एमालेमा अभूतपूर्व एकताः अब बहुमत निश्चित

लेख

नेकपा (एमाले) यतिबेला अधिवेशनमा लागेको छ । एमालेको भन्दा निकै अघिदेखि महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेस भने निकै अलमलमा छ । कांग्रेसले चौथोपल्ट तय गरेको महाधिवेशनको मिति पनि सर्ने निश्चित प्रायः छ र अर्को महाधिवेशन कहिले भन्ने केही स्पष्ट छैन । १३ जिल्लामा अझैं वडा र नगर अधिवेशन हुन सकेको छैन भने त्यसबाहेकका धेरै जिल्लामा पालिकास्तरभन्दा माथिका तहका अधिवेशन हुन सकेको छैन । यता प्रतिष्पर्धी पार्टी एमालेले भने वडा र पालिकास्तरको अधिवेशन करिब– करिब सम्पन्न गरेको छ । केही स्थानमा वर्षाका कारण रोकिएको भए पनि अधिकांश स्थानमा सहमतिका आधारमा नेतृत्व चयन गरेर सम्पन्न भएको छ ।
कात्तिक ६ गते ६ हजारभन्दा बढी वडामा एकैसाथ वडा अधिवेशन सम्पन्न ग¥यो । ९ गते मंगलबार देशभरका ६ सयभन्दा बढी पालिकामा अधिवेशन सम्पन्न ग¥यो । अधिकांश वडा र पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भयो । सर्वसम्मत नेतृत्व चयन लोकतन्त्रको उच्चतम अभ्यास हो । सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा लोकतान्त्रिक अभ्यास गर्न नपाए पनि विभाजित पार्टीलाई एकतावद्व बनाउन महत्वपूर्ण भुमिका खेलेको छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले सोमबार बेलुकी पालिकाको नेतृत्व लोकतान्त्रिक चरित्रको हुनुपर्ने भन्दै फेसबुकमा स्ट्याटस लेखे । उनले पालिकास्तरका अधिवेशनहरूमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरूको निर्वाचन हुने कुराको महत्व रहेको बताए पनि त्यो उनको गुटगत गतिविधि गर्न नपाएको गुनासो मात्र हो । सर्वसम्मत चयन भएका वडा र पालिकास्तरको नेतृत्वले क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारेन्टी गरेको छ । माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुुध्न र परास्त गर्न सक्नेछ । अधिवेशनमा प्रसस्त लोकतान्त्रिक अभ्यास भएको छ । तात्कालिक एमाले महासचिव मदन भण्डारीले पार्टीको नेतृत्व गरेको बेला प्रजातान्त्रिक अभ्यास होस् भनेर तलैदेखि छलफल गर्ने, आफूलाई मन परेको व्यक्तिलाई मत दिएर सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरणलाई अध्यक्ष ओलीले आत्मसात गरेका छन् । पार्टीभित्र फरक किसिमको विचार राख्नेहरू नेकपा (एस) गठन गरेर आफै साइड लागेका छन् । एमालेमा अब फरक मत देखिएन । यही मान्यता अधिवेशनमा देखिन्छ । ओलीले पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यास गराएका छन् । उनले पूर्ण आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न पनि आग्रह गरेका छन् । ओलीले गत मंगलबार पार्टी कार्यालयबाट पालिका अधिवेशनको उद्घाटन गर्दै लोकतान्त्रिक अभ्यास गर्न र अस्वस्थ प्रतिस्पर्धा भने नगर्न आग्रह गरेका थिए ।
पार्टीमा अनुशासहीन गतिविधि नगर्न चेतावनी पनि दिएका थिए । कार्यक्रममा अध्यक्ष ओलीले भनेका थिए, ‘हाम्रो पार्टी आन्तरिक जीवनमा पूर्ण रूपमा लोकतान्त्रिक अभ्यास गर्दछ । हामी प्रतिष्पर्धामा विश्वास गर्दछौँ । आन्तरिक रूपमा पनि प्रतिष्पर्धा हुन सक्दछ । प्रतिष्पर्धा होस् । तर, स्वस्थ प्रतिष्पर्धा होस् । तर, हरेक ठाउँमा प्रतिष्पर्धा नै गर्नुपर्छ । प्रतिष्पर्धा, चुनावी बाकस थाप्नेबाहेक मूल्यांकनको परिपाटी नै हुँदैन । अथवा हामी सही मूल्यांकन गर्न सक्दैनौँ, समझदारी राख्न सक्दैनौँ, एउटा साथीको नेतृत्वमा एउटा टिम, एउटा टिमको नेतृत्वमा कमिटी यी आधारमा सहमति समझदारीका साथ गर्न सक्दैनौँ भन्ने होइन । समझदारी सहमतिका साथ अगाडि बढ्ने कुरा वास्तवमा लोकतन्त्रको उन्नतस्तरको अभ्यास हो । त्यसकारण यतिबेला देशको माग चाहिँ के छ ? हाम्रो बीचमा उन्नत समझदारी होस् । एकता होस् । त्यो एकता जनताले देख्न पाउन । जनता खुसी होउन् । जनतामा एमाले एकताबद्ध भएर अघि बढेको छ । हाम्रा समस्या माग पूरा गर्न भन्ने अनुभूत जनताले गर्न सकोस् । त्यो अहिलेको समयको माग हो । हाम्रा विरोधीहरू हाम्रा महाधिवेशन हुन्छ । ६ हजार ३ सय ४५ प्रतिनिधिहरू एकठाउँ जम्मा हुन्छन्, अत्यन्त सर्वसमझदारी ढंगले, सर्वसम्मत ढंगले भव्यताका साथ महाधिवेशन सम्पन्न हुन्छ । व्यवस्थापनमा कहीँ खोट लगाउने ठाउँ छैन । त्यस्तो भएपछि किन विवाद भएन ? भनेर कराउँछन् । किन एमालेमा विवाद भएन होला ? किन झै–झगडा भएन होला ? उनीहरूको चिन्ता त्यस कुरामा हुन्छन् । जे हाम्रा विरोधीले चाहन्छन् त्यही गर्दिनु आवश्यक छैन ।
अध्यक्ष ओलीको यो उद्घाटन मन्तव्यको सन्देश के हो भने सर्वसम्मत रूपमा नेतृत्व छानियोस, सहजरूपमा महाधिवेशन गर्न खोजेको देखिन्छ । तल्लास्तरका अधिवेशन सर्वसम्मत गरेर महाधिवेशनबाट सर्वसम्मत रूपमा चयन हुने सन्देश दिएका हुन । अध्यक्ष ओलीको चाहना माथिसम्म सर्वसम्मत गर्ने चाहना हो । आफू पनि सर्वसम्मत अध्यक्ष हुने सन्देश दिन खोज्नुभएको हो । पार्टीमा जीवन्त एकाइ हुन्छ । त्यहाँभित्र विवाद हुन्छ । त्यहाँभित्र धेरै मत हुन्छ । त्यसलाई व्यवस्थित गर्दा नै नेता हुन्छ भन्ने उहाँलाई विश्वास छन् । तर, पनि अहिले विचार, सिद्धान्त र कार्यदिशामा विवाद नभएकाले सर्वसम्मत नेतृत्व स्थापित गरेर एकतामा आएका सबै पक्षलाई समेटेर लैजान खोजेका हुन् ।
ओली नेपालका राजनेता हुन् । त्यही भएर उहाँलाई स्थापित गर्न विधान महाधिवेशनमा ठूलो–ठूलो होर्डिङ बोर्डमा अध्यक्षको चित्रहरू, सडकमा चित्र राखिएको हो । यसले उहाँ राष्ट्रवादी, जनप्रिय र विकासवादी नेता हो भन्ने देखाउछ ।
जुन ढंगले एमालेको देशभर संरचना बन्दै आइरहेको छ । एमालेमा फरकमत र राजनेता ओलीको विकल्प छैन । फरक मतको स्वर कहिँकतै आए व्याक्तिगत असन्तुष्टिमा मात्र आएका छन् । उहाँ पुरानो ढाँचाको फरक मतको पिलो भएको एमाले होइन, अर्कै ढाँचाको पिलो बिनाको एमाले बनाउन खोज्दै हुनुहुन्छ । वडा र पालिका अधिवेशनले एमाले विभाजन गर्न खोज्नेहरूलाई गतिलो झापड दिएको छ । अहिले सर्वसम्मत हुँदा आगामी निर्वाचनको टिकट वितरणमा पनि सहज हुने र पहिलेको भन्दा बढी मत एमालेले ल्याउन सक्ने पार्टी आधार बनेको छ ।
एमाले विभाजन गर्न सकिन्छ कि भनेर धृष्टता गरेका माधव नेपालहरूलाई सर्वसम्मत रूपबाट अधिवेशन गरेर सतर्क हुन खबरदारी गर्न एमाले नेतृत्व सफल भएको छ । यसले आगामी निर्वाचनमा एमालेलाई टिकट वितरण गर्न पनि सर्वसम्मतिले अघि बढ्न प्रेरित गर्छ । एकताबद्ध रूपमा अघि बढ्ने संकल्पले मात्रै पहिलेको भन्दा बढी मत ल्याउन सक्ने देखिन्छ । पार्टी फुटले खासै खासै असर पार्ने देखिन्न । भर्खरै पार्टी विभाजन भएकाले पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सफल भयो । एमालेबाट माधवकुमार नेपाललगायतले विद्रोह गरेर नयाँ पार्टी गठन गरेका छन् । भर्खरै पार्टी विभाजन भएको छ । अधिवेशनमा आकांक्षी धेरै हुँदा नेतृत्वमा नपुग्नेको मन खिन्न हुन्छ । त्यसैले पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्दैन । महाधिवेशनमा सर्वसम्वत नेतृत्व चयन गर्नुपर्छ भन्ने आम पार्टी पंक्तिमा पर्न गएकाले यो सम्भव भएको देखिन्छ ।
अहिलेको समयमा पार्टी एकताबद्ध गर्ने सुत्र नै सर्वसम्मत नेतृत्व थियो । त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउनका लागि एकताबद्ध हुन पनि सर्वसम्मत नेतृत्व चयन आवश्यक थियो । पाँच दलीय गठबन्धन चुनावमा जसरी पनि एमालेलाई हराउने भनेर लागिरहेको छ । अहिले महाधिवेशन सर्वसम्मत नहुँदा त्यसको असर चुनावमा पर्छ । केही महिनामा नै चुनावमा जानुपर्ने भएकाले अहिले विवाद गरिरहन आवश्यक छैन । पार्टीलाई एकताबद्ध बनाउने सूत्र नै अहिले महाधिवेशन सर्वसम्मत हुनु हो ।
त्यस्तै, पार्टीको महाधिवेशन पनि सर्वसम्मत रूपमा हुनसक्ने देखिन्छ । सर्वसम्मत हुनुले पार्टीमा गुटबन्दी नरहेको पनि स्पष्ट पार्छ । ढिलोचाडो मात्रै हो, गुट बन्दै गयो भने पार्टी विभाजनमा पुग्छ । ०५४ सालमा पनि गुटबन्दीले पार्टी विभाजनमा पुग्यो । नवौं महाधिवेशनमा अलग–अलग प्यानल भयो । त्यो खतरनाक खेल थियो । त्यस्तो काम गर्नु गल्ती भयो भनेर अहिले एमाले नेतृत्वले महसुस ग¥यो । त्यसकारण गुटबन्दी हुनु हुँदैन । पार्टीमा गुट होइन व्यक्तिको स्वतन्त्रता हुनुपर्छ । व्यक्तिगत तवरले चुनाव उठ्ने, हार्ने हुनुपर्छ भन्ने मान्यता सुरू भएको छ । अहिले एमालेमा लोकतान्त्रिक अभ्यासमा रोकिएको छैन । कोही उम्मेदवार हुन्छु भनेर आए रोकिएको छैन, उसको क्षमता, निरन्तरता,पार्टीमा योगदान आदि मूल्यांकन गरेर नेतृत्वमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *