काठमाडौं । अविरल वर्षाको कारण देशमा खर्बौं रुपैयाँको क्षतिसँगै अधिकांश सर्वसाधारणले ज्यान गुमाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क भ्रमणमा रहेका थिए भने सरकारका मुख्यसचिव एकनारायण अर्याल गृहजिल्लामा रमिता हेरिरहेका थिए । उता, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोखरेल विदेश भ्रमणमा रमाइरहेका रहेका थिए । उनीहरु विदेश विदेश भ्रमणमा रहे तापनि मुख्य सचिव एकनारायण अर्याल र गृहसचिव गोकर्णमणि दुवाडीले विपद् व्यवस्थापनमा तदारुकता देखाउनुपर्ने थियो ।
तर, विपद् व्यवस्थापनको तदारुकता न गृहसचिव दुवाडीले देखाए, न त मुख्यसचिव अर्यालले नै भूमिका निर्वाह गर्न सके । त्यो नहुनुमा गृहसचिव दुवाडीलाई गृहसम्बन्धी कुनै पनि ज्ञान थिएन । गृहसचिव बन्नको लागि गृहसम्बन्धी अनुभवी सचिव थिए दिनेश भट्टराई । तर, तिनै भट्टराईलाई मुख्यसचिव अर्यालले पाखा लगाइदिए । अर्यालभन्दा भट्टराई सिनियर सचिव हुन् । अर्यालले आफू मूख्य सचिव बन्नको लागि तत्कालीन मुख्य सचिव बैकुन्ठ अर्याललाई टेरामक्स काण्डमा फसादिएका थिए ।
त्यसको फाइदा लिएर आफू मुख्यसचिव बन्न सफल भए । त्यसैगरी गृहको अनुभव भएका निदेश भट्टराईलाई गृहसचिव बन्न रोक लगाएर गृहको अनुभव नभएका जुनियर सचिव गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाएपछि विपद् व्यवस्थापनमा समस्या आएको गुनासो गृहमन्त्रालयभित्र सुनिन्छ । जुनियर सचिव अर्याल मुख्यसचिव भएको कारण विपद् व्यवस्थापन चुस्तदुरुस्त हुन नसकेको र सम्बन्धित क्षेत्रमा कर्मचारी खटाउन नसकेको आरोप उनीमाथि छ । त्योसँगै कर्मचारी सरुवा, बढुवामा पनि एमाले निकट कर्मचारीलाई मालदार ठाउँको जिम्मेवारी दिएको र एमाले बाहेकका सिनियर कर्मचारीलाई पाखा लगाइएको कर्मचारीको गुनासो छ । उता, गृहसचिव दुवाडीले अध्यागमन कार्यालय एयरपोर्टमा कांग्रेस निकट कर्मचारी खोजीखोजी पठाउने र मोटो रकम असुल्ने धन्दा चलाइरहेको बताइन्छ ।
त्यसैगरी विभिन्न जिल्लाको सिडियो बनाउनको लागि कांग्रेस निकट कर्मचारीको खोजी दुवाडीले गरिरहेका छन् । तर, माथिल्ला तहमा कांग्रेस निकट कर्मचारी न्यून भएको कारणले सिडियो सरुवामा ढिलाइ भइरहेको स्रोतको दावी छ । त्यसैगरी श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारी, श्रम सचिव मुकुन्द निरौला र वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम डेक्साका कर्मचारी, अध्यागमनका कर्मचारी, प्रहरी एवम् गृहमन्त्रालयका उच्च तहका कर्मचारीहरुले मेनपावर व्यवसायी कम्पनीसँग साँठगाठ गरी नेपालीलाई भिजिट भिसामा मोटो रकम असुलेर विदेश पठाउने गर्दै आएको स्रोतको भनाइ छ ।
खासगरी त्यसमा वैदेशिक रोजगार व्यवसायी महासंघका पदाधिकारीहरुको संलग्नता रहेको पाइन्छ । चडपर्वको मौका छोपेर अवैध रुपमा भिजिट भिसादेखि विभिन्न भिसामा नेपाली कामदारको माग भएको भन्दै नक्कली डिमान्ड लेटर खडा गरेर नेपालीहरुलाई बाहिर पठाउने र दशैं खर्च बटुल्ने काम भइरहेको छ । तर, गृहमन्त्री रमेश लेखक भने यस्तो सम्वेदनशील विषयमा बेखबर जस्तै बनेर बसिरहेका छन् । दशैंको मुखमा यस्तो लापरवाही भनेको अवैध रुपमा नेपालीलाई विदेश पठाएर बटुलेको रकम गृहमन्त्री लेखक र श्रम तथा रोजगारमन्त्री भण्डारीलाई समेत पुगेको हुनुपर्छ ।