मुख्यमन्त्री राईले विश्वासको मतका लागि यतिसम्म गर्नु प¥यो

राजनीति

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले हिजो संसदबाट विश्वासको मत लिएका छन् । तर, संसदमा जम्मा १० स्थान भएको नेकपा समाजवादीका नेता राजेन्द्र राईलाई प्रदेश सांसदबाट विश्वासको मत लिन धेरै पापड बेल्नु परेको थियो । यसका लागि गठबन्धन पक्षका सांसदहरू नभड्किउन् र आफ्नो विपक्षमा मतदान नगरुन् भन्ने नियतले मुख्यमन्त्री राईले गठबन्धनका सबै दलका सांसदलाई एउटा होटलमा थुनेर राख्ने काम गरेका थिए । सांसदहरूलाई होटलमा थुनेर राख्दा पनि आफ्नो पक्षमा विश्वासको मत आउनेमा शंका गर्दै गठबन्धनका अधिकतम् सांसदलाई समावेश गर्नका लागि मुख्यमन्त्री राईले तीन वटा मन्त्रालयलाई फुटाउने काम समेत गरेका छन् ।
यति गर्दा पनि संसदमा २१ स्थान भएको गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसदले विपक्षमा मतदान गर्ने सम्भावना देखेर मुख्यमन्त्री राईले केन्द्रको अनुशरण गर्दै प्रदेश १ मा पनि नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा गठबन्धनका सबै दलका प्रतिनिधि समावेश गरेर उच्चस्तरीय संयन्त्र आफूले सदनबाट विश्वासको मत लिनु ठीक अगाडि गठन गरेका छन् । स्मरण रहोस् प्रदेश १ मा २१ सांसद भएको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएर संसदमा १० स्थान भएको नेकपा समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वको सरकारको पछाडि लाग्नु पर्ने स्थिति रहेको छ र गठबन्धनको सबभन्दा ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्न नपाएकोमा नेपाली कांग्रेसको संसदीय दल आफ्नो पार्टीको केन्द्रीय नेतृत्वसँग समेत रुष्ट रहेको छ । यो स्थितिमा नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट नेकपा समाजवादीका नेता राजेन्द्र राईलाई कांग्रेस सांसदले विश्वासको मत नदिने सम्भावना समेत रहेको स्थितिलाई ध्यानमा राखेर मुख्यमन्त्री राईले सबै सांसदलाई एउटै होटलमा राख्नेदेखि तीन वटा मन्त्रालय फुटाउने र कांग्रेस सांसद राजीव कोइरालालाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने काम समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *