भारतले डा.शेखरलाई सहयोग गर्ने निधिको दिल्ली दौड फुस्स

राजनीति

काठमाडौं । नेपाली कांग्रेसमा को, कसको उम्मेदवार हुने हो भन्ने लडाइँ चलिरहँदा कोइराला वंशबाट डा. शेखर नै सभापतिको उम्मेदवार बन्ने भएका छन् । गिरिजापुत्री सुजतालाई पनि भ्रष्टाचारी भन्छिन् । बिपी पुत्र डा.शशांकको हैसियत राम्रो छैन । महामन्त्री पदको गरिमा उनले नराख्दा भारतले समेत पत्याएन । डा.शेखरलाई रअको विश्वास प्राप्त हुन सक्नु नै दक्षिण एसियाको राजनीतिमा उनी परिचित हुनु हो । देउवाका प्रतिस्पर्धी उनै हुन सक्छन् । अहिले कांग्रेसका नेताहरूमा देश जनताभन्दा विदेशी शक्ति केन्द्रको विश्वासी बन्ने होड छ । त्यो होडमा कृष्ण सिटौला, विमलेन्द्र निधि भारतले उकासेका पात्र बनेका हुन् । त्यहाँ गणेशमान पुत्र प्रकाशमानले पनि दाबी गर्दा उनको भरपर्दाे आधार के हो ? कसैलाई जानकारी छैन । उनी उपत्यकाको राजनीतिमा पनि एकलौटी भएका उनको छैनन् । जग्गा पल्टिङ, ठेकदार सबुज बानियाँ, जिल्ला सभापति क्षेत्र नं. १० मा.राजन केसी सांसद हुनु मात्र प्रकाशमानको क्रेज धान्दैन । डा.शेखर झै देशव्यापी हिँडन प्रकाशले सक्दैनन् । नेवार समुदायले नै नपत्याएपछि क्षेत्र न ५ मा उनी अटेनन्, बरु उनको घर भएको क्षेत्रमा भीमसेन दास प्रधान अगाडि आए । उनले चुनाव जितिरहेका छन् । योगेश भट्टराई, हिमाल शर्मा भिँड्दा भीमसेनलाई परेको चिठ्ठा पहिलो पटक एमाले माओवादी मिल्दा झक्कु सुवेदीसँग भीमसेनको प्रतिष्पर्धा झन सहज बन्न पुग्यो । ती भीमसेन अहिले सिटौलासँग छन् ।
सभापतिको दाबी गर्ने निर्वाचित उपसभापति हुने दाउमा निधि थिए । उनले देउवाबाट उनको टिमको उपसभापति बनाउन ध्यान देलान भन्ने सोचे, तर देउवाले वास्ता गर्न छाडेका छन् । देउवासँग राप्रपाबाट आएका सुनिल थापा, फोरमबाट आएका, धाँधली गरेर सुनसरीबाट चुनाव जितेका, बालुवाटार काण्डका नायक विजय गच्छदार पनि छन् । तर, उनीहरूबाट देउवा बैतर्णी तर्दैनन् । यसपटक देउवालाई छेक्न कृष्ण सिटौलादेखि प्रकाशमान सिंहसम्म लाग्दा रामचन्द्रलाई होइन, डा.शेखरकै पल्ला भारी हुने विश्लेषकहरू बताउँछन् ।
थरी–थरीका उम्मेदवार त्यहाँ छन् । देउवा कै खर्चमा कल्याण गुरुङ सर्लाहीका मान्छे सभापति दाबी गर्छन् । विमलेन्द्रलाई गुरुङको भोटले मधेसमा अत्याउने छ । तर, कांग्रेस दुई समूहमा रमाउने स्थिति भने छैन । अहिले कांग्रेसको संस्थापन पर्ख र हेरको रणनीतिमा छ । १३ जिल्लामा कृयाशील सदस्यता स्वीकृत नहुनुको कारक रामचन्द्रको टिम हो । देउवा र पौडेलको प्रतिस्पर्धा सधैँ मन पराउँदैनन् । तर, प्रकाशमान र विलमेन्द्र गणनामा परेनन् । यस्तो बेला सिटौलाले गगनलाई डा. शेखरको टिममा राख्ने वातावरण बन्छ । त्यो बेला धनराज गुरुङदेखि प्रदीप पौडेलसम्मको महामन्त्री पदको उम्मेदवारी फुस्स नहोला भन्न सकिँदैन । तर, सभापति उपसभापति, महामन्त्री पदमा भने कडा प्रतिष्पर्धा हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *