काठमाडौंमा सुरु भयो ‘इन्टरनेशनल स्कुल फर स्किल्स’

शिक्षा/स्वास्थ

काठमाण्डौंको एभरेष्ट होटेलमा ‘इन्टरनेशनल स्कुल फर स्किल्स’ (आइएसएस) ले आफ्नो यात्रा सुरु गरेको छ।

दक्ष नेपाल‘ सक्षम नेपाल मुल नारासहित स्कुल सुरु गरिएको हो। जसले नेपाली बजारमा विभिन्न अन्तराष्ट्रिय तालिमहरु नेपाल भित्र्याउँदै छ।आइएसएसले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइटि, लेभल ५ डिप्लोमा इन आइटि, लेभल ६ प्रोफेस्नल ग्रायडुयट डिग्रीइन आइटि सहित ब्रिटिश कम्प्युटर सोसाइटीले प्रदान गर्ने तालिम सञ्चालन गर्नेछ। विद्यार्थीहरुले सफ्टवेर डेभलपमेन्ट नेटवर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाई लेवल ४ मा गर्न पाउनेछन्।

जाँच नामक परिक्षा गराउने प्रविधि पनि ल्याएको छ। इ- जाँच, ए. आई. प्रविधि प्रयोग सहित विश्व भरी अपनाइदै गरिएको प्रविधिहरु प्रयोग गरी तैयार पारिएको सफ्टवेयर हो। इ-जाँचको प्रयोग कर्पोरेट सहित विभिन्न शैक्षिक संस्थाहरुले आफ्नो परिक्षा गराउन गर्न सक्ने छन्। नेपालको भूगोल र प्रविधिको आधारमा इ- जाँचको विकास गरिएको छ। इन्टरनेटको सीमित स्पीडका कारणले गर्दा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै, इ- जाँचको विकास गरिएको हो।

नेपालमा पहिलो पटक, आइ. एस. एस. ले के. पि. एम. जि. सँग सम्झौता गरी नेपालमै विश्वस्तरीय तालिमका कार्यक्रमहरु पनि लिएर आउँदै गरेको जानकारी गराएको छ। विश्वको ४ ठूलो तालीम दिने संस्था मध्यमा के. पि. एम. जि. पनि पर्दछ। बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्राम भनिने के. पि. एम. जि. को प्रोग्राम नेपालमा आइ. एस. एस. ले लिएर आउँदै छ। कर्मचारी, विद्यार्थी तथा इन्ट्रप्रेन्युरहरुको लागि यो कार्यक्रम नेपाल ल्याइएको छ। डिसाइन थिन्किंग एंड इन्नोवेशन, सर्विस डिसाइन, ब्राण्ड स्ट्राटेजी, अजाइल प्र्याक्त्टिसनर तथा लिन सिक्स सिग्मा ग्रीन बेल्ट नामक तालिमहरु आइ यस यस ले प्रधान गर्ने आइ. एस. एस. ले नेपालमा कसैको स्किल्सको आंकलन गरी वहाँहरुलाई सुहाउँदो तालीम दिइ तालीम लिन आउने विद्यार्थीहरुलाई झन् दक्ष र सक्षम बनाउने अठोट सहित आइ. एस. एस. को सुरुवात गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *