संघीय संसदका तीन वटा समितिको बैठक बस्दै

राजनीति वाग्मती प्रदेश समाचार

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो ।

आज प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बिहान साँढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा।लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय ,नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधि संग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै अपराहन्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे नै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकायरआयोजनाको पुँजीगत बजेटको कार्यप्रगति ९अर्धवार्षिक० को वारेमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *