नेपालीको भान्सामा खिया लागेका सिलिन्डर, उपभोक्ता जोखिममा

समाचार

काठमाडौं । नेपालमा खोलिएका ग्याँस कम्पनी च्याउसरी छन्, तर ति ग्याँस कम्पनीले कस्तो मापदण्ड बनाएका छन् भन्नेसम्मको जानकारी सरकारलाई छैन । ग्याँस कम्पनी खोल्नको लागि कस्तो खालको मापदण्ड चाहिन्छ, यसको परिपालना ग्याँस कम्पनीले गरेको छ की छैन अनुगमन राज्यले गरेको छैन । जता पायो त्यतै, जस्तो पायो त्यस्तै ग्याँस कम्पनी खोलिएका छन् । ग्याँस कम्पनी खोल्दा कस्तो खालको मापदण्ड हुनुपर्छ ? यसको मापदण्ड के–के हुन् त्यो उक्त कम्पनीले पूरा गरेको छैन । यस विषयमा सम्बन्धित निकायले ध्यान दिएको छैन । कुनै पनि निकायले यसको अनगुगमन गरेको छैन । एउटा कम्पनीले कति ओटा ग्याँस सिलिण्डर उत्पादन गरेर बजारमा पठाउन पाउछ ? यसको क्षमता कति हो ? यसको आयु कति हो ? ग्याँसको सिलिण्डरको क्याटागोरी छ कि छैन भन्नेसम्मको जानकारी कुनै पनि निकायले खोजेको अवस्था छैन । बजारभरि लाखौँ सिलिण्डरमा लेदो छ कि छैन, ग्याँस लिक छ कि छैन ? कुन ग्याँस कम्पनीले कस्तो खालको ग्याँस बिक्री गरेको छ ? कहाँ–कहाँ बिक्री वितरण गरेको छ भन्ने सम्मको जानकारी यहाँ सरकारले राखेको अवस्था छैन । बजारमा ग्याँस अत्याधिक खपत भएको छ । ग्याँसको प्रयोग घर–घर, होटेल, रेष्टुँरा ,निलो माइक्रो बस, ट्याम्पोसम्मले गर्ने गरेका छन् । निलो माइक्रो ग्याँसबाट चल्ने गरेको छ । टेम्पो ग्याँसबाट चल्ने गरेको छ । निलो माइक्रो बस र ट्याम्पोमा ग्याँसको अवस्था गुणस्तर कस्तो छ, कसरी निलो माइक्रोबसमा ग्याँस फिट गरिएको छ भन्नेसम्मको जानकारी न त सरकारलाई छ, न ग्याँस कम्पनीले भनेर बिक्री गर्ने गरेका छन् । ग्याँस सटेज हुन लाग्दा मूल्य पनि जथाभावी राखेर बिक्री वितरण गरिएको छ । सिलिण्डरमा ग्याँस भर्दा ‘हाफ’ कि ‘फुल’ भनेर भन्ने गरिए पनि यसको मापदण्ड कस्तो अवस्थामा छ । यसको अनुगमन न सरकारले गर्छ न आयल निगमले यसको स्वामित्व लिएको छ । तर, ग्याँस कम्पनीले पुरानो पिध काटेका र डेयामेज सिलिण्डर बजारमा भरी पठाएको छ । ग्याँसमा लिक नहोस् भनेर ग्याँस राखिएको गुणस्तर कस्तो हुनुपर्छ र राख्दा कस्तो खालको राख्नु पर्छ भन्ने सम्मको जानका्री नेपाल सरकारलाई नहुन सक्छ । बजारमा दर्ता भएका ग्याँस कम्पनी कति छन् कुन कुनै ग्याँस कम्पनी दर्ता भएका छन् कुन–कुन ग्याँस कम्पनी दर्ता भएको छैन, कुन ग्याँस कम्पनीले राज्यलाई राजस्व बुझाएका छन् ? कुन कम्पनीले सरकारलाई राजस्व बु्झाएका छैन भन्नेसम्मको रेकर्ड सरकारसँग नहुन सक्छ तर अहिले नेपालभरी ग्याँस सञ्चालनमा छन् कुन प्रदेशमा कुन ग्याँस कम्पनी दर्ता छ या छैन वागमती प्रदेशमा मात्र छ कि अन्य प्रदशेमा पनि दर्ता छ यसको अनुगमन सरकारले गर्ने सकेको छैन । ग्याँस कम्पनील अहिले सम्म राज्यदाई कति राजस्व बुझाएका छन् यसको जानकार सर्वासाधारण जनतालाई छैन ग्याँसको सिलिण्डरको खपत कति हो कति बशासम्म ग्याँस भरर जनताकोघर घरमा दिन मिल्छ सिलिण्डरको आयु कति हो र कति वर्षसम्म चल्छ यसमा गुणस्तर चिह्न छ कि छैन, पिध काटेको छ कि छैन र ग्याँसको मिति कहिलेसम्म हुनुपर्छ भन्ने जानकारी आम उपभोक्तालाई छैन ।
अहिले काठमाडौं ललितपुर भक्तपुर पोखरा वीरगञ्ज, विराटनगर चितवन, भरतपुर, दोलखा इटहरी धरानजस्ता घनावस्तीमा पेट्रोल पम्प राखिएका छन् । कथं कदाचित् ग्याँस कम्पनी राखेको ठाउँमा ग्याँस लिक भई आगोलागी भएमा यसको जिम्मेवारी कसले लिने हो ? कुनै पनि निकायले ध्यान दिएको छैन । अहिले ग्याँस लिक भएर कतिपय मानिसको मृत्यु भएको अवस्था छ । यसको क्षतिपूर्ति ग्याँस कम्पनीले दिएको अवस्था छैन । नेपालमा ग्याँस कम्पनीले उत्पादन गरेको ग्याँस र भारतबाट आएको ग्याँसको अवस्था र गुणस्तर के छ
? न कुनै ग्याँस कम्पनी राम्रो टिकाउमा भरपर्दो छ । कुन ग्याँस कमसल छ भन्नेसम्मको जानकारी सरकारलाई छैन । अहिले सरकार बनेको ४ महिना बितिसक्दासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छैन । उद्योगमन्त्री नहुँदा नीति निर्माण गर्न गाह्रो परेको छ । दिन प्रतिदिन ग्याँसको मूल्य बढेको छ । जनता मारमा परेका छन् । ग्याँस कम्पनीहरुले मनलाग्दी मच्चाएका छन् । ग्याँस कम्पनीले भनेको कुरा मन्त्री र सचिव तथा आयल निगमका कार्यकारी प्रमुख कर्मचारीले मानेन भने जागिर समेत खाइ दिने गरेका छन् । यसरी नेपालमा खुले आम ग्याँस बिक्री गरेर राज्यलाई राजश्व नबुझाउने ग्याँस कम्पनी कति छन् ? बजारमा टिकाउ र राम्रो ग्याँस कुन कम्पनीलाई मान्ने हो ? कुन कम्पनीको ग्याँसले जनताको जिम्मेवारी लिन्छ भनेर भन्ने गरेको छैन । उल्टो ग्याँस सटेज हुन लागेका छ स्टोक राख्नु भन्दै हल्ला चलाएर नेपाली जनताको घर–घरमा ३ देखि ५ वटा सिलिण्डर बेकारमा राख्ने लगाउने गरेका छन् । यति मात्र नभएर निलो माइक्रो चालक र ग्याँस ट्याम्पोले समेत ग्याँस स्टोक राख्ने गरेका छन् र उपभोक्ताले पनि जुन पायो त्यही ग्याँस प्रयोग गर्ने गरेका छन् । अहिले जाडो महिना छ । अब झन् बढी मात्रामा ग्याँस खपत हुन थालेको छ । ग्याँस हिटर बाल्न, गिजरमा पानी तताउन र खाना पकाउनसम्म ग्याँस प्रयोग भएका छन् । तर, ति ग्याँस सिलिण्डरले कतिखेर कसको ज्यान लिन्छ थाहा छैन । अहिले धेरै वर्ष पुरानो सिलिण्डर नेपाली जनताको भान्सा–भान्सामा गएका छन् । अधिकांश नेपालीको घर, होटेल, रेस्टुरेन्टमा ५० देखि ८० हजार ग्याँस सिडिण्डर काम नलाग्ने, खिया लागेको अवस्थामा छन् । यस कारण पनि राज्यले बेलैमा यसको अनुगमनका गरी ग्याँस कम्पनी माथि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ । यदि यसो गरिएन भने भोलिका दिनमा आउने परिणमा राम्रो होला भन्न सकिने अवस्था छैन । बजारमा देखिएका र सप्लाइ भएका ग्याँस यस प्रकार छन् । हिमाल, नेपाल, एसटिसी, सागर, एचपी, सगरमाथा, श्रीकृष्णलगायतका रहेका छन् । तर ग्याँस कम्पनीका मालिकले उद्योगमन्त्री र सचिव तथा महानिर्देशकसम्मलाई आफ्नो प्रभावमा राखेको हुन्छ । ग्याँसको क्यालेरी भन्दा पनि हाम्रो रोजी रोटी भन्ने नारामा सावित भएको देखिन्छ । आम उपभोक्तालाई भ्रममा पार्ने काम भएका छ । यसको लागि उपभोक्ताले पनि ग्याँसको क्यालेरीको बारेमा ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *