन गर्न पठाउने एआइजी विश्व पोखरेल पनि पिलिहा भएका काम गर्न सिपालु छन् । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको नाताले ज्वाइँ पर्ने पोखरेल कांग्रेसका डा.शेखर कोइरालाका निकट एमालेका नेता इश्वर पोखरेलका भाइ पर्छन् । ईश्वरले फाइल सदर गरेर उपप्रम भएको फाइदा लिए त्यो बेला प्रम ओली देशमा थिएनन् । प्रशासनिक नीतिगत निर्णय गर्ने अधिकार उनलाई थिएन । राष्ट्रप्रेमी भनिए पनि बैंककमा परीक्षण गर्दाको बेला उपप्रम पोखरेल कार्यवाहक प्रधानमन्त्री थिए । त्यही मौकामा विश्व पोखरेललाई एक नम्बर एआइजी बनाइयो । ढाकाल त्यही टिमको भएकाले डिआइजीको प्रदेश दुई र लुम्बिनीको लुटको छानबिनको टोलीमा खटाइएका हुन् । कथित स्वच्छ छविका शैलेश थापा आइजिपी त भए । उनको कार्यकालमा प्रहरीको प्रगति छैन । नपाल्ने चिज पालेपछि घरको सह रहँदैन भनेजस्तै विश्व पोखरेल र सहकुल थापालाई एआइजी बनाएर गृह मन्त्रालयले लोकतन्त्रको उपहास ग¥यो । किनकि त्यहाँ प्रहरी रविन्द्र धानुक धिरप्रताप सिंह, वसन्त लामा, वसन्त पन्तजस्ता खान्न भन्ने तर पाएपछि एमालेजस्तै एक खिली चुरोटको पैसा जति पनि नछाड्नेहरु शु्द्धताको नाममा भजाएर खाने गरेका छन् ।
संयोग कस्तो भने विश्व पोखरेल कांग्रेसको क्याडर सहकुल थापा कांग्रेसका सदस्य भएकाले हुन सक्छ, अहिले एआइजी नेकपा एमालेको ओली गुटले बनाएको त्यही गुट सरकारबाट बाहिरयो । प्रहरीमा उमेश रन्जितकार र मुकुन्द आचार्यको करामतले प्रदेश २ र लुम्बिनी गन्हाएको छ । तर, आइजिपी शैलेश थापा र एआइजी विश्व पोखरेललाई ती दुई प्रदेशको बद्नाम भएको छ । प्रहरीमा निरीक्षकहरुको सरुवाको सूची तयार भएको भनेको पन्ध्र दिन बित्यो । तर, नराम्रोको छानबिन गर्ने न्यायाधीश एसएसपी भीम ढकाल उपहारको रक्सी बेच्ने परे छानबिन रिपोर्टका कस्तो आउला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *